काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार, गृह मन्त्रालय मन्त्रिपरिषदको माघ ६ गतेको निर्णय अनुसार प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती हुनुभएका डा.आशा सिंहलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरे।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नती हुनुभएका अधिकृतलाई बधाई तथा शुभकामना दिँदै नेपाल प्रहरी अस्पताल सबैको भरोसाको केन्द्र र संगठनकै महत्वपूर्ण विभाग भएकोले अस्पतालको व्यवस्थापन लगायत अस्पतालको स्तरोन्नतीका लागि अग्रसर हुनु पर्ने बताए।

नेपाल प्रहरी अस्पतालले प्रदान गर्ने सेवा, व्यवहार, भौतिक संरचना लगायतमा उल्लेख्य सकारात्मक परिवर्तन भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले नेपाल सरकार तथा संगठनले लिएको लक्ष्य र प्राथमिकता कार्यान्वयन गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए। अस्पताललाई थप सुविधा सम्पन्न बनाउँदै अस्पतालमा कार्यरत कर्मचारीहरुको क्षमता वृद्धिमा समेत संगठन सदैव क्रियाशिल रहेको बताउँदै व्यवसायिकता, कार्यप्रतिको निष्ठा र सामुहिक भावना सहित अघि बढेमा सफलता प्राप्त हुने विश्वास उनले व्यक्त गरे।

उक्त अवसरमा पदोन्नती हुनुभएका प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहले त्रुटी रहित ढंगले सुम्पिएको जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्न आफू तल्लिन हुने प्रतिवद्धता व्यक्त गरे। गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह र पेशागत क्षमतालाई अभिवृद्धि गर्न सरोकारवाला निकायहरुसँग समन्वय गर्ने उल्लेख गर्दै उनले नेपाल प्रहरी अस्पताललाई सबैको भरपर्दो साथीको रुपमा विकास गर्ने बताए।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरु लगायत अन्य प्रहरी अधिकृत तथा जवानहरुको समेत उपस्थिति रहेको थियो।

लोकप्रिय

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, २ फाल्गुन शुक्रबार १९:५८

सन्धीअनुसार पानी दिन आलटाल

सन्धीअनुसार पानी दिन आलटाल

२०७६, ३ फाल्गुन शनिबार १७:४५

आइतबार दिनभरका प्रमुख खबरहरु – छुटाउनु भयो कि ?

आइतबार दिनभरका प्रमुख खबरहरु – छुटाउनु भयो कि ?

२०७६, ४ फाल्गुन आईतवार २०:१६

मछिन्द्र क्लबले जित्याे ए डिभिजन लिगकाे उपाधि

मछिन्द्र क्लबले जित्याे ए डिभिजन लिगकाे उपाधि

२०७६, ३ फाल्गुन शनिबार १५:४२

भ्रमण वर्षलाई लक्षित गरी सङ्ग्रहालय

भ्रमण वर्षलाई लक्षित गरी सङ्ग्रहालय

२०७६, ३ फाल्गुन शनिबार १७:४१

फिल्मफेयर २०२०ः रणवीरले पाए उत्कृष्ट अभिनेताको उपाधि

फिल्मफेयर २०२०ः रणवीरले पाए उत्कृष्ट अभिनेताको उपाधि

२०७६, ४ फाल्गुन आईतवार १३:०७

स्यानिटरी प्याडः अहिले निःशुल्क, पछि के होला?

स्यानिटरी प्याडः अहिले निःशुल्क, पछि के होला?

२०७६, ३ फाल्गुन शनिबार १७:४०

महराविरुद्धको सुनुवाइ सकियो, फैसला सोमबार सुनाइने

महराविरुद्धको सुनुवाइ सकियो, फैसला सोमबार सुनाइने

२०७६, ४ फाल्गुन आईतवार १७:५६

वुहानबाट १७५ नेपालीको उद्धार, १० जना चीनमै रोकिए

वुहानबाट १७५ नेपालीको उद्धार, १० जना चीनमै रोकिए

२०७६, ३ फाल्गुन शनिबार २२:५९

त्रिभुवन आर्मी भर्सेस मछिन्द्र क्लब (लाइभ)

त्रिभुवन आर्मी भर्सेस मछिन्द्र क्लब (लाइभ)

२०७६, ३ फाल्गुन शनिबार १३:५१

आइपीएलको खेल तालिका सार्वजनिक, सन्दीप आबद्ध दिल्लीको खेल कहिले? (तालिका)

आइपीएलको खेल तालिका सार्वजनिक, सन्दीप आबद्ध दिल्लीको खेल कहिले? (तालिका)

२०७६, ४ फाल्गुन आईतवार १०:२०

त्रिभुवन आर्मीविरूद्ध मछिन्द्रकाे सुरूवाती अग्रता (लाइभ)

त्रिभुवन आर्मीविरूद्ध मछिन्द्रकाे सुरूवाती अग्रता (लाइभ)

२०७६, ३ फाल्गुन शनिबार १४:२४

खस आर्य सङ्ग्रहालय पोखरामा बन्ने

खस आर्य सङ्ग्रहालय पोखरामा बन्ने

२०७६, २ फाल्गुन शुक्रबार ०८:३३

टी–२० सिरीजकाे निर्णायक खेलमा भिड्दै इंल्याण्ड र दक्षिण अफ्रिका, कसले मार्ला बाजी?

टी–२० सिरीजकाे निर्णायक खेलमा भिड्दै इंल्याण्ड र दक्षिण अफ्रिका, कसले…

२०७६, ४ फाल्गुन आईतवार ११:०३

बेलायतका सेनाप्रमुख नेपाल भ्रमणमा

बेलायतका सेनाप्रमुख नेपाल भ्रमणमा

२०७६, ४ फाल्गुन आईतवार ११:२६