सुर्खेत, २४ माघ – कर्णाली प्रदेशका लागि आधिकारिक विक्रेता श्रीराम इन्टरप्राइजेज एन्ड अर्डर सप्लायर्सले फोर्स मोटर्सको शोरुम सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालनमा ल्याएको छ। श्रीरामले करिब ४ करोड रुपैयाँको लागतमा सुविधासम्पन्न शोरुमसहित पार्ट्स एन्ड सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो।

श्रीरामले वीरेन्द्रनगरमा उक्त शोरुमसहित स्पेयर्स पार्ट्स एन्ड सर्भिस सेन्टरको बुधबार उद्घाटन गरेको छ। फोर्स मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता प्राइम अटो टेकका अध्यक्ष कर्ण वैद्यले सस्तो, सुलभ र स्तरीय सवारीसाधन भएका कारण कर्णालीमा फोर्स मोटर्सका गाडी बढी रुचाइएको बताए।

उनले भारतमा निर्मित फोर्स मोटरको माग नेपालमा पनि वर्षेनि ४५ प्रतिशतले बढ्दो क्रममा रहेकाले समयसापेक्ष परिमार्जन गर्दै आधुनिक स्तरीय गाडीहरू आयात भइरहेको जनाए।

स्पेयर पार्ट्सको सुविधासहित खुलेको यो शोरुमबाट सवारीसाधन खरिद गर्ने ग्राहकलाई विशेष छुटसहितका सुविधाहरू भएको श्रीरामका सञ्चालक रामबहादुर खड्काले जानकारी दिए। फागुन १ गतेभित्र फोर्स मोटरका सवारीसाधन खरिद गर्ने ग्राहकलाई प्रत्येक गाडीमा दुई लाख रुपैयाँ छुट रहेको उनले जानकारी दिए।

उनका अनुसार शोरुममा फोर्सको १४ सिटदेखि १८ सिट क्षमताको ट्राभलर लक्जरी, एसी, नन एसी, ट्राभलर भ्यान, स्कूल बस र एम्बुलेन्स लगायतका गाडीहरू विशेष छुटमा पाउन सकिनेछ। श्रीरामले कर्णाली र ५ नम्बर प्रदेशको नेपालगञ्जका लागि फोर्स मोटरको आधिकारिक डिलरका रूपमा गाडीहरूको विक्रीवितरण गर्दै आइरहेको छ।

सञ्चालक खड्का भन्छन्, ‘मर्सिडिज बेञ्जको इञ्जिन रहेको फोर्स मोटर्सका गाडीहरूमा इन्धन कम खपत हुने, पहाड तथा तराईका लागि उपयोगी र एन्टी ब्रेक लकिङ्ग सेवासमेत रहेको छ।’ सुर्खेतको वीरेन्द्रनगरमा रहेको आधुनिक सर्भिस सेन्टरमा दक्ष मेकानिकबाट सर्भिसिङ सुविधासमेत प्रदान गरिएको उनको भनाइ छ।

शोरुम उद्घाटन कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले भने, ‘फोर्स मोटरका गाडीहरू कर्णालीमा बढी भए पनि यसअघि प्रदेशमा शोरुम र स्पेयर्स पार्ट्स एन्ड सर्भिस सेन्टर नहुँदा नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको छ।’

उनले नेपालमा फोर्सका गाडीहरूको वर्षेनि माग बढे पनि सामाजिक उत्तरदायित्वप्रति कम्पनीको कुनै विशेष भूमिका नरहेको बताए। ‘कम्पनीले नेपालमा आफ्ना उत्पादनहरू विक्री मात्र गर्ने होइन, उसले सामाजिक उत्तरदायित्वलाई समेत ध्यान दिनुपर्छ,’ उनले भने।

लोकप्रिय

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

२०७६, ७ बैशाख शनिबार ०७:५३

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

२०७६, ७ बैशाख शनिबार २०:३२

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

२०७६, ७ बैशाख शनिबार ०७:२९

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

२०७६, ७ बैशाख शनिबार ०७:१५

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

२०७६, ७ बैशाख शनिबार १८:५७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

२०७६, ७ बैशाख शनिबार ०८:३८

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

२०७६, ७ बैशाख शनिबार ०९:२०

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

२०७६, ७ बैशाख शनिबार ०७:४९

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

२०७६, ७ बैशाख शनिबार ०७:२१

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२०७६, ७ बैशाख शनिबार ०६:५९

पृथ्वी एउटा खेतबारी भएको भए…

पृथ्वी एउटा खेतबारी भएको भए…

२०७६, ७ बैशाख शनिबार १२:०४