भक्तपुर– पूर्वराष्ट्रपति रामवरण यादवले विकासको नाममा भइरहेको प्राकृतिक सम्पदाको विनाशले सङ्कट निम्त्याउने खतरा रहेको औल्याएको छ।

भक्तपुरको कमलविनायकस्थित भोकेशनल एकेडेमीमा शनिबार रवीन्द्र पुरी फाउण्डेशन फर कन्जरभेशनको १०आाैँ वार्षिकोत्सवको कार्यक्रमलाई सम्बोधन गर्दै उनले तराईको चुरेदेखि पहाडको डाँडासमेत नासिदै गएकोमा चिन्ता व्यक्त गरे।

पूर्वराष्ट्रपति यादवले भने, ‘अन्नको भण्डारको रुपमा लिइने तराई र काठमाडौँ उपत्यकामा अन्न रित्तिसक्यो, ढुङ्गेधारादेखि पानीको स्रोत सबै सुकिसक्यो, तराईदेखि पहाडसम्मका प्राकृतिक स्रोत, सम्पदा र साधनको विनाशले कस्तो अवस्था अवस्था आउला, त्यही सम्झेर चिन्ता लाग्छ।’

कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले सम्पदाको संरक्षण गरी रवीन्द्र पुरीले देशलाई योगदान पु¥याएको चर्चा गर्दै प्राचीनकालदेखिको सम्पदालाई जोगाउनुपर्नेमा विशेष जोड दिएका छन्। परम्परागत, पुरातात्विक सम्पदा र परम्परागत मौलिक बोकेको घरहरु मासिदै जानु र नेपालको मौलिकता, परिचय नभएका ठूल्ठूला घरहरुको निर्माण हुनु आत्मा नभएको शरीर उभिएजस्तै भएको उनले टिप्पणी गरे।

नेपालस्थित जर्मन राजदूत रोल्याण्ड सहिफरले पुरीले सम्पदा संरक्षणमा पु¥याएको योगदानको चर्चा गर्दै नेपालको सुन्दरता, मौलिक संस्कृतिलाई जोगाउन सहयोग गर्ने बताएका छन्। शिक्षाविद् केदारभक्त माथेमाले सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताउँदै सरकारको शिक्षाको विकासमा आवश्यकताअनुसार ध्यान पु¥याउनुपर्नेमा जोड दिए।

संस्थाका अध्यक्ष पुरीले सम्पदाको संरक्षणमा अझै पनि सरकारका कतिपय निकाय र व्यक्तिले असहयोग गरेको बताउँदै जीवन रहेसम्म सम्पदा संरक्षणमा निरन्तर लागिरहने बताएका छन्।

उनले आफ्नो जीवनमा चलअचल रु ४० करोड सम्पत्ति रहेकामा रु २० करोड फाउण्डेशनलाई दान दिएको घोषणा गर्दै आफ्नो जीवनभरमा एक हजार नेपाली परम्परागत एवं मौलिक घर तथा संरचना बनाउने र वार्षिक एक हजार जनालाई सीपमूलक तालीम प्रदान गर्ने जानकारी दिएका छन्।

संस्थालाई सहयोग गर्ने रेनर ब्रुस्त, देवेन्द्र भट्टराई, रोशन श्रेष्ठ, राजकुमार श्रेष्ठ, विनोदप्रसाद सत्याल, रमेश शिल्पकार, सुरेन्द्र कोण्डा, घनश्याम खड्का र कर्ण अवाललाई सम्मान गर्नुका साथै रेड मुन नामक पत्रिकाको विमोचन गरिएको थियो। (रासस)

लोकप्रिय

आइतबार दिनभरका प्रमुख खबरहरु – छुटाउनु भयो कि ?

आइतबार दिनभरका प्रमुख खबरहरु – छुटाउनु भयो कि ?

२०७६, ४ फाल्गुन आईतवार २०:१६

सन्धीअनुसार पानी दिन आलटाल

सन्धीअनुसार पानी दिन आलटाल

२०७६, ३ फाल्गुन शनिबार १७:४५

मछिन्द्र क्लबले जित्याे ए डिभिजन लिगकाे उपाधि

मछिन्द्र क्लबले जित्याे ए डिभिजन लिगकाे उपाधि

२०७६, ३ फाल्गुन शनिबार १५:४२

भ्रमण वर्षलाई लक्षित गरी सङ्ग्रहालय

भ्रमण वर्षलाई लक्षित गरी सङ्ग्रहालय

२०७६, ३ फाल्गुन शनिबार १७:४१

फिल्मफेयर २०२०ः रणवीरले पाए उत्कृष्ट अभिनेताको उपाधि

फिल्मफेयर २०२०ः रणवीरले पाए उत्कृष्ट अभिनेताको उपाधि

२०७६, ४ फाल्गुन आईतवार १३:०७

स्यानिटरी प्याडः अहिले निःशुल्क, पछि के होला?

स्यानिटरी प्याडः अहिले निःशुल्क, पछि के होला?

२०७६, ३ फाल्गुन शनिबार १७:४०

आइपीएलको खेल तालिका सार्वजनिक, सन्दीप आबद्ध दिल्लीको खेल कहिले? (तालिका)

आइपीएलको खेल तालिका सार्वजनिक, सन्दीप आबद्ध दिल्लीको खेल कहिले? (तालिका)

२०७६, ४ फाल्गुन आईतवार १०:२०

महराविरुद्धको सुनुवाइ सकियो, फैसला सोमबार सुनाइने

महराविरुद्धको सुनुवाइ सकियो, फैसला सोमबार सुनाइने

२०७६, ४ फाल्गुन आईतवार १७:५६

वुहानबाट १७५ नेपालीको उद्धार, १० जना चीनमै रोकिए

वुहानबाट १७५ नेपालीको उद्धार, १० जना चीनमै रोकिए

२०७६, ३ फाल्गुन शनिबार २२:५९

त्रिभुवन आर्मी भर्सेस मछिन्द्र क्लब (लाइभ)

त्रिभुवन आर्मी भर्सेस मछिन्द्र क्लब (लाइभ)

२०७६, ३ फाल्गुन शनिबार १३:५१

त्रिभुवन आर्मीविरूद्ध मछिन्द्रकाे सुरूवाती अग्रता (लाइभ)

त्रिभुवन आर्मीविरूद्ध मछिन्द्रकाे सुरूवाती अग्रता (लाइभ)

२०७६, ३ फाल्गुन शनिबार १४:२४

हजार रुपियाँको लगानी दस वर्षमा करोडपति

हजार रुपियाँको लगानी दस वर्षमा करोडपति

२०७६, ५ फाल्गुन सोमबार ०७:१९

टी–२० सिरीजकाे निर्णायक खेलमा भिड्दै इंल्याण्ड र दक्षिण अफ्रिका, कसले मार्ला बाजी?

टी–२० सिरीजकाे निर्णायक खेलमा भिड्दै इंल्याण्ड र दक्षिण अफ्रिका, कसले…

२०७६, ४ फाल्गुन आईतवार ११:०३

बेलायतका सेनाप्रमुख नेपाल भ्रमणमा

बेलायतका सेनाप्रमुख नेपाल भ्रमणमा

२०७६, ४ फाल्गुन आईतवार ११:२६

सरकार विरुद्ध ने.वि. संघ पर्सा सडकमा

सरकार विरुद्ध ने.वि. संघ पर्सा सडकमा

२०७६, ३ फाल्गुन शनिबार २०:२२