कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकामा एक वर्षको अवधिमै रु एक करोड मूल्य बराबरका माछा उत्पादन भएका छन्। कृत्रिम र प्राकृतिक पोखरीमा गरी झण्डै ५०० क्विण्टल माछा उत्पादन भएको छ। नगरपालिकाको पशु विकास शाखाले सङ्कलन गरेको तथ्याङ्कअनुसार १३१ पोखरी र पाँच प्राकृतिक तालमा माछापालन हुने गरेको छ।

पाँच सय आठ कट्ठा क्षेत्रफलमा रहेका कृत्रिम पोखरीमा मात्रै रु ९० लाख ७० हजार मूल्य बराबरका माछा उत्पादन भएका पशु विकास शाखाका पशु विकास अधिकृत नारायणदत्त भट्टले बताएका छन्। माछा उत्पादनमा लागेका किसानले रहु, भाकुर, रुपचन्द, कमन, विगहेड, नैनी, सिल्भर, ग्रासकार्पलगायत जातका माछापालन गरेका छन्।

उत्पादन गरेका माछा स्थानीय बजारसँगै पोखरीबाटै व्यापारीले खरिद गरेर लैजाने गरेका छन्। माछा प्रतिकिलो रु ३०० देखि ४०० का दरले बिक्री हुने गरेको छ। नगरपालिकाका किसानले वर्षभरी माछा उत्पादन गरी बेच्दै आएका छन्। नगरपालिकामा सबैभन्दा बढी वडा नं ९ का ज्ञानेन्द्रबहादुर सिंहले आठ पोखरीमा वार्षिकरुपमा १५० क्विण्टल माछा उत्पादन गर्दै आएको छ।

उनले रु ३७ लाख ५० हजार मूल्य बराबरका माछा बिक्री गर्दै आएको छ। अन्य किसानले भने रु तीन लाख ५० हजारदेखि रु ४० हजारसम्म माछा उत्पादन गरी बिक्री गर्दै आएका छन्। एक लाखभन्दा कम मूल्य बराबरको माछा उत्पादन गर्ने किसानको सङ्ख्या भने धेरै रहेको छ।

चार जना किसानले चालु आवमै पोखरी बनाई माछापालनको शुरुआत गरेका छन। नगरपालिका क्षेत्रभित्र रहेका गौडी सलिना, मणिका, सिद्धनाथ, झारखण्डी, सुनदेवी, निल, शुक्ला, अजिंगर, पुरैना र लरंका ताल मध्ये अजिंगर, पुरैना, लरंका, सिद्धनाथ र झारखण्डी तालमा मात्रै माछापालन हुने गरेको छ।

नगरपालिकाका दुई किसानले माछाको ह्याचारी तथा नर्सरी सञ्चालन गरेका छन्। नगरपालिकाको वडा नं ७ का हिक्मत चौधरीले १२ कट्ठा जग्गामा र वडा नं १ का पल्टु चौधरीले दुई दशमलव पाँच बिघामा ह्याचारी तथा नर्सरी सञ्चालन गरेको छ। उनले ह्याचरी तथा नर्सरीमा उत्पादन भएका माछाका भुरा मात्रै बिक्री गरेर रु १० देखि रु १७ लाख आम्दानी गर्दै आएको छ।

नगरपालिकाको वडा नं ३ का गेदु चौधरीले धान खेतमा कमन र विगहेड जातका माछापालन गरी रु एक लाख बढी आम्दानी गरेको छ। डेढ कट्ठा धानखेतमा सोचेभन्दा बढी आम्दानी भएपछि आउँदो वर्ष त्योभन्दा बढी धान खेतमा माछापालन गर्ने बताएको छ। धान खेतमा माछापालन गर्ने चौधरी नगरपालिकभित्रका पहिलो किसान छन्। (रासस)

लोकप्रिय

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, १६ फाल्गुन शुक्रबार २०:००

बिहीबार दिनभरका प्रमुख खबरहरू- छुटाउनु भयाे कि?

बिहीबार दिनभरका प्रमुख खबरहरू- छुटाउनु भयाे कि?

