काठमाडौं — डाँका घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई उपत्यकाको विभिन्न स्थानबाट महानगरीय अपराध महाशाखाको प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा दाङ पुरन्धारा गाउँपालिका–९ खेप्ताङ घर भई काठमाडौं मित्रनगर बस्ने बेद बहादुर भन्ने ३८ वर्षीय भिम बहादुर घर्तीमगर, नुवाकोट दुप्चेश्वर गाउँपालिका–६ कटजुन घर भई काठमाडौं काभ्रेस्थली बस्ने ३० वर्षीय नकुर तामाङ, रसुवा आमाछोदिङमो गाउँपालिका–५ गोलजुङ घर भई काठमाडौं तार्केश्वर नगरपालिका–९ डाँडागाउ बस्ने ३८ वर्षीय दावा छिरिङ तामाङ, रामेछाप मन्थली नगरपालिका–९ पुरानागाँउ घर भई काठमाडौं महानगरपालिका–१६ बाईपास बस्ने ३६ वर्षीय कुमार बहादुर बुढाथोकी, रसुवा उत्तरगया गाउँपालिका–२ खड्कु घर भएकाहरु काठमाडौं काभ्रेस्थली बस्ने ३६ वर्षीय तेन्जिङ बहादुर तामाङ, र काठमाडौं गोगवु बस्ने २८ वर्षीय संजित वाईवा रहेका छन्।

उनीहरुको साथबाट प्रहरीले नगद १८ लाख ७५ हजार ५ सय रुपैयाँ, डाँका गरी पाएको पैसाबाट किनेको मोटरसाइकल १ थान, डाँका घटनामा प्रयोग भएको मोटरसाइकल ३ थान, सुनको औठी १ थान र विभिन्न कम्पनीको मोबाइल लगायतको सामान बरामद गरेको छ।

उनीहरु मध्ये बेद बहादुर भन्ने भिम बहादुर घर्तीमगरले सिन्धुपाल्चोक मेलम्ची नगरपालिका(३ घर भई हाल काठमाडौं बस्ने व्यक्तिलाई मेरो बाजेसंग बल्ने ढुङा छ भन्दै बिभिन्न प्रलोभन देखाई नगद ५० पचास लाख रुपैयाँ माग गरेका थिए।

त्यसपछि उनीहरुले पिडितलाई खुकुरी र फलामको लठ्ठी समेत देखाई धाकधम्की दिई आखाँमा खुर्सानीको धुलो छर्की पिडितको साथमा रहेको नगद ५० लाख जवरजस्ती लुटपाट गरेर फरार रहेको अनुसन्धानबाट खुल्न आएको छ।

यस सम्बन्धमा थप अनुसन्धानको लागि उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त कार्यालयले जनाएको छ।

 

लोकप्रिय

आइतबार दिनभरका प्रमुख खबरहरु – छुटाउनु भयो कि ?

आइतबार दिनभरका प्रमुख खबरहरु – छुटाउनु भयो कि ?

२०७६, ४ फाल्गुन आईतवार २०:१६

सन्धीअनुसार पानी दिन आलटाल

सन्धीअनुसार पानी दिन आलटाल

२०७६, ३ फाल्गुन शनिबार १७:४५

मछिन्द्र क्लबले जित्याे ए डिभिजन लिगकाे उपाधि

मछिन्द्र क्लबले जित्याे ए डिभिजन लिगकाे उपाधि

२०७६, ३ फाल्गुन शनिबार १५:४२

भ्रमण वर्षलाई लक्षित गरी सङ्ग्रहालय

भ्रमण वर्षलाई लक्षित गरी सङ्ग्रहालय

२०७६, ३ फाल्गुन शनिबार १७:४१

फिल्मफेयर २०२०ः रणवीरले पाए उत्कृष्ट अभिनेताको उपाधि

फिल्मफेयर २०२०ः रणवीरले पाए उत्कृष्ट अभिनेताको उपाधि

२०७६, ४ फाल्गुन आईतवार १३:०७

स्यानिटरी प्याडः अहिले निःशुल्क, पछि के होला?

स्यानिटरी प्याडः अहिले निःशुल्क, पछि के होला?

२०७६, ३ फाल्गुन शनिबार १७:४०

आइपीएलको खेल तालिका सार्वजनिक, सन्दीप आबद्ध दिल्लीको खेल कहिले? (तालिका)

आइपीएलको खेल तालिका सार्वजनिक, सन्दीप आबद्ध दिल्लीको खेल कहिले? (तालिका)

२०७६, ४ फाल्गुन आईतवार १०:२०

महराविरुद्धको सुनुवाइ सकियो, फैसला सोमबार सुनाइने

महराविरुद्धको सुनुवाइ सकियो, फैसला सोमबार सुनाइने

२०७६, ४ फाल्गुन आईतवार १७:५६

वुहानबाट १७५ नेपालीको उद्धार, १० जना चीनमै रोकिए

वुहानबाट १७५ नेपालीको उद्धार, १० जना चीनमै रोकिए

२०७६, ३ फाल्गुन शनिबार २२:५९

त्रिभुवन आर्मी भर्सेस मछिन्द्र क्लब (लाइभ)

त्रिभुवन आर्मी भर्सेस मछिन्द्र क्लब (लाइभ)

२०७६, ३ फाल्गुन शनिबार १३:५१

हजार रुपियाँको लगानी दस वर्षमा करोडपति

हजार रुपियाँको लगानी दस वर्षमा करोडपति

२०७६, ५ फाल्गुन सोमबार ०७:१९

त्रिभुवन आर्मीविरूद्ध मछिन्द्रकाे सुरूवाती अग्रता (लाइभ)

त्रिभुवन आर्मीविरूद्ध मछिन्द्रकाे सुरूवाती अग्रता (लाइभ)

२०७६, ३ फाल्गुन शनिबार १४:२४

टी–२० सिरीजकाे निर्णायक खेलमा भिड्दै इंल्याण्ड र दक्षिण अफ्रिका, कसले मार्ला बाजी?

टी–२० सिरीजकाे निर्णायक खेलमा भिड्दै इंल्याण्ड र दक्षिण अफ्रिका, कसले…

२०७६, ४ फाल्गुन आईतवार ११:०३

बेलायतका सेनाप्रमुख नेपाल भ्रमणमा

बेलायतका सेनाप्रमुख नेपाल भ्रमणमा

२०७६, ४ फाल्गुन आईतवार ११:२६

सरकार विरुद्ध ने.वि. संघ पर्सा सडकमा

सरकार विरुद्ध ने.वि. संघ पर्सा सडकमा

२०७६, ३ फाल्गुन शनिबार २०:२२