सारा विश्व नै दोश्रो विश्वयुद्धमा होमिएको समयमा केहि भारतिय भने ब्रिटिश साम्राज्यबाट पूर्ण स्वतन्त्रताका लागि लडिरहेका थिए। सन् १९४२ को त्यही समयमा दक्षिणपूर्वी एशियामा केहि भारतियहरुले ‘आजाद हिन्द फौज’ निर्माण गरेका थिए। मुख्यगरि विश्वयुद्ध ताका ब्रिटिश साम्राज्य तर्फबाट लडेका भारतीय युद्धबन्दीहरुलाई समेटेर बनाइएको त्यो फौजको अन्तिम लक्ष्य भारतमाथिको ब्रिटिश शासनको अन्त्य गर्नु नै थियो।

सन् १९४२ मा सिंगापुरमा मोहन सिंहको नेतृत्वमा पहिलो पटक आजाद हिन्द फौजको निर्माण गरिएको थियो। जापानी सैनिकहरुले नियन्त्रणमा लिएका भारतिय सैनिकहरुलाई समेटेर आजाद हिन्द फौजको घोषणा गरिएको थियो तर जापानी नेतृत्व र आजाद हिन्द फौजको नेतृत्वविच दोश्रो विश्वयुद्धमा एशियाप्रतिको जापानको भुमिकाको विषयमा असन्तुष्टि देखिएपछि १९४२ को डिसेम्बरमा आजाद हिन्द फौज विगठनको अवस्थामा पुगेको थियो।

आजाद हिन्द फौजको गठन तयारीमै रहेको बखत मोहन सिंहले जापानी सैन्य अधिकारीहरुसँग आजाद फौजको नेतृत्व गर्न सुवासचन्द्र बोसले सक्ने बताएका थिए। बोस आफैँ पनि सैन्य शक्तिको बलमा नै भारतलाई आजाद बनाउन सकिन्छ भन्ने गर्दथे। सैन्य सहयोग खोज्दै बोसले तत्कालीन जर्मन तानाशाह हिटलरलाई पनि भेटिसकेका थिए।

आजाद हिन्द फौज विगठनको अवस्थामा पुगेपछि जापानीहरुले सन् १९४३ को जनवरीमा नै सुबास चन्द्र बोसलाई आजाद हिन्द फौजको नेतृत्व गर्न अनुरोध गरेका थिए। निरन्तर छलफल पश्चात आजाद हिन्द फौजको नेतृत्व सम्हाल्न तयार बोसले सन् १९४३ को फेब्रुवरी ८ मा जर्मनी छोडेका थिए।

जर्मनी छोडेको तिन महिनापछि अर्थात मे महिनामा बोसले जापान पुगि जापानी प्रधानमन्त्री तथा अन्य उच्च अधिकारीहरुसँग छलफल गरेका थिए र त्यसको दूइ महिना अर्थात जुलाईमा बोस सिंगापुर पुगेका थिए। सिंगापुरमा बोसले भारतको आजादीको लागि लड्न सम्पूर्ण भारतियहरुलाई आह्वान गरेका थिए।

बोसको आह्वानलाई भारतको आजादी चाहने जो कोहि भारतियहरुले नस्विकार्ने कुरै थिएन। आजाद हिन्द फौज एउटा ठुलो संख्याको सैन्य संरचना बनिसकेको थियो र आजाद हिन्द फौजले आजादीको लडाई सुरु गरिसकेको थियो। तर भारतको स्वतन्त्रता पछि भने आजाद हिन्द फौजका सैनिकहरुलाई कहिल्यै पनि सम्मान गरिएको पाइएन। सुवास चन्द्र बोसलाई सम्मान गर्ने तत्कालीन भारतीय सरकारले आजाद फौजलाई भने वेवस्ता गरेको थियो।

