एजेन्सी, २४ माघ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच यही फेब्रुअरी २७ देखि २८ सम्म भियतनाममा दोस्रो शिखर बैठक हुने भएको छ।

दुई नेताबीच हुने वार्ताबारे विश्व समुदायको चासो बढिरहेका बेला राष्ट्रपति ट्रम्पले बुधबार उक्त घोषणा गरेका हुन्। भियतनाम बैठकमा राष्ट्रपति ट्रम्पले आणविक कार्यक्रम त्याग्नका लागि उत्तर कोरियाली नेतालाई सहमत गराउन विशेष पहल गर्नेछन्।

अमेरिकी संयुक्त सदनलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले गत वर्ष सिंगापुरमा भएको पहिलो वार्ताले शान्तिका लागि बाटो खोलेको बताए। तर आणविक निशस्त्रीकरण कसरी सम्पन्न हुन्छ भन्नेमा अझैसम्म पनि ठोस कार्यक्रम र रुपरेखा तय भइनसकेको बताइएको छ। ‘कोरियाली प्रायद्वीपमा दिगो शान्ति स्थापना गर्न संयुक्तराज्य अमेरिकाले ऐतिहासिक र साहसिक कदम चाल्नु आवश्यक थियो,’ उनले भनेका छन्।

राष्ट्रिय गुप्तचर निकायका निर्देशक ड्यान कोट्सले गत साता कङ्ग्रेसको एक समितिमा अमेरिकी गुप्तचर अधिकारीहरुले अझै पनि किमले आणविक कार्यक्रम त्याग्नेमा विश्वास नगरेको बताएका थिए। उनले आणविक अस्त्र नै उत्तर कोरियाको मुख्य बाँच्ने आधार रहेको पनि बताए।

गत वर्ष जुनमा भएको पहिलो शिखर बैठकपछि लिइएका भू-उपग्रहीय तस्वीरमा उत्तर कोरियाले आणविक सामग्रीहरुको उत्पादनलाई नरोकेको सङ्केत गरेका छन्।उत्तर कोरियाले थुनामा रहेका केही अमेरिकीलाई छाडेको थियो भने आणविक तथा लामो दूरीका क्षेप्यास्त्रको परीक्षण स्थगित गरेको थियो।

उत्तर कोरियाले एउटा आणविक परीक्षण केन्द्र ध्वस्त बनाउनुका साथै एउटा रकेट प्रक्षेपण स्थल नष्ट गरेको थियो। तर यी सबै कार्यहरु कुनै पनि अन्तर्राष्ट्रिय विज्ञ वा मुलुकको रोहवरमा गरिको थिएन।

यद्यपि राष्ट्रपति ट्रम्पले हालसम्म भएका प्रगतिको विवरण सुनाउँदै भने, ‘उत्तर कोरियाको कब्जामा रहेका अमेरिकीहरु घर फर्किएका छन्, आणविक परीक्षण रोकिएको छ, र १५ महिनाभन्दा बढी समयदेखि कुनै पनि किसिमको क्षेप्यास्त्र प्रहारका घटना भएका छैनन्। यदि म अमेरिकाको राष्ट्रपतिमा निर्वाचित नभएको भए मेरो विचारमा उत्तर कोरियासँग ठूलो युद्ध शुरु भइसकेको हुन सक्थ्यो।’

दुई नेताबीच भियतनाममा हुने शिखर वार्ताको तयारीका निम्ति उत्तर कोरियाका लागि अमेरिकी विशेषदूत स्टेफन बाइगन उत्तर कोरिया प्रस्थान गरेका छन्।

भियतनाममा हुने दुई दिने शिखर बैठकको स्थान भने सार्वजनिक गरिएको छैन। भियतनाममा कम्युनिष्ट शासन रहेपनि आर्थिक उदारवाद र स्वतन्त्र व्यापार नीतिका कारण भियतनामले पछिल्लो केही वर्षदेखि उच्च दरको आर्थिक विकास गरिरहेको छ।

लोकप्रिय

कालोपत्रको काम पुनः सञ्चालन गराउने सहमति

कालोपत्रको काम पुनः सञ्चालन गराउने सहमति

२०७६, १० फाल्गुन शनिबार २०:०१

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ९ फाल्गुन शुक्रबार १९:५७

शनिबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयो कि ?

शनिबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयो कि ?

२०७६, १० फाल्गुन शनिबार १९:२५

श्रीमानसँग यौन सम्बन्ध राख्दा श्रीमतीको मृत्यु

श्रीमानसँग यौन सम्बन्ध राख्दा श्रीमतीको मृत्यु

२०७६, ९ फाल्गुन शुक्रबार १५:०३

भारतिवरूद्धकाे टेष्ट दाैरान न्युजिल्याण्डका रोस टेलरले बनाए विश्व कीर्तिमान

भारतिवरूद्धकाे टेष्ट दाैरान न्युजिल्याण्डका रोस टेलरले बनाए विश्व कीर्तिमान

२०७६, ९ फाल्गुन शुक्रबार १२:५२

टी–२० महिला विश्वकपः अस्ट्रेलियाविरुद्ध भारत विजयी

टी–२० महिला विश्वकपः अस्ट्रेलियाविरुद्ध भारत विजयी

२०७६, ९ फाल्गुन शुक्रबार १६:५८

गल्ती गर्ने छुट कसैलाई छैनः अध्यक्ष दाहाल

गल्ती गर्ने छुट कसैलाई छैनः अध्यक्ष दाहाल

२०७६, १० फाल्गुन शनिबार १६:४५

बलिउड अभिनेत्री शिल्पा शेट्टीले जन्माइन् छाेरी

बलिउड अभिनेत्री शिल्पा शेट्टीले जन्माइन् छाेरी

२०७६, ९ फाल्गुन शुक्रबार १४:५१

नैतिक शिक्षाको खाँचोः प्रदेश प्रमुख शेरचन

नैतिक शिक्षाको खाँचोः प्रदेश प्रमुख शेरचन

२०७६, ११ फाल्गुन आईतवार ०८:३९

फिल्म ‘प्रेम गीत ३’ काे शीर्ष गीत सार्वजनिक (भिडियाेसहित)

फिल्म ‘प्रेम गीत ३’ काे शीर्ष गीत सार्वजनिक (भिडियाेसहित)

२०७६, ९ फाल्गुन शुक्रबार १८:४५

राँके–रवी–भेडेटारसडक निर्माणले गति लियो

राँके–रवी–भेडेटारसडक निर्माणले गति लियो

२०७६, १० फाल्गुन शनिबार ०७:०२

गोरखपुरबाट नेपालसम्म पाइपलाइनमा ग्यास

गोरखपुरबाट नेपालसम्म पाइपलाइनमा ग्यास

२०७६, १० फाल्गुन शनिबार ०६:४६

हिलो र धुलोका समस्याले बन्द बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

हिलो र धुलोका समस्याले बन्द बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

२०७६, १० फाल्गुन शनिबार ०८:०९

विभिन्न ठाँउमा सवारी दुर्घटना हुदा पाँचजनाको मृत्यु

विभिन्न ठाँउमा सवारी दुर्घटना हुदा पाँचजनाको मृत्यु

२०७६, ९ फाल्गुन शुक्रबार १९:०९

”नैतिकताको आधारमा प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ”

”नैतिकताको आधारमा प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ”

२०७६, ११ फाल्गुन आईतवार ००:१३