फिक्कल, २५ माघ – जिल्लावासीको चर्को विरोधपछि इलाम नगरपालिकाले लिँदै आएको अतिरिक्त प्रदुषण कर हटाउने भएको छ। इलाम नगरपालिकाभित्रका पम्पबाट पेट्रोलियम पदार्थमा लिइँदै आइएको अतिरिक्त कर नगरकार्यपालिकाको बैठकले हटाउने निर्णय गरेको हो।

सङ्घीय सरकारले यसअघि नै यो कर हटाउन पत्र पठाए पनि इलाम नगरपालिकाले वास्ता गरेको थिएन। सङ्घीय अर्थ मन्त्रालयमार्फत नै यो कर उठाउन आदेश आएपछि आफूहरुले यो कर उठाउन थालेको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए।

यस नगरपालिकाले गत भदौ ७ गतेबाट प्रतिलिटर इन्धनबाट ५० पैसा प्रदुषण नियन्त्रण कर भनेर लिँदै आएको थियो। अब फागुन १ गतेबाट सो कर नलिने इलाम नगरपालिकाका प्रमुख बस्नेतले बताए। त्यस्तै नगर कार्यपालिकाको बैठकले घरबहाल कर बढाउने निर्णय गरेको छ।

हालसम्म इलाम नगरपालिकाले घरबहाल कर भनेर सात प्रतिशत लिँदै आएको थियो। अब आउँदो आर्थिक वर्षबाट घरबहाल कर १० प्रतिशत लिइने नगरप्रमुख बस्नेतले जानकारी दिए। प्रदेश सरकारबाट नै न्यूनतम १० प्रतिशत घरबहाल कर उठाउनु भनेर आदेश आएपछि कर बढाउन लागिएको प्रमुख बस्नेतको भनाइ छ। निःशुल्क शिविरमा पन्ध्र सयको स्वास्थ्य जाँच

इलामको देउमाई नगरपालिकास्थित मङ्गलबारेमा दुईदिने स्वास्थ्य शिविरमा १५ सयले स्वास्थ्य जाँच गराएका छन्। देउमाई नगरपालिका–४ वडा कार्यालयको आयोजनामा भएको शिविरमा जिल्लाका १५ सयले स्वास्थ्य जाँच गराएका हुन्।

शिविर बुधबारबाट शुरु भएर बिहीबार सकिएको हो। स्थानीय मङ्गलबारे प्राथमिक स्वास्थ्य केन्द्रमा भएको शिविरमा मुटुरोग, प्रसूति तथा स्त्रीरोग, बालरोग, मानसिक तथा नसारोग, हाडजोर्नी, छाला तथा यौन, नाक कान, घाँटी, आँखा र दन्त रोगसम्बन्धी परीक्षण तथा भिडियो एक्सरे, इसीजी साथै ल्याब टेष्ट निःशुल्क सेवा उपलब्ध गराइएको थियो।

अपेक्षाबमोजिम नै स्थानीयवासीले सेवा लिन आएको वडाध्यक्ष राजेन्द्र वाँस्तोलाले जानकारी दिए। शिविरमा नोबेल अस्पताल विराटनगरका चिकित्सकसहित २५ स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य जाँच गरेका थिए।

लोकप्रिय

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

२०७६, ३१ श्रावण शुक्रबार ०७:३३

विविध घटनामा चारको मृत्यु

विविध घटनामा चारको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार १७:५५

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

समतल रात

समतल रात

२०७६, ३१ श्रावण शुक्रबार १७:२२

नेपाल-भारत एजेन्डा पुरानै

नेपाल-भारत एजेन्डा पुरानै

२०७६, ३१ श्रावण शुक्रबार ०८:१६

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

२०७६, ३१ श्रावण शुक्रबार १७:३५

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

२०७६, ३१ श्रावण शुक्रबार ११:०५

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

२०७६, ३१ श्रावण शुक्रबार १३:५७

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

२०७६, ३२ श्रावण शनिबार १४:१९

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

२०७६, ३२ श्रावण शनिबार ०७:१९

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार ०६:४३