एजेन्सी – भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचको निर्णायक गोलमा एसी मिलान कोपा इटालिया कपको सेमिफाइनलमा प्रवेश गरेको छ। मिलानले अतिरिक्त समयमा टोरिनोमाथि ४–२ को जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भएको हो।

घरेलु मैदानमा मंगलबार राति भएको खेलमा मिलानको जितमा हकान कल्हानोग्लुले दुई तथा जियाकोमो बोनाभेन्टुरा र ज्लाटनले समान १ गोल गरे। टोरिनोका ग्लेइसेन ब्रेमेरले दुवै गोल गरेपनि हार टार्न सकेन।

खेलको १२औं मिनेटमा जियाकोमो बोनाभेन्टुराले एन्टी रेविको पासमा गोल घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। ३५औं मिनेटमा ग्लेइसेन ब्रेमेरले सिमोन भर्डीको पासमा गोल गरेपछि पहिलो हाफ गोलको बराबरीमा टुंगिएको थियो।

७१औं मिनेटमा ग्लेइसेन ब्रेमेरले ओला एइनाको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि टोरिनो खेलमा अघि बढेको थियो। ९०औं मिनेटमा हकान कल्हानोग्लुले गोल गर्दै खेललाई अतिरिक्त समयमा लम्ब्याएला थिए।

अतिरिक्त समयको १६औं मिनेट (१०६) मा हकान कल्हानोग्लुले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई खेलमा ३–२ ले अघि बढाए। त्यसको दुई मिनेटपछि ज्लाटनले गोल गर्दै मिलानलाई ४–२ को जित दिलाए। खेलदौरान दुर्घटनामा ज्यान गुमाएका बास्केटबल खेलाडी कोबी ब्रायन्टलाई पनि श्रद्दान्जली अर्पण फरिएको थियो। कोबी मिलानका समर्थक रहेका थिए।

अब सेमिफाइनलमा मिलानले इटालियन च्याम्पियन युभेन्टसको सामना गर्नेछ। युभेन्टसले यसअघि रोमालाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। अर्काे सेमिफाइनलमा नेपोलीले इन्टर मिलान वा फियोरेन्टिनाबीचको विजेतासँग खेल्नेछ। नेपोलीले लाजियोलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो।

लोकप्रिय

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, १६ फाल्गुन शुक्रबार २०:००

बिहीबार दिनभरका प्रमुख खबरहरू- छुटाउनु भयाे कि?

बिहीबार दिनभरका प्रमुख खबरहरू- छुटाउनु भयाे कि?

२०७६, १५ फाल्गुन बिहीबार २०:०४

पेट्रोलियम पदार्थमा कर नलगाउन नेविसङ्घको आग्रह

पेट्रोलियम पदार्थमा कर नलगाउन नेविसङ्घको आग्रह

२०७६, १६ फाल्गुन शुक्रबार १९:२८

थाइल्याण्डमा नेपाली टाेलीकाे अन्तिम तयारी, प्रशिक्षक भन्छन्, ‘उपाधि हामीले नै जित्छौँ’

थाइल्याण्डमा नेपाली टाेलीकाे अन्तिम तयारी, प्रशिक्षक भन्छन्, ‘उपाधि हामीले नै…

२०७६, १६ फाल्गुन शुक्रबार १७:२६

कुवेतलाई फराकिलाे अन्तरले हराउँदै युएइले जित्यो एसीसी वेस्टर्न रिजनको उपाधि

कुवेतलाई फराकिलाे अन्तरले हराउँदै युएइले जित्यो एसीसी वेस्टर्न रिजनको उपाधि

२०७६, १५ फाल्गुन बिहीबार १४:३२

फेस प्याकः अनुहारको सौन्दर्य बढाउन यसरी घरमै तयार गर्नुहोस् !

फेस प्याकः अनुहारको सौन्दर्य बढाउन यसरी घरमै तयार गर्नुहोस् !

२०७६, १६ फाल्गुन शुक्रबार १०:१२

ईपीएलकाे खेल तालिका सार्वजनिक, पहिलाे खेलमा ललितपुर र पोखरा भिड्ने

ईपीएलकाे खेल तालिका सार्वजनिक, पहिलाे खेलमा ललितपुर र पोखरा भिड्ने

२०७६, १५ फाल्गुन बिहीबार १५:४६

निन्द्रा नलाग्ने समस्याबाट मुक्ति पाउन यसो गर्नुहोस्

निन्द्रा नलाग्ने समस्याबाट मुक्ति पाउन यसो गर्नुहोस्

२०७६, १६ फाल्गुन शुक्रबार १२:५३

विवाह बन्धनमा बाँधिए प्रियंका–आयुष्मान

विवाह बन्धनमा बाँधिए प्रियंका–आयुष्मान

२०७६, १५ फाल्गुन बिहीबार १९:१५

राष्ट्रिय उमा कुङ्फु प्रतियोगिता शुरु

राष्ट्रिय उमा कुङ्फु प्रतियोगिता शुरु

२०७६, १६ फाल्गुन शुक्रबार २२:२५

विवाह बन्धनमा बाँधिए अभिनेता बराल र बेली डान्सर प्रमिला

विवाह बन्धनमा बाँधिए अभिनेता बराल र बेली डान्सर प्रमिला

२०७६, १६ फाल्गुन शुक्रबार १३:३१

प्याराग्लाइडिङ च्याम्पियनसीपमा नेपाल दोस्रो

प्याराग्लाइडिङ च्याम्पियनसीपमा नेपाल दोस्रो

२०७६, १६ फाल्गुन शुक्रबार ०७:१६

चक्रपथ सडक विस्तारः वैशाखपछि चिनियाँ टोलीको जिम्मामा

चक्रपथ सडक विस्तारः वैशाखपछि चिनियाँ टोलीको जिम्मामा

२०७६, १६ फाल्गुन शुक्रबार ०७:२२

एसीसी वेस्टर्न रिजन : उपाधिको लागि युएइद्वारा कुवेतसामु २ सय रनको लक्ष्य प्रस्तुत

एसीसी वेस्टर्न रिजन : उपाधिको लागि युएइद्वारा कुवेतसामु २ सय…

२०७६, १५ फाल्गुन बिहीबार १३:०६

आइसीसी महिला विश्वकपः न्युजिल्याण्डविरुद्ध भारतको रोमाञ्चक जित

आइसीसी महिला विश्वकपः न्युजिल्याण्डविरुद्ध भारतको रोमाञ्चक जित

२०७६, १५ फाल्गुन बिहीबार १२:५४