१.राष्ट्रियसभाको बैठकमा तीन विधेयक पेश  

राष्ट्रियसभाको आजको बैठकमा तीन विधेयक पेश भएका छन्। बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री  भानुभक्त ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक, २०७६ र भ्रष्टाचार  निवारण   पहिलो  संशोधन  विधेयक, २०७६ तथा शिक्षा,  विज्ञान  तथा  प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ पेश गरेका छन्।

२.एमसीसी र थुप्रै विधेयक पारित गर्नुछ : प्रधानमन्त्री ओली 

प्रधानमन्त्री केपी शर्मा ओलीले  सभामुख अग्निप्रसाद सापकोटालाई  बधाइ दिएका छन्। मंगलबार (आज) प्रतिनिधिसभा संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नियमसंगत ढंगले संसद अघि बढाउन सफलता मिलोस् भन्दै सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिएका हुन्।बधाइ दिदैँ उनले भने प्रधानमन्त्री भने ‘कार्यकाल सफल रहोस्।

३.विद्युत् महसुल दरमा परिवर्तन हुँदै, १० युनिटसम्म निःशुल्क 

नेपाल विद्युत् प्राधिकरणले हाल कार्यान्वयनमा रहेको विद्युत् महसुल दरमा परिवर्तन गरेको छ। प्राधिकरण सञ्चालक समितिको आइतबार बसेको बैठकले नयाँ दर स्वीकृत गर्दै विद्युत् नियमन आयोगमा स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेको छ। प्राधिकरणले यसका लागि मङ्गलबार विद्युत् नियमन आयोगमा प्रस्ताव पठाउँदैछ।

४.दुईवटा ट्रक एकआपसमा ठोक्किँदा १२ जना घाइते 

रूपन्देहीमा ट्रक दुर्घटना हुदाँ १२ जना घाइते भएका छन्। भैरहवा–परासी सडक खण्डअन्तर्गत रूपन्देहीको रोहिणी गाउँपालिकाको सेमरहवामा मंगलबार बिहान दुई ट्रक आपसमा ठोक्किँदा १२ जना घाइते भएका हुन्।प्रहरीको अनुसार घाइते १२ मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ। दुर्घटनाका गम्भीर घाइते सबैको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र अन्य घाइतेको भीम अस्पतालमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका इन्स्पेक्टर केशव ज्ञवालीले जनाए।

५.चार हजार धरौटीमा गायिका आस्था राउत रिहा 

एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको अभियोगमा सोमबारदेखि हिरासतमा रहेकी गायिका आस्था राउतलाई धरौटीमा छाड्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आदेश दिएको छ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएका हुन्।

६.ई-सेवाद्वारा २३ पदका लागि कर्मचारी माग 

 नेपालको पहिलो अनलाइन भुक्तानी माध्यम ई-सेवाले कर्मचारी भर्नाका लागि दर्खास्त खुल्ला गरेको छ। कम्पनीले विभिन्न २३ पदका लागि कर्मचारी र चार पदका लागि नयाँ इन्टर्नको माग गरेको हो। शकम्पनीले सिनियर एन्ड्रोइड डेभलपर, मिड लेभल आईओएस डेभलपर, ग्यामबास प्रोग्रामर, भिजुअल बेसिक प्रोग्रामर, जुनियर सफ्टवेयर इन्जिनियर फ्रन्टेड, सिनियर अपरेसन अफिसर, डक्युमेन्टेसन अफिसर, डिजिटल मार्केटिङ अफिसर तथा फ्रन्ट डेस्क अफिसरका लागि १ / १ जना कर्मचारीको माग गरेको छ।

७.आईपिएलः धोनी, बिराट र रोहितलाई एउटै टिमबाट खेलाउने बिसिसिआईको योजना 

भारतीय टीमका कप्तान विराट कोहली र पूर्व कप्तान महेन्द्र सिंह धोनी एउटै टिमबाट खेल्ने भएका छन्। भारतीय क्रिकेट कंट्रोल बोर्ड (बिसिसिआई) र इंडियन प्रीमियर लिग (आईपिएल) कमिटीले यस्तो तयारी गरिरहेको छ।यो खेल आइपीएलभन्दा तीन दिन अघि हुनसक्छ, जसको तयारी बीसीसीआइले गरेको छ। आइपीएल २०२० को पहिला खेल २९ मार्च मा हुने तय भएको छ।

८.चालकको गल्तीका कारण विमान इरानको सडकमा अवतरण 

त्रुटिपूर्ण ढङ्गले गरिएको अवतरणपछि इरानमा एउटा यात्रुवाहक विमान राजमार्गको बीचमा रोकिएको छ। दक्षिण पश्चिम महसार शहरमा भएको उक्त दुर्घटनामा विमानमा सवार १३५ यात्रु भने सकुशल रहेको जनाइएको छ।उक्त विमान तेहरानबाट उडेको थियो। अवतरणका क्रममा विमानको पाङ्ग्रा पुरै बाहिर निस्कन नसकेको बताइन्छ। राजमार्गमा पुगेको विमानबाट यात्रुहरूका बाहिर निस्किरहेका तस्बिर र भिडिओहरू सामाजिक सञ्जालमा राखिएका छन्।

