एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व क्षेत्रको शान्ति स्थापनार्थ आफ्नो बहुप्रतीक्षित योजना सार्वजनिक गरेका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई साथमा राखेर ट्रम्पले आफ्नो मध्यपूर्व शान्ति योजना सार्वजनिक गरेका हुन्।

इजरायल र प्यालेस्टाइनबीचको जारी द्वन्द्व समाधानका निम्ति घोषणा गरिएको शान्ति योजनामा जेरुसेलमलाई इजरायलको अविभाजित राजधानीका रूपमा निरन्तरता दिइने उल्लेख छ। त्यस्तै, स्वतन्त्र प्यालेस्टाइन राज्य तथा वेस्ट व्यांक बसोबासमाथि इजरायलको सार्वभौमिकता पनि ट्रम्पले प्रस्ताव गरेका छन्।

योजना घोषणा गर्दै ट्रम्पले प्यालेस्टाइनीहरूका निम्ति यो अन्तिम मौका भएको टिप्पणी गरेका छन्।

प्यालेस्टाइनीहरूको स्वतन्त्र राज्य स्थापना गर्ने सपना सार्थक पार्ने ऐतिहासिक अवसर पछिल्लो योजनाले सिर्जना गरेको मत ट्रम्पको छ। ‘७० वर्षदेखि द्वन्द्वमा फसेका उनीहरूका निम्ति यो अन्तिम अवसर हुनसक्छ,’ ट्रम्पले भनेका छन्।

इजरायल र प्यालेस्टाइनबीच लामो समयदेखि द्वन्द्व छ। यही द्वन्द्व समाधानका निम्ति ट्रम्पले आफ्नो मध्यपूर्वको योजना सार्वजनिक गरेका हुन्। यो योजनाको मस्यौदा ट्रम्पका ज्वाइँ र वरिष्ठ सल्लाहकारको अग्रसरतामा तयार पारिएको समाचारहरुमा उल्लेख छ।

ट्रम्पले प्यालेस्टाइनीको अनुपस्थितिमै इजरायली प्रधानमन्त्रीलाई साक्षी राखेर योजना सार्वजनिक गरेका हुन्। जारी योजनाप्रति प्यालेस्टाइनले असन्तुष्टि जनाएको छ। प्यालेस्टाइनी प्रधानमन्त्री महमुद अब्बासले ट्रम्पको घोषणालाई षड्यन्त्र भन्दै अस्वीकार गरिदिएका छन्।

‘जेरुसेलम र हाम्रा अधिकार बिक्रीमा छैनन्। त्यसमा लेनदेन पनि हुँदैन,’ टेलिभिजनमार्फत सम्बोधन गर्दे अब्बासले भनेका छन्। उनले ट्रम्पले शान्ति योजनाका नाममा षड्यन्त्र गर्न लागे पनि त्यो सफल हुन नदिने बताएका छन्।

यद्यपि, साउदी अरब र इजिप्टले ट्रम्पको योजनाको स्वागत गरेका छन्।

लोकप्रिय

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, १६ फाल्गुन शुक्रबार २०:००

बिहीबार दिनभरका प्रमुख खबरहरू- छुटाउनु भयाे कि?

बिहीबार दिनभरका प्रमुख खबरहरू- छुटाउनु भयाे कि?

२०७६, १५ फाल्गुन बिहीबार २०:०४

पेट्रोलियम पदार्थमा कर नलगाउन नेविसङ्घको आग्रह

पेट्रोलियम पदार्थमा कर नलगाउन नेविसङ्घको आग्रह

२०७६, १६ फाल्गुन शुक्रबार १९:२८

थाइल्याण्डमा नेपाली टाेलीकाे अन्तिम तयारी, प्रशिक्षक भन्छन्, ‘उपाधि हामीले नै जित्छौँ’

थाइल्याण्डमा नेपाली टाेलीकाे अन्तिम तयारी, प्रशिक्षक भन्छन्, ‘उपाधि हामीले नै…

२०७६, १६ फाल्गुन शुक्रबार १७:२६

कुवेतलाई फराकिलाे अन्तरले हराउँदै युएइले जित्यो एसीसी वेस्टर्न रिजनको उपाधि

कुवेतलाई फराकिलाे अन्तरले हराउँदै युएइले जित्यो एसीसी वेस्टर्न रिजनको उपाधि

२०७६, १५ फाल्गुन बिहीबार १४:३२

फेस प्याकः अनुहारको सौन्दर्य बढाउन यसरी घरमै तयार गर्नुहोस् !

फेस प्याकः अनुहारको सौन्दर्य बढाउन यसरी घरमै तयार गर्नुहोस् !

२०७६, १६ फाल्गुन शुक्रबार १०:१२

ईपीएलकाे खेल तालिका सार्वजनिक, पहिलाे खेलमा ललितपुर र पोखरा भिड्ने

ईपीएलकाे खेल तालिका सार्वजनिक, पहिलाे खेलमा ललितपुर र पोखरा भिड्ने

२०७६, १५ फाल्गुन बिहीबार १५:४६

निन्द्रा नलाग्ने समस्याबाट मुक्ति पाउन यसो गर्नुहोस्

निन्द्रा नलाग्ने समस्याबाट मुक्ति पाउन यसो गर्नुहोस्

२०७६, १६ फाल्गुन शुक्रबार १२:५३

विवाह बन्धनमा बाँधिए प्रियंका–आयुष्मान

विवाह बन्धनमा बाँधिए प्रियंका–आयुष्मान

२०७६, १५ फाल्गुन बिहीबार १९:१५

विवाह बन्धनमा बाँधिए अभिनेता बराल र बेली डान्सर प्रमिला

विवाह बन्धनमा बाँधिए अभिनेता बराल र बेली डान्सर प्रमिला

२०७६, १६ फाल्गुन शुक्रबार १३:३१

प्याराग्लाइडिङ च्याम्पियनसीपमा नेपाल दोस्रो

प्याराग्लाइडिङ च्याम्पियनसीपमा नेपाल दोस्रो

२०७६, १६ फाल्गुन शुक्रबार ०७:१६

चक्रपथ सडक विस्तारः वैशाखपछि चिनियाँ टोलीको जिम्मामा

चक्रपथ सडक विस्तारः वैशाखपछि चिनियाँ टोलीको जिम्मामा

२०७६, १६ फाल्गुन शुक्रबार ०७:२२

राष्ट्रिय उमा कुङ्फु प्रतियोगिता शुरु

राष्ट्रिय उमा कुङ्फु प्रतियोगिता शुरु

२०७६, १६ फाल्गुन शुक्रबार २२:२५

एसीसी वेस्टर्न रिजन : उपाधिको लागि युएइद्वारा कुवेतसामु २ सय रनको लक्ष्य प्रस्तुत

एसीसी वेस्टर्न रिजन : उपाधिको लागि युएइद्वारा कुवेतसामु २ सय…

२०७६, १५ फाल्गुन बिहीबार १३:०६

आइसीसी महिला विश्वकपः न्युजिल्याण्डविरुद्ध भारतको रोमाञ्चक जित

आइसीसी महिला विश्वकपः न्युजिल्याण्डविरुद्ध भारतको रोमाञ्चक जित

२०७६, १५ फाल्गुन बिहीबार १२:५४