
सुर्खेत, २५ माघ –कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले राष्ट्रले अङ्गिकार गरेको समावेशी लोकतन्त्रको सम्बर्द्धन टेवा पुर्याउन सञ्चार माध्यमलाई आग्रह गरेका छन्।
रेडियो नेपाल सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार आयोजना गरेको तीन दिने समावेशी प्रचार सामग्री उत्पादन तथा प्रसारण सम्बन्धि तालिमको उद्घाटन गर्दे मन्त्री भण्डारीले रेडियो नेपाललाई देशबासीको अपनत्व हुने गरी विकासको मूल प्रवाहमा जोड्न आवश्यक रहेको औल्याए।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले रेडियो नेपाललाई समयसापेक्ष बनाउँदै सबै जातजाति भाषाभाषी, वर्ग, लिङ्ग र क्षेत्रलाई समेट्ने गरी सूचना तथा समाचार उत्पादन तथा प्रसारण गर्न सुझाव दिईन्। उनले विकासको आयामलाई बदल्दै अब भौतिक पूर्वाधार मात्र नभई सामाजिक न्यायसहितको विकासमा रेडियो नेपालले योगदान पुर्याउनु पर्ने आवश्यक रहेको औंल्याईन्।
कार्यक्रममा रेडियो नेपाल योजना विकास तथा विस्तार महाशाखा प्रमुख पुष्करराज गौतम, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि सन्तोषकुमार खत्री, रेडियो नेपाल समाचार महाशाखा प्रमुख पवन प्याकुरेल, तालिम शाखा प्रमुख जर्नादन विष्ट, रिपोर्टिङ शाखा प्रमुख प्रमोद दाहाल, रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतका प्रमुख जानकीशरण शाह, वरिष्ठ कार्यक्रम अधिकृत अमरध्वाज लामा, कार्यक्रम अधिकृत भानुभक्त खड्कालगायतले भनाई राखेका थिए।
तालिममा कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र ५ नम्बर प्रदेशका विभिन्न जिल्लाहरुमा कार्यरत स्थानीय सम्वाददाता, कार्यक्रम तथा विभिन्न भाषाका समाचारमा कार्यरत कर्मचारीलगायतको सहभागिता छ।



लोकप्रिय

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक
६ फाल्गुन २०७५, सोमबार

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’
५ फाल्गुन २०७५, आईतवार

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु
६ फाल्गुन २०७५, सोमबार

लागूऔषधसहित २ जना पक्राउ
५ फाल्गुन २०७५, आईतवार

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक
५ फाल्गुन २०७५, आईतवार

बाख्रापालनले गाउँको मुहार नै फेरियो
५ फाल्गुन २०७५, आईतवार

२००७ साल र त्यसपछिका क्रान्ति
५ फाल्गुन २०७५, आईतवार

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह
५ फाल्गुन २०७५, आईतवार

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन
६ फाल्गुन २०७५, सोमबार

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी
६ फाल्गुन २०७५, सोमबार

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए
५ फाल्गुन २०७५, आईतवार

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै
६ फाल्गुन २०७५, सोमबार

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन
६ फाल्गुन २०७५, सोमबार

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो
५ फाल्गुन २०७५, आईतवार

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण
६ फाल्गुन २०७५, सोमबार