९.रक्सीले बिगार्याे यि अभिनेत्रीको करियर 

बलिउड तथा साउथ फिल्मकी चर्चित अभिनेत्री श्रुति हसनको ३४ औं जन्मदिनको अवसरका उनका जीवनमा जोडिएका केही तथ्यहरु बाहिरिएका छन्। सन् १९८६ मा चेन्नईमा जन्मिएकी हसन साउथका सुपरस्टार कमल हसनकी छोरी हुन्। मुम्बईको एन्ड्रुज कलेजमा साइकोलोजीकी विद्यार्थी श्रुतिले क्यालिफोर्नियामा संगित पनि सिकेकी थिइन्। फिल्ममा आउनुअघि मोडलिङ गरेकी हसन गायिका र संगितकार पनि हुन्।

१०.चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १सय ६ पुग्यो, ४ हजार संक्रमित 

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ६ पुगेको छ भने ४ हजार जना संक्रमित भएका छन्।  जसमध्ये ५ सय जनाको अवस्था गम्भीर रहेकाे पाइएकाे छ। त्यस्तै भाइरसका कारण बेइजिङमा एक जनाको मृत्यु  भएको छ। यसको संक्रमण रोक्ने प्रयासका लागि १० लाख भन्दा बढी स्वास्थ्यकर्मी खटिएका छन्।

लोकप्रिय

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, २ फाल्गुन शुक्रबार १९:५८

सन्धीअनुसार पानी दिन आलटाल

सन्धीअनुसार पानी दिन आलटाल

२०७६, ३ फाल्गुन शनिबार १७:४५

आइतबार दिनभरका प्रमुख खबरहरु – छुटाउनु भयो कि ?

आइतबार दिनभरका प्रमुख खबरहरु – छुटाउनु भयो कि ?

२०७६, ४ फाल्गुन आईतवार २०:१६

मछिन्द्र क्लबले जित्याे ए डिभिजन लिगकाे उपाधि

मछिन्द्र क्लबले जित्याे ए डिभिजन लिगकाे उपाधि

२०७६, ३ फाल्गुन शनिबार १५:४२

भ्रमण वर्षलाई लक्षित गरी सङ्ग्रहालय

भ्रमण वर्षलाई लक्षित गरी सङ्ग्रहालय

२०७६, ३ फाल्गुन शनिबार १७:४१

फिल्मफेयर २०२०ः रणवीरले पाए उत्कृष्ट अभिनेताको उपाधि

फिल्मफेयर २०२०ः रणवीरले पाए उत्कृष्ट अभिनेताको उपाधि

२०७६, ४ फाल्गुन आईतवार १३:०७

स्यानिटरी प्याडः अहिले निःशुल्क, पछि के होला?

स्यानिटरी प्याडः अहिले निःशुल्क, पछि के होला?

२०७६, ३ फाल्गुन शनिबार १७:४०

महराविरुद्धको सुनुवाइ सकियो, फैसला सोमबार सुनाइने

महराविरुद्धको सुनुवाइ सकियो, फैसला सोमबार सुनाइने

२०७६, ४ फाल्गुन आईतवार १७:५६

वुहानबाट १७५ नेपालीको उद्धार, १० जना चीनमै रोकिए

वुहानबाट १७५ नेपालीको उद्धार, १० जना चीनमै रोकिए

२०७६, ३ फाल्गुन शनिबार २२:५९

त्रिभुवन आर्मी भर्सेस मछिन्द्र क्लब (लाइभ)

त्रिभुवन आर्मी भर्सेस मछिन्द्र क्लब (लाइभ)

२०७६, ३ फाल्गुन शनिबार १३:५१

आइपीएलको खेल तालिका सार्वजनिक, सन्दीप आबद्ध दिल्लीको खेल कहिले? (तालिका)

आइपीएलको खेल तालिका सार्वजनिक, सन्दीप आबद्ध दिल्लीको खेल कहिले? (तालिका)

२०७६, ४ फाल्गुन आईतवार १०:२०

त्रिभुवन आर्मीविरूद्ध मछिन्द्रकाे सुरूवाती अग्रता (लाइभ)

त्रिभुवन आर्मीविरूद्ध मछिन्द्रकाे सुरूवाती अग्रता (लाइभ)

२०७६, ३ फाल्गुन शनिबार १४:२४

खस आर्य सङ्ग्रहालय पोखरामा बन्ने

खस आर्य सङ्ग्रहालय पोखरामा बन्ने

२०७६, २ फाल्गुन शुक्रबार ०८:३३

टी–२० सिरीजकाे निर्णायक खेलमा भिड्दै इंल्याण्ड र दक्षिण अफ्रिका, कसले मार्ला बाजी?

टी–२० सिरीजकाे निर्णायक खेलमा भिड्दै इंल्याण्ड र दक्षिण अफ्रिका, कसले…

२०७६, ४ फाल्गुन आईतवार ११:०३

बेलायतका सेनाप्रमुख नेपाल भ्रमणमा

बेलायतका सेनाप्रमुख नेपाल भ्रमणमा

२०७६, ४ फाल्गुन आईतवार ११:२६