नेपालगञ्ज, २४ माघ – नेपाल सरकारले घोषणा गरेको डिजिटाइजेशन अभियान अन्तर्गत प्रदेश नम्बर ५, ६ र ७ मा अप्टिकल फाइबर विछ्याउने काम सुरु भएको छ। बुधबार बिहान नेपालगञ्जबाट फाइबर बिछ्याउने कामको औपचारिक सुरुवात गरिएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोष –आरटिडिएफ) अन्तर्गत सरकारले फाइबर बिछ्याउने कामको जिम्मा स्मार्ट टेलीकमलाई दिएको थियो। सोही अुनसार स्मार्ट टेलीकम र सीसीएस (चाइना कम्युनिकेशन सर्भिस नेपाल) ले कामको थालनी गरेका हुन्।

परियोजनाको सुरुवात गर्दै स्मार्ट टेलीकमका अध्यक्ष सर्वेश जोशीले सरकारको डिजिटाइजेशन अभियान अन्तर्गत स्मार्ट टेलीकमले नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा फाइबर बिछ्याउने काम सुरु गरेको जानकारी दिए। उनले भने, ‘यसले ग्रामीण भेगमा इन्टरनेटको पहुँच र सञ्चारको विस्तारका लागि महत्वपूर्ण भूमिका खेल्नेछ।’

प्रदेश नम्बर–५ का केही जिल्ला ६ र ७ का १९ जिल्लामा फाइबर बिछ्याउने काम एक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। फाइबर बाँके बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला, अछाम, बाजुरा, बझाङ, डोटी, कैलाली, कञ्चनपुर, डढेलधुरा, बैतडी, दार्चुलाका सदरमुकाममा पुर्याइने छ। करिव २५ सय किलोमिटरमा फाइबर बिछ्याउने योजना छ।

फाइबर ओछ्याएपछि कुनै पनि निजी, सरकारी वा अन्य संस्थाहरुले यसको उपभोग गर्न सक्छन्। उनीहरुले छुट्टै लगानी गर्नु पर्दैन। निश्चित रकम तिरेपछि यही संरचनामार्फत आफ्नो सेवा विस्तार गर्न पाउनेछन्।

यो काम सक्नका लागि करिव ३ अर्ब रुपैयाँ ग्रामीण दूरसञ्चार कोषको रकम सरकारले सबसिडीका रुपमा उपलब्ध गराएको हो। फाइबर स्मार्टले २५ वर्षसम्म यसको निर्माण, सञ्चालन र व्यवस्थापन गर्नेछ। २५ वर्षपछि यो परियोजना सरकारलाई हस्तान्तरण गरिने जोशीले बताए। फाइबर निर्माण, अपरेशन र मर्मत सम्हार पनि स्मार्टले नै गर्नुपर्नेछ।

प्राधिकरणले हाल सातैवटा प्रदेशमा फाइबर बिछ्याउने कामको जिम्मा सेवा प्रदायक संस्थाहरुलाई प्रतिष्पर्धाका आधारमा दिएको छ। दुर्गम भेगमा फाइबर पुगेपछि इन्टरनेटको पहुँच र टेलीकमको सेवा विस्तारमासमेत सहयोग पुग्नेछ।

यसले गर्दा गुणस्तरमासमेत सुधार हुन्छ। यसले सरकारको डिजिटाइजेशन अभियानमा सहयोग पुग्नेछ। सरकारले इ गभरनेन्स, इ हेल्थ, इ कमर्स तथा इ एजुकशेनलगायतका विभिन्न कार्यक्रम सञ्चालन गर्न सक्नेछ। फाइबर देश विकासको मेरुदण्ड पनि हो। इन्टरनेट, टेलिफोन, टेलीभिजन तथा फोनको पहुँच र विस्तारमा यसले सहयोग गर्छ।

हाल नेपालमा मोबाइलमा सर्वसाधारणको पहुँच ४९ प्रतिशत मात्रै रहेको छ। फिक्स्ड ब्रोडब्याण्डमा ११ दशमलव २ प्रतिशत मात्रै पहुँच रहेको छ। फाइबर विस्तारले यो यो प्रतिशतलाई बढाउन सहयोग गर्नेछ।

सूचना प्रविधिलाई नयाँ नेपाल निर्माणको अभियानमा जोड्ने सरकारको घोषणालाई सहयोग गर्ने स्मार्टको मूख्य उद्देश्य रहेको अध्यक्ष जोशीको भनाई छ। फाइबर विस्तारपछि सर्वसाधारणले टेलीकमसँग सम्बन्धित सेवा सस्तो र सहज तरिकाले पाउनेछन्।

निजी क्षेत्रले लगानी नउठ्ने डरले संरचना बनाउन नचाहिरहेको अवस्थामा यसको विस्तारले सूचना प्रविधिसँग सम्बन्धित सबै पक्षमा सबैका पहुँच सहज र सुलभ बनाउनेछ।

लोकप्रिय

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

२०७६, ३१ श्रावण शुक्रबार ०७:३३

विविध घटनामा चारको मृत्यु

विविध घटनामा चारको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार १७:५५

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

समतल रात

समतल रात

२०७६, ३१ श्रावण शुक्रबार १७:२२

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

२०७६, ३१ श्रावण शुक्रबार १७:३५

नेपाल-भारत एजेन्डा पुरानै

नेपाल-भारत एजेन्डा पुरानै

२०७६, ३१ श्रावण शुक्रबार ०८:१६

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

२०७६, ३१ श्रावण शुक्रबार ११:०५

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

२०७६, ३१ श्रावण शुक्रबार १३:५७

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

२०७६, ३२ श्रावण शनिबार १४:१९

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

२०७६, ३२ श्रावण शनिबार ०७:१९

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार ०६:४३