सुवासचन्द्र बोस नेतृत्वको आजाद हिन्द फौजको सैन्य लडाई भएको थिएन भने भारत स्वतन्त्र त्यति सजिलै हुन्थ्यो होला त? भारतको स्वतन्त्रताको लडाइमा आजाद हिन्द फौजको कुनै योगदान थिएन होला र? स्वतन्त्रताको लागि लडेका सैनिकहरुले सम्मान नपाउनुको सायद एउटै मात्र कारण थियो र त्यो हो आफ्नो नेतृत्वको गुमनामी। भारतको स्वतन्त्रतापछि सुवास चन्द्र बोसको बारेमा कसैले केहि खबर नै पाएनन् र त्यही कारण हुन सक्छ नेतृत्व हराएको फौजले कहिले सम्मान नै पाएन।

नेपालमा पनि मुख्यगरी दुई पटक राज्यविरुद्ध सैन्य विद्रोह भएको पाइन्छ भने दुबै पटकको विद्रोह तानाशाही शासनविरुद्ध थियो। राणा शासनविरुद्ध नेपाली कांग्रेसको तत्कालीन नेतृत्वले गरेको विद्रोह र तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा भएको जनयुद्ध नै आधुनिक नेपालको इतिहासको दूई ठुला सैन्य विद्रोह हुन्। दुबै विद्रोह सम्झौतामा टुङ्गिएको हो। दुबै विद्रोहमा राज्य पक्ष र विद्रोही पक्षबाट एक आपसमा क्षति भएकै थिए भने दुबै विद्रोहमा कैयौँ नेपालीले ज्यान गुमाउनुपरेको नै थियो।

युद्ध आफैमा राम्रो भने होइन। अझ मानवताको नाताले पनि कसैको ज्यान लिएर राजनीति गर्नु राम्रो पक्ष भने होइन। तर नेपालको इतिहासको यि दूई ठुला युद्ध भने रहर थिएनन् बाध्यता थिए र उद्देश्य एउटै थियो – नागरिक स्वतन्त्रता। नेपाली कांग्रेस नेतृत्वमा विद्रोह भएको थिएन भने राणाशासनको अन्त्य सम्भव थिएन र वर्तमान नेपालको अवस्था के हुने थियो त्यो कल्पना बाहिरको विषय बन्ने थियो। त्यस्तै नेकपा (माओवादी) को नेतृत्वमा जनयुद्ध भएको थिएन भने गणतन्त्र धर्मनिरपेक्षता र संघियता सम्भव थियो होला र?

नेपाली कांग्रेस नेतृत्वले मुक्ति सेनाको निर्माण गरि तत्कालीन राणा शासकविरुद्ध लडेका थिए। मुक्ति सेनाको तात्कालीन राज्यविरुद्धको अभियानमा कैयौँ नेपालीले ज्यान गुमाउन पुगे। राणाको पक्षबाट लड्नेहरु हुन् वा मुक्ति सेनाहरु, सबै नेपाली नै थिए र जो मरेपनि आखिर नेपाली नै मरिरहेका थिए। तर स्वतन्त्रताको लागि लडेको युद्धमा भावनात्मक कुराहरुले खास अर्थ राख्दैनन्। मुठ्ठीभर शासकको पक्षमा लड्नेहरुले देशभरका जनताको पक्षमा लड्नेहरुसँग हार्नु नै पर्थ्यो र त्यसै भयो पनि र अन्यायविरुद्ध न्यायको पक्षमा लड्नु नै सचेत मानिस हुनुको अर्थ पनि हो।

पक्कै पनि युद्ध अप्रिय नै हुन्छ। तर स्वतन्त्रताको लागि लडिएको युद्धहरु स्वतन्त्रता प्राप्तिपछि भने प्रिय लाग्न थाल्छन् र फलस्वरूप त्यो सबैको स्वतन्त्रताको लागि लडिएको युद्धको सम्मान गर्दै तत्कालीन राज्यपक्ष र तत्कालीन विद्रोही पक्ष दुबैले युद्धका घाउहरु बिर्सदै जानुपर्छ। राणा शासनको अन्त्यपछि मुक्ति सेनालाई सम्मान गर्दै मुक्ति सेनाको व्यवस्थापन गर्दै नेपाल प्रहरीको निर्माण भएको थियो।

