–हीरालाल गुरुङ

मुग्लिन, २५ माघ – पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको चितवनको इच्छाकामना गाउँपालिका–६ जलवीरेमा रहेको लामो झरनामा पूर्वाधार निर्माण भइरहेको छ।

हेटौँडास्थित प्रदेश नं. ३ पर्यटन विकास आयोजना कार्यालयबाट २५ लाख रुपैयाँ उपलब्ध भएकाले लामो झरनासँगै भ्यूटावर सहितको गोलोघर निर्माण गर्न लागिएको जलवीरे लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देवबहादुर गुरुङले जानकारी दिए। भ्यूटावर सहितको गोलोघरबाट झरनाको अवलोकन गर्न सकिनेछ भने पर्यटकले आराम गर्नेछन्।

उक्त गाउँपालिकाले यस आर्थिक वर्षमा झरनासम्म जाने मोटरबाटो बनाउन ४० लाख रुपैयाँ छुट्याएको अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन्।

गत वर्ष पनि गाउँपालिकाले ८ लाख रुपैयाँको बजेट विनियोजन गरी झरनामा रेलिङ र सिँढी निर्माण गरिसकेको उल्लेख गर्दै उनले भनिन्, “झरनासम्म मोटरबाटो पुगिसकेको छ, त्यसलाई स्तरोन्नति गर्न गाउँपालिकले ४० लाख रुपैयाँ विनियोजन गरेको छ, अब चाँडै काम शुरु हुनेछ।

झरनामा सरसफाइकाे काम नियमित भइरहेको वडाध्यक्ष भूपेन्द्र चेपाङले बताए। भौतिक पूर्वाधार पनि बनिरहेकाले यसले पूर्णता पाएपछि पर्यटकको सङ्ख्या वृद्धि हुने उनको भनाइ थियो।

इच्छाकामनामा उक्त झरनासहित सिराइचुली, ऐतिहासिक उपर्दाङगढी, इच्छाकामना मन्दिरलगायत पर्यटकीयस्थल भए पनि भौगोलिक विकटता र प्रचारप्रसारको अभावका कारण यी ठाउँमा सोचेजति पर्यटक पुग्न सकेका थिएनन्। लामो झरनामा भने नारायणगढ–मुग्लिन सडकबाट नजिकै रहेका कारण पर्यटक सजिलै पुग्न सक्छन्। सडकबाट सो स्थानमा पैदल ३० मिनेटमा पुग्न सकिन्छ।

चितवनमा पहिचान भएका पर्यटकीय गन्तव्य स्थलमध्ये लामो झरना पनि उत्कृष्ट गन्तव्यभित्र पर्छ। ६० मिटरभन्दा लामो रहेको भिरालोको झरनाले पर्यटकको मन लोभ्याउने गरेको छ।

यहाँ पर्यटक स्वतःस्फूर्त रूपमा आउँछन्। सुन्दर प्राकृतिक मनोरम दृश्य तथा लामो छाँगोबाट झरेको पानीको फोहरा र त्यसबाट आउने शीतल पानीका कण र चिसो हावाको स्पर्शले पर्यटकलाई लोभ्याइदिन्छ। चर्को गर्मी, कोलाहल, तनाव र थकान मेट्नका लागि यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्छ।

अध्यक्ष गुरुङले पूर्वाधार थपिएकाले पछिल्लो समय झरना र आसपासका क्षेत्र व्यवस्थित बन्दै गएको बताए।

सो झरनामा अवलोकनका लागि दैनिक कम्तीमा १ सय पर्यटक पुग्छन्। नारायणगढबाट २९ किलोमिटर मुग्लिनतर्फ रहेको उक्त क्षेत्र काठमाडौँ, पोखरा र सौराहा आउने पर्यटकका लागि बसाइँ लम्ब्याउने एउटा गन्तव्य बनेको छ।

झरनामाथि रहेको गुरुङ बस्ती याकराङ गाउँमा होमस्टे पनि सञ्चालन गरिएको छ। लामो झरना अवलोकनपछि गुरुङ समुदायको संस्कृति अवलोकन तथा (होमस्टे) घरबासमा बस्न पर्यटक जाने गर्दछन्। याकराङ गाउँमा पर्यटकलाई गुरुङ संस्कृत झल्किने नाचगानसहित स्वागत गरिन्छ।

क्यानोनिङ, क्लाइम्बिङ, स्वीमिङ, स्लाइडिङ, जम्पिङ र हाइकिङ गर्न काठमाडौँ र विदेशबाट समेत पर्यटक आउने गरेको अध्यक्ष गुरुङले बताए। उनका अनुसार पूर्वाधार निर्माण हुनुभन्दा पहिलेदेखि नै यहाँ पर्यटकले क्यानोनिङ गर्ने गरेका थिए। अहिले क्यानोनिङ एशोसिएशनमा आबद्ध विभिन्न सात र्‍याफ्टिङ संस्था लामो झरना पर्यटन विकास समितसँग आबद्ध छन्। ती संस्थाले क्यानोनिङ (छाँगावरोहण) र क्लाइम्बिङ, स्वीमिङ, जम्पिङ, स्लाइडिङ र हाइकिङ गर्न स्वदेशी तथा विदेशी पर्यटक ल्याउने गरेका छन्।

यहाँ प्रवेश गर्न नेपाली पर्यटकलाई ५० र विदेशीका लागि १ सय रुपैयाँ शुल्क लिने गरिएको छ भने क्यानोनिङका लागि नेपालीलाई १ सय र विदेशीलाई प्रतिव्यक्ति ५ सय रुपैयाँ लिने गरिएको छ। यहाँ विसं २०६९ देखि पर्यटन विकास शुरु भएको हो। (रासस)

लोकप्रिय

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

६ फाल्गुन २०७५, सोमबार

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

५ फाल्गुन २०७५, आईतवार

लागूऔषधसहित २ जना पक्राउ

लागूऔषधसहित २ जना पक्राउ

५ फाल्गुन २०७५, आईतवार

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

६ फाल्गुन २०७५, सोमबार

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

५ फाल्गुन २०७५, आईतवार

बाख्रापालनले गाउँको मुहार नै फेरियो

बाख्रापालनले गाउँको मुहार नै फेरियो

५ फाल्गुन २०७५, आईतवार

२००७ साल र त्यसपछिका क्रान्ति

२००७ साल र त्यसपछिका क्रान्ति

५ फाल्गुन २०७५, आईतवार

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

६ फाल्गुन २०७५, सोमबार

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

५ फाल्गुन २०७५, आईतवार

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

६ फाल्गुन २०७५, सोमबार

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

५ फाल्गुन २०७५, आईतवार

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

६ फाल्गुन २०७५, सोमबार

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

६ फाल्गुन २०७५, सोमबार

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

५ फाल्गुन २०७५, आईतवार

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

६ फाल्गुन २०७५, सोमबार