काठमाडौं–  धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.५२ अङ्कले बढेर एक हजार ३०६.१५ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक भने झिनो अङ्कले गिरावट आएको छ। सेन्सेटिभ परिसूचक ०.४८ अङ्कले घटेर २७८.६७ मा पुगेको छ।

आज कुल १७८ कम्पनीका ३७ लाख ३९ हजार ३९७ कित्ता शेयर रु १ अर्ब ४० करोड ४ लाख ७६ हजार ८०५ मा खरिदबिक्री भयो। कारोबार भएका कुल १२ मध्ये ४ उपसमूहको शेयर ओरालो लाग्यो भने ८ उपसमूहको शेयर उकालो लागेको छ।

बैंकिङ १.१२ अङ्कले घट्दा व्यापार २३.५६, होटल ३९.४२ र जलविद्युत् उपसमूहको शेयर ८.२१ अङ्कले घटेको छ भने विकास बैङ्क ०.१, वित्त ०.५७, निर्जीवन बीमा १४१.३३, उत्पादन ४.४३, अन्य ४.०४, लघुवित्त ४२.५८, जीवन बीमा १५९.२८ र सामूहिक लगानी कोषको शेयर ०.१ अङ्कले बढेको छ।

कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रह्यो। सो बैंकको शेयर रु ९ करोड ९५ लाख ८५ हजार ३०६ मा खरिदबिक्री भयो। यस्तै नेपाल लाइफ इन्स्योरेन्सको रु ६ करोड ९९ लाख ११ हजार ४, नेको इस्योरेन्स कम्पनीको रु ४ करोड ६१ लाख ९ हजार ३८५, नेपाल बैंकको रु ४ करोड ५६ लाख ५६ हजार ६, नागरिक लगानी कोषको रु ४ करोड ४७ लाख ९३ हजार ७४२ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको शेयर रु ४ करोड २५ लाख ८४ हजार ७८ मा खरिदबिक्री भई शीर्ष स्थानमा रह्यो।

आज सबैभन्दा बढी शिखर इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन्। शिखरका लगानीकर्ताले ८ प्रतिशतले कमाए। यस्तै नेडेप लघुवित्त वित्तीय संस्था ६.६२, नागरिक लगानी कोष ६.०२, एभरेष्ट इस्योरेन्स ५.८१, स्वाभिमान लघुवित्त वित्तीय संस्था ४.९५, समृद्धि फाइनान्स कम्पनी ४.८५ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयरधनीले ४.७७ प्रतिशतले कमाएकाे छ।

स्टकका अनुसार गुह्वेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सका शेयरधनीले आज सबैभन्दा बढी ४.३४ प्रतिशतले गुमाए। यस्तै रसुवागढी हाइड्रोपावर ४.०४, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ३.२९, साल्ट ट्रेडिङ कर्पोरेशन ३.१७, साञ्जेन जलविद्युत् कम्पनी ३.०४ र सिन्धु विकास बैंकका लगानीकताले ३.०३ प्रतिशतले गुमाएका छन्।

लोकप्रिय

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, २ फाल्गुन शुक्रबार १९:५८

सन्धीअनुसार पानी दिन आलटाल

सन्धीअनुसार पानी दिन आलटाल

२०७६, ३ फाल्गुन शनिबार १७:४५

आइतबार दिनभरका प्रमुख खबरहरु – छुटाउनु भयो कि ?

आइतबार दिनभरका प्रमुख खबरहरु – छुटाउनु भयो कि ?

२०७६, ४ फाल्गुन आईतवार २०:१६

मछिन्द्र क्लबले जित्याे ए डिभिजन लिगकाे उपाधि

मछिन्द्र क्लबले जित्याे ए डिभिजन लिगकाे उपाधि

२०७६, ३ फाल्गुन शनिबार १५:४२

भ्रमण वर्षलाई लक्षित गरी सङ्ग्रहालय

भ्रमण वर्षलाई लक्षित गरी सङ्ग्रहालय

२०७६, ३ फाल्गुन शनिबार १७:४१

फिल्मफेयर २०२०ः रणवीरले पाए उत्कृष्ट अभिनेताको उपाधि

फिल्मफेयर २०२०ः रणवीरले पाए उत्कृष्ट अभिनेताको उपाधि

२०७६, ४ फाल्गुन आईतवार १३:०७

स्यानिटरी प्याडः अहिले निःशुल्क, पछि के होला?

स्यानिटरी प्याडः अहिले निःशुल्क, पछि के होला?

२०७६, ३ फाल्गुन शनिबार १७:४०

महराविरुद्धको सुनुवाइ सकियो, फैसला सोमबार सुनाइने

महराविरुद्धको सुनुवाइ सकियो, फैसला सोमबार सुनाइने

२०७६, ४ फाल्गुन आईतवार १७:५६

वुहानबाट १७५ नेपालीको उद्धार, १० जना चीनमै रोकिए

वुहानबाट १७५ नेपालीको उद्धार, १० जना चीनमै रोकिए

२०७६, ३ फाल्गुन शनिबार २२:५९

त्रिभुवन आर्मी भर्सेस मछिन्द्र क्लब (लाइभ)

त्रिभुवन आर्मी भर्सेस मछिन्द्र क्लब (लाइभ)

२०७६, ३ फाल्गुन शनिबार १३:५१

आइपीएलको खेल तालिका सार्वजनिक, सन्दीप आबद्ध दिल्लीको खेल कहिले? (तालिका)

आइपीएलको खेल तालिका सार्वजनिक, सन्दीप आबद्ध दिल्लीको खेल कहिले? (तालिका)

२०७६, ४ फाल्गुन आईतवार १०:२०

त्रिभुवन आर्मीविरूद्ध मछिन्द्रकाे सुरूवाती अग्रता (लाइभ)

त्रिभुवन आर्मीविरूद्ध मछिन्द्रकाे सुरूवाती अग्रता (लाइभ)

२०७६, ३ फाल्गुन शनिबार १४:२४

खस आर्य सङ्ग्रहालय पोखरामा बन्ने

खस आर्य सङ्ग्रहालय पोखरामा बन्ने

२०७६, २ फाल्गुन शुक्रबार ०८:३३

टी–२० सिरीजकाे निर्णायक खेलमा भिड्दै इंल्याण्ड र दक्षिण अफ्रिका, कसले मार्ला बाजी?

टी–२० सिरीजकाे निर्णायक खेलमा भिड्दै इंल्याण्ड र दक्षिण अफ्रिका, कसले…

२०७६, ४ फाल्गुन आईतवार ११:०३

बेलायतका सेनाप्रमुख नेपाल भ्रमणमा

बेलायतका सेनाप्रमुख नेपाल भ्रमणमा

२०७६, ४ फाल्गुन आईतवार ११:२६