आफ्नु पक्षमा लड्ने सेनालाई जनताले उच्च सम्मान गरेका थिए भने समग्र विद्रोहको नेतृत्व गरेका नेपाली कांग्रेसका तत्कालीन सभापति विपि कोइरालाले आफ्नो सेनाको उचित व्यवस्थापन गरेका थिए। जुनकुरा भारतमा आजाद हिन्द फौजको लागि सुबास चन्द्र बोसले सफलता पूर्वक पूरा गर्न सकेका थिएनन् त्यसको ठिक विपरित विपि कोइरालाले नेपालमा आफ्नो मुक्ति सेनाको उचित व्यवस्थापन गरेका थिए।

नेपाली इतिहासको पछिल्लो सबैभन्दा ठुलो र महत्वपूर्ण फौजी विद्रोह भनेको जनयुद्ध हो। नेकपा (माओवादी) को नेतृत्वमा भएको जनयुद्ध नामले फरक थियो तर कामले भने विपिको विद्रोह र बोसको विद्रोह जस्तै थियो। जनयुद्ध पनि एउटा सहमतिमा नै आएर टूंगीएको थियो भने जनयुद्धका पक्षमा लडेका जनसेनाहरूको पनि आवश्यक र उचित नभएतापनि केहि हदसम्मको व्यवस्थापन भइसकेको नै छ।

मुक्ति सेनाको जस्तै उचित सम्मान नपाएतापनि जनसेनाले भने आजाद हिन्द फौजको जस्तै नियति भन्ने पक्कै भोग्नु परेन। जनयुद्धका क्रममा विद्रोही पक्षका सर्वोच्च कमाण्डर प्रचण्ड जनसेना व्यवस्थापन र जनयुद्धको सम्मानको लागि भने आंशिक सफल मात्र भएका छन्।

तीनवटै विद्रोह स्वतन्त्रता न्याय र जनतालाई आधिकार प्रदान गर्नैको लागि भएको थियो। तिनै विद्रोहमा त्कालीन राज्य पक्ष नामले फरक थियो तर कामले एउटै थियो। तीन वटैको उद्देश्य मुठ्ठीभर शासकहरुले जनताको अधिकार खोस्ने र जनतामाथि राज गरिरहने थियो। न्यूनतम आवश्यकता र अधिकारबाट पनि जनतालाई बञ्चित गर्दै जनतालाई बाच्नै गाह्रो बनाउने र आफ्नो राज कायम राखिरहने तिनै शासक प्रव्रित्ति थियो।

भारतीय स्वतन्त्रता योद्धा सुबासचन्द्र बोसले भनेजस्तै यि शासकहरूको अन्त्य वार्ता र छलफलबाट सम्भव थिएन तर अन्त्य भने जरूरी थियो। र फलस्वरूप सबैको अन्त्य युद्धको मोर्चाको शुरुवात पश्चात नै सम्भव भएको थियो।

राणा शासनविरुद्धको लडाईपछि मुक्ति सेनाको व्यवस्थापन तात्कालीन विद्रोही नेतामाथि जनताले विश्वास नगरेको भए के आजको नेपाल सम्भव थियो? जनताको साथ र सहयोग नभएको भए जुनसुकै अवस्थामा पनि राणाहरु शासन फेरी हत्याउन सक्ने थिएनन् र? शासकको विश्वासपात्रको रुपमा रही जनतामाथि राज गर्न चाहने उद्देश्य बोकेकाहरुले स्वतन्त्रताको आन्दोलनलाई जहिले पनि गलत देखिरहन्छन् र जनताको प्राप्त अधिकारलाई फर्काउने अनेक जाल गरिरहेको हुन्छन्।