२०७६, १५ फाल्गुन बिहीबार २०:०४

पेट्रोलियम पदार्थमा कर नलगाउन नेविसङ्घको आग्रह

पेट्रोलियम पदार्थमा कर नलगाउन नेविसङ्घको आग्रह

२०७६, १६ फाल्गुन शुक्रबार १९:२८

थाइल्याण्डमा नेपाली टाेलीकाे अन्तिम तयारी, प्रशिक्षक भन्छन्, ‘उपाधि हामीले नै जित्छौँ’

थाइल्याण्डमा नेपाली टाेलीकाे अन्तिम तयारी, प्रशिक्षक भन्छन्, ‘उपाधि हामीले नै…

२०७६, १६ फाल्गुन शुक्रबार १७:२६

कुवेतलाई फराकिलाे अन्तरले हराउँदै युएइले जित्यो एसीसी वेस्टर्न रिजनको उपाधि

कुवेतलाई फराकिलाे अन्तरले हराउँदै युएइले जित्यो एसीसी वेस्टर्न रिजनको उपाधि

२०७६, १५ फाल्गुन बिहीबार १४:३२

फेस प्याकः अनुहारको सौन्दर्य बढाउन यसरी घरमै तयार गर्नुहोस् !

फेस प्याकः अनुहारको सौन्दर्य बढाउन यसरी घरमै तयार गर्नुहोस् !

२०७६, १६ फाल्गुन शुक्रबार १०:१२

ईपीएलकाे खेल तालिका सार्वजनिक, पहिलाे खेलमा ललितपुर र पोखरा भिड्ने

ईपीएलकाे खेल तालिका सार्वजनिक, पहिलाे खेलमा ललितपुर र पोखरा भिड्ने

२०७६, १५ फाल्गुन बिहीबार १५:४६

निन्द्रा नलाग्ने समस्याबाट मुक्ति पाउन यसो गर्नुहोस्

निन्द्रा नलाग्ने समस्याबाट मुक्ति पाउन यसो गर्नुहोस्

२०७६, १६ फाल्गुन शुक्रबार १२:५३

विवाह बन्धनमा बाँधिए प्रियंका–आयुष्मान

विवाह बन्धनमा बाँधिए प्रियंका–आयुष्मान

२०७६, १५ फाल्गुन बिहीबार १९:१५

राष्ट्रिय उमा कुङ्फु प्रतियोगिता शुरु

राष्ट्रिय उमा कुङ्फु प्रतियोगिता शुरु

२०७६, १६ फाल्गुन शुक्रबार २२:२५

विवाह बन्धनमा बाँधिए अभिनेता बराल र बेली डान्सर प्रमिला

विवाह बन्धनमा बाँधिए अभिनेता बराल र बेली डान्सर प्रमिला

२०७६, १६ फाल्गुन शुक्रबार १३:३१

प्याराग्लाइडिङ च्याम्पियनसीपमा नेपाल दोस्रो

प्याराग्लाइडिङ च्याम्पियनसीपमा नेपाल दोस्रो

२०७६, १६ फाल्गुन शुक्रबार ०७:१६

चक्रपथ सडक विस्तारः वैशाखपछि चिनियाँ टोलीको जिम्मामा

चक्रपथ सडक विस्तारः वैशाखपछि चिनियाँ टोलीको जिम्मामा

२०७६, १६ फाल्गुन शुक्रबार ०७:२२

एसीसी वेस्टर्न रिजन : उपाधिको लागि युएइद्वारा कुवेतसामु २ सय रनको लक्ष्य प्रस्तुत

एसीसी वेस्टर्न रिजन : उपाधिको लागि युएइद्वारा कुवेतसामु २ सय…

२०७६, १५ फाल्गुन बिहीबार १३:०६

आइसीसी महिला विश्वकपः न्युजिल्याण्डविरुद्ध भारतको रोमाञ्चक जित

आइसीसी महिला विश्वकपः न्युजिल्याण्डविरुद्ध भारतको रोमाञ्चक जित

२०७६, १५ फाल्गुन बिहीबार १२:५४