बुटवल, २४ माघ –प्रदेशसभामा नेकपाबाट प्रतिनिधित्व गर्ने रूपन्देहीमा घर भएका सांसदहरूले घरभाडा नलिने घोषणा गरेका छन्। प्रदेशको राजधानीमा घर हुने सांसदहरूलाई नेकपा संसदीय दलको बैठकले घरभाडा नलिन आग्रह गरेको थियो।

आग्रहपछि सांसदहरुले माघ महिनादेखि लागू हुनेगरी भाडा नलिने निर्णय भएको नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए। सांसदहरू घरभाडावापत मासिक १५ हजार रूपैयाँ बुझ्दै आएका थिए।

नेकपामा मुख्य सचेतक भूमिश्वर ढकाल, सांसदहरु भोजप्रसाद श्रेष्ठ, दधिराम न्यौपाने, डा. कृष्णप्रसाद न्यौपाने, कमला विकले हस्ताक्षर गरी प्रदेशसभा सचिवालयमा उक्त जानकारी गराएका छन्। ढकाल र विकको घर बुटवलदेखि करिब १८ किलोमिटर पश्चिममा पर्छ भने श्रेष्ठको घर बुटवलमै छ। डा. न्यौपानेको घर देवदहमा र अर्का सांसद न्यौपानेको घर बुटवल बेलबासमा पर्छ।

तर, राजधानीमा घर नहुने सांसदहरूले भने भाडावापतको रकम लिनेछन्। जिल्लाबाट प्रतिनिधित्व गर्ने थानकुमारी थापा, विमला पन्थी, दीपा विक, सुनिता थटेरलगायतका सांसदरू भने भाडामा बस्दै आएका छन्। संघीय संसदमा पनि यो विषय उठेपछि केही प्रदेश सांसदहरूले बुझदै आएको घरभाडा फिर्ता गरेका थिए।

यसअघि एक वर्षसम्म बुझदै आएको रकमलाई पनि संकलन गरी कोषका रूपमा राख्न सकिने नेकपाका सचेतक ढकालले बताए। भाडाको विषयमा कांग्रेस सांसदहरूले भने कुनै निर्णय गरेका छैनन्। ८७ सदस्यीय प्रदेशसभामा राजधानी रूपन्देहीबाट १ मन्त्रीसहित १८ सांसदहरूले प्रतिनिधित्व गर्छन्।

लोकप्रिय

‘विप्लवको नेपाल बन्द: प्रतिष्ठा जोगाउने लडाइँ, द्वन्द्वकालकै धङधङी’

‘विप्लवको नेपाल बन्द: प्रतिष्ठा जोगाउने लडाइँ, द्वन्द्वकालकै धङधङी’

२०७६, ५ बैशाख बिहीबार १५:४१

‘महालेखा परीक्षकको कार्यालयलाई विषरहित सर्पजस्तो बनाइएको छ’

‘महालेखा परीक्षकको कार्यालयलाई विषरहित सर्पजस्तो बनाइएको छ’

२०७६, ६ बैशाख शुक्रबार १८:२३

प्रदेश सरकारले प्रतिपक्षीलाई विभेद गरेको गुनासो

प्रदेश सरकारले प्रतिपक्षीलाई विभेद गरेको गुनासो

२०७६, ६ बैशाख शुक्रबार १८:४३

अप्रत्यासित

अप्रत्यासित

२०७६, ६ बैशाख शुक्रबार १६:१३

एनआईसी एशिया र क्यान्सर अस्पतालबीच सम्झौता

एनआईसी एशिया र क्यान्सर अस्पतालबीच सम्झौता

२०७६, ५ बैशाख बिहीबार १८:३८

पतकर, समय ढल्केको मेकानिक र ग्यारेज

पतकर, समय ढल्केको मेकानिक र ग्यारेज

२०७६, ६ बैशाख शुक्रबार १४:३५

काठमाडौँ-दिल्ली हवाई भाडा तीन गुणा बढ्यो

काठमाडौँ-दिल्ली हवाई भाडा तीन गुणा बढ्यो

२०७६, ६ बैशाख शुक्रबार ०७:२८

पोखरा विमानस्थलको रन वे निर्माण सम्पन्न (फोटोसहित)

पोखरा विमानस्थलको रन वे निर्माण सम्पन्न (फोटोसहित)

२०७६, ६ बैशाख शुक्रबार ०८:४४

आज देशका अधिकांश भागमा मौसम सामान्य बदली

आज देशका अधिकांश भागमा मौसम सामान्य बदली

२०७६, ६ बैशाख शुक्रबार ०६:२१

हुलाकी राजमार्गका जग्गाधनीलाई मुआब्जा वितरणा शुरू

हुलाकी राजमार्गका जग्गाधनीलाई मुआब्जा वितरणा शुरू

२०७६, ५ बैशाख बिहीबार १४:४०

गिद्धको संख्यामा वृद्धि

गिद्धको संख्यामा वृद्धि

२०७६, ५ बैशाख बिहीबार १३:१७

आंशिक रुपमा वृद्धभत्ता हटाउने सरकारको तयारी

आंशिक रुपमा वृद्धभत्ता हटाउने सरकारको तयारी

२०७६, ६ बैशाख शुक्रबार ०८:१९

नगरपालिकाले दियो रावलको छोरालाई पाण्डेको ‘मार्कसिट’

नगरपालिकाले दियो रावलको छोरालाई पाण्डेको ‘मार्कसिट’

२०७६, ६ बैशाख शुक्रबार १३:४३

साञ्जेन र रसुवागढीको आईपीओ आजदेखि

साञ्जेन र रसुवागढीको आईपीओ आजदेखि

२०७६, ६ बैशाख शुक्रबार १३:०२

प्रभु बैंकको ‘चेतना बचत खाता’ सञ्चालनमा

प्रभु बैंकको ‘चेतना बचत खाता’ सञ्चालनमा

२०७६, ५ बैशाख बिहीबार १२:२७