जनयुद्धको सफलतासँगै राजसंस्थाको अन्त्य भएपछि राजसंस्थाको नाममा नेपाली जनतामाथि राज गरिरहेका केहि व्यक्ति र प्रव्रित्तिहरु दुःखी र चिन्तित हुन स्वाभाविक नै थियो। विशेषगरि विदेशी र पश्चिमा राष्ट्रहरु बाट सहयोग लिने र नेपालमा निरन्तर द्वन्द्वको सपना देखिरहेका मनहरुलाई नेपालको वर्तमान राज्यव्यवस्था मन पर्दैन नै। उनिहरु नेपालमा अर्को द्वन्द्व स्थापनाको लागि हरबखत लागीपरिरहेको हुन्छन्।

माओवादी जनयुद्ध एउटा महत्वपूर्ण इतिहास भइसकेको विषय हो। तत्कालीन विद्रोही पक्ष वा तत्कालीन राज्य पक्ष दुबैबाट कैयौँ कमजोरी र कैयौँ गल्ती हुदाँ धेरै नेपालीले ज्यान गुमाएको सत्य सबैको अगाडि नै छ। तर के अब एक अर्कामाथि आरोप प्रत्यारोप गर्दैमा युद्धका घाउहरु मेटिन्छन् त? वेपत्ता नागरिहरु फिर्ता हुन्छन् त? नेपालको आजको आवश्यकता युद्धको घाउ बिर्सिएर अगाडि बढ्ने हो या इतिहास बनिसकेको युद्धलाई विवाद बनाएर राज्यलाई कमजोर बनाइरहने?

नेपालमा स्थायि द्वन्द्व चाहने र विदेशी सहयोग लिएर आफुँ र आफ्नो परिवार सम्पन्न पार्ने मुठ्ठीभर शासकको गुलामी गर्दै सम्पूर्ण देशलाई नै गुलाम बनाउन चाहने उद्देश्य हुनेहरुले युद्धको घाउहरु कोट्याइरहन्छन। युद्धमा रमाउनेहरुको यस्तो प्रवृत्तिलाई अगाडि आउन नदिने मुख्य जिम्मेवारी तात्कालीन विद्रोही नेताको हुने गर्दछ।

नेपालमा विपि कोइरालाले एकहदसम्म सफलता प्राप्त गरेतापनि पूर्ण सफलता प्राप्त गर्न नसक्दा नेपाली जनताले राणा शासकहरुबाट खोसेको अधिकार पंचायतलाई बुझाउनु परेको थियो। नेकपा (माओवादी) नेतृत्वको जनयुद्धको घाउहरु कोट्याइरहने हो भने एक दिन नेपाली जनताले पाएको गणतन्त्र धर्मनिरपेक्षता र संघियता जस्ता ठुला उपलब्धि फेरी खोसिन सक्नेछन्।

माओवादी जनयुद्ध ताकाका अनेकौ मुद्धाहरुलाई फेरी कोट्याउदै स्वतन्त्रताका लागि लडेका योद्धाहरुलाई आतंककारीको रुपमा देखाउन अनेक प्रयास गर्नेहरूको विरुद्धमा युद्ध पीडितहरु नै एक नहुने हो भने नेपालले गणतन्त्र संघियता र धर्मनिरपेक्षता मात्र गुमाउन पर्दैन, नेपाली जनताले विकास र समृद्धिको सपना पनि गुमाउदै अर्को पुस्तालाई पनि स्वतन्त्रताको लागि नै लड्नुपर्ने बाध्यकारी अवस्थाको निर्माण हुनेछ।

जनताको अधिकार र देशको भविष्य र प्राप्त उपलब्धि फेरी मुठ्ठीभर साशकहरूको हातमा पर्न नदिन सम्पूर्ण युद्ध पिडीत नेपालीहरु युद्धलाई बिर्सदै एक भएर उभिन जरूरी छ र यसो गरेमा मात्र आफुँले युद्धमा गुमाएका परिवारजनहरुप्रति साँचो श्रद्धाञ्जली हुनेछ।

सौरभ आचार्य सौरभ आचार्य
राजनिती, समसामयिक बिषय र खेलकुदमा बिशेष चासो राख्ने सौरभ नेपाली पब्लिक डट कमका नियमीत लेखक हुन्।

लोकप्रिय

आइतबार दिनभरका प्रमुख खबरहरु – छुटाउनु भयो कि ?

