एजेन्सी– बलिउड तथा साउथ फिल्मकी चर्चित अभिनेत्री श्रुति हसनको ३४ औं जन्मदिनको अवसरका उनका जीवनमा जोडिएका केही तथ्यहरु बाहिरिएका छन्।

सन् १९८६ मा चेन्नईमा जन्मिएकी हसन साउथका सुपरस्टार कमल हसनकी छोरी हुन्। मुम्बईको एन्ड्रुज कलेजमा साइकोलोजीकी विद्यार्थी श्रुतिले क्यालिफोर्नियामा संगित पनि सिकेकी थिइन्। फिल्ममा आउनुअघि मोडलिङ गरेकी हसन गायिका र संगितकार पनि हुन्।

उनले आफ्नाे पिताको फिल्म ‘थेवार मगन’ मा ६ वर्षको कलिलो उमेरमै गीत गाएकी थिइन्। दोस्रो गीत पनि उनले पिता कमल हसनको फिल्म ‘चाची ४२०’ मा गाएकी थिइन्। उनले मल्लिका शेरावत स्टारर फिल्म ‘हिस्स’ को लागि गीत लेखेकी थिइन्। फिल्म ‘लक’ बाट बलिउडमा डेब्यु गरेकी श्रुतिले सोनु सुद स्टारर फिल्म ‘रमैया वस्तावैया’ मा पनि भूमिका निभाएकी थिइन्। यसैगरी उनले अक्षय कुमारको फिल्म ‘गब्बर इज ब्याक’ पनि मुख्य भूमिका निभाएकी थिइन्।

उनले लक्ष्मी प्रसन्नाको शोमा आफ्नो रक्सीको लतको बारेमा खुलेर बताएकी थिइन्। उनलाई एक समय ह्विस्कीको लत लागेको थियो। अल्कोहोलिक भएको कारण उनको करियरको ग्राफ इफेक्ट पनि कम हुन थाल्यो। उनको रक्सीको नसा यतिसम्म भयो कि उनले फिल्मबाट नै ब्रेक लिइन्। केही समयपछि उनले रक्सी पिउन छोडेको पनि बताइन्। यद्यपि, उनी बिरामी परिन्। डाक्टरले उनलाई रक्सीको कारण विरामी परेको बताए। त्यसपछि विस्तारै उनले फिल्ममा काम गर्न छोडिन्।

उनले फिल्म बाहेक विज्ञापन पनि गरेकी छिन्। उनको कुनै समय तामिल स्टार सिद्धार्थसँग नाम जोडिएको थियो। उनको रजनीकान्तको ज्वाँईसँग पनि नाम जोडिएको थियो। उनी यतिबेला फिल्म क्षेत्रबाट टाढा छिन्।

लोकप्रिय

आइतबार दिनभरका प्रमुख खबरहरु – छुटाउनु भयो कि ?

आइतबार दिनभरका प्रमुख खबरहरु – छुटाउनु भयो कि ?

२०७६, ४ फाल्गुन आईतवार २०:१६

सन्धीअनुसार पानी दिन आलटाल

सन्धीअनुसार पानी दिन आलटाल

२०७६, ३ फाल्गुन शनिबार १७:४५

मछिन्द्र क्लबले जित्याे ए डिभिजन लिगकाे उपाधि

मछिन्द्र क्लबले जित्याे ए डिभिजन लिगकाे उपाधि

२०७६, ३ फाल्गुन शनिबार १५:४२

भ्रमण वर्षलाई लक्षित गरी सङ्ग्रहालय

भ्रमण वर्षलाई लक्षित गरी सङ्ग्रहालय

२०७६, ३ फाल्गुन शनिबार १७:४१

फिल्मफेयर २०२०ः रणवीरले पाए उत्कृष्ट अभिनेताको उपाधि

फिल्मफेयर २०२०ः रणवीरले पाए उत्कृष्ट अभिनेताको उपाधि

२०७६, ४ फाल्गुन आईतवार १३:०७

स्यानिटरी प्याडः अहिले निःशुल्क, पछि के होला?

स्यानिटरी प्याडः अहिले निःशुल्क, पछि के होला?

२०७६, ३ फाल्गुन शनिबार १७:४०

आइपीएलको खेल तालिका सार्वजनिक, सन्दीप आबद्ध दिल्लीको खेल कहिले? (तालिका)

आइपीएलको खेल तालिका सार्वजनिक, सन्दीप आबद्ध दिल्लीको खेल कहिले? (तालिका)

२०७६, ४ फाल्गुन आईतवार १०:२०

महराविरुद्धको सुनुवाइ सकियो, फैसला सोमबार सुनाइने

महराविरुद्धको सुनुवाइ सकियो, फैसला सोमबार सुनाइने

२०७६, ४ फाल्गुन आईतवार १७:५६

वुहानबाट १७५ नेपालीको उद्धार, १० जना चीनमै रोकिए

वुहानबाट १७५ नेपालीको उद्धार, १० जना चीनमै रोकिए

२०७६, ३ फाल्गुन शनिबार २२:५९

त्रिभुवन आर्मी भर्सेस मछिन्द्र क्लब (लाइभ)

त्रिभुवन आर्मी भर्सेस मछिन्द्र क्लब (लाइभ)

२०७६, ३ फाल्गुन शनिबार १३:५१

त्रिभुवन आर्मीविरूद्ध मछिन्द्रकाे सुरूवाती अग्रता (लाइभ)

त्रिभुवन आर्मीविरूद्ध मछिन्द्रकाे सुरूवाती अग्रता (लाइभ)

२०७६, ३ फाल्गुन शनिबार १४:२४

हजार रुपियाँको लगानी दस वर्षमा करोडपति

हजार रुपियाँको लगानी दस वर्षमा करोडपति

२०७६, ५ फाल्गुन सोमबार ०७:१९

टी–२० सिरीजकाे निर्णायक खेलमा भिड्दै इंल्याण्ड र दक्षिण अफ्रिका, कसले मार्ला बाजी?

टी–२० सिरीजकाे निर्णायक खेलमा भिड्दै इंल्याण्ड र दक्षिण अफ्रिका, कसले…

२०७६, ४ फाल्गुन आईतवार ११:०३

बेलायतका सेनाप्रमुख नेपाल भ्रमणमा

बेलायतका सेनाप्रमुख नेपाल भ्रमणमा

२०७६, ४ फाल्गुन आईतवार ११:२६

सरकार विरुद्ध ने.वि. संघ पर्सा सडकमा

सरकार विरुद्ध ने.वि. संघ पर्सा सडकमा

२०७६, ३ फाल्गुन शनिबार २०:२२