आइतबार दिनभरका प्रमुख खबरहरु – छुटाउनु भयो कि ?

२०७६, ४ फाल्गुन आईतवार २०:१६

सन्धीअनुसार पानी दिन आलटाल

सन्धीअनुसार पानी दिन आलटाल

२०७६, ३ फाल्गुन शनिबार १७:४५

मछिन्द्र क्लबले जित्याे ए डिभिजन लिगकाे उपाधि

मछिन्द्र क्लबले जित्याे ए डिभिजन लिगकाे उपाधि

२०७६, ३ फाल्गुन शनिबार १५:४२

भ्रमण वर्षलाई लक्षित गरी सङ्ग्रहालय

भ्रमण वर्षलाई लक्षित गरी सङ्ग्रहालय

२०७६, ३ फाल्गुन शनिबार १७:४१

फिल्मफेयर २०२०ः रणवीरले पाए उत्कृष्ट अभिनेताको उपाधि

फिल्मफेयर २०२०ः रणवीरले पाए उत्कृष्ट अभिनेताको उपाधि

२०७६, ४ फाल्गुन आईतवार १३:०७

स्यानिटरी प्याडः अहिले निःशुल्क, पछि के होला?

स्यानिटरी प्याडः अहिले निःशुल्क, पछि के होला?

२०७६, ३ फाल्गुन शनिबार १७:४०

आइपीएलको खेल तालिका सार्वजनिक, सन्दीप आबद्ध दिल्लीको खेल कहिले? (तालिका)

आइपीएलको खेल तालिका सार्वजनिक, सन्दीप आबद्ध दिल्लीको खेल कहिले? (तालिका)

२०७६, ४ फाल्गुन आईतवार १०:२०

महराविरुद्धको सुनुवाइ सकियो, फैसला सोमबार सुनाइने

महराविरुद्धको सुनुवाइ सकियो, फैसला सोमबार सुनाइने

२०७६, ४ फाल्गुन आईतवार १७:५६

वुहानबाट १७५ नेपालीको उद्धार, १० जना चीनमै रोकिए

वुहानबाट १७५ नेपालीको उद्धार, १० जना चीनमै रोकिए

२०७६, ३ फाल्गुन शनिबार २२:५९

त्रिभुवन आर्मी भर्सेस मछिन्द्र क्लब (लाइभ)

त्रिभुवन आर्मी भर्सेस मछिन्द्र क्लब (लाइभ)

२०७६, ३ फाल्गुन शनिबार १३:५१

त्रिभुवन आर्मीविरूद्ध मछिन्द्रकाे सुरूवाती अग्रता (लाइभ)

त्रिभुवन आर्मीविरूद्ध मछिन्द्रकाे सुरूवाती अग्रता (लाइभ)

२०७६, ३ फाल्गुन शनिबार १४:२४

टी–२० सिरीजकाे निर्णायक खेलमा भिड्दै इंल्याण्ड र दक्षिण अफ्रिका, कसले मार्ला बाजी?

टी–२० सिरीजकाे निर्णायक खेलमा भिड्दै इंल्याण्ड र दक्षिण अफ्रिका, कसले…

२०७६, ४ फाल्गुन आईतवार ११:०३

बेलायतका सेनाप्रमुख नेपाल भ्रमणमा

बेलायतका सेनाप्रमुख नेपाल भ्रमणमा

२०७६, ४ फाल्गुन आईतवार ११:२६

सरकार विरुद्ध ने.वि. संघ पर्सा सडकमा

सरकार विरुद्ध ने.वि. संघ पर्सा सडकमा

२०७६, ३ फाल्गुन शनिबार २०:२२

वैवाहिक बन्धनमा बाँधिइन् फिल्म ‘कबड्डी’ की अभिनेत्री रिश्मा

वैवाहिक बन्धनमा बाँधिइन् फिल्म ‘कबड्डी’ की अभिनेत्री रिश्मा

२०७६, ३ फाल्गुन शनिबार १४:३५