सुर्खेत, २५ माघ – दैलेखको राकम कर्णालीमा शहरको भौतिक पूर्वाधार निर्माणले गति लिन सकेको छैन। निर्माणाधीन मध्यपहाडी लोकमार्ग छेउछाउ विकास गर्न लागिएको नयाँ शहर निर्माणले गति लिन नसकेको हो।

घोषित नयाँ शहरमध्ये दैलेखको पश्चिममा पर्ने आठबीस नगरपालिका राकम कर्णालीमा सरकारकै कारण निर्माण कार्यले गति लिन सकेन। सरकारले आवश्यक भौतिक पूर्वाधारका काम शुरु गर्न नसक्दा नयाँ शहर निर्माण कार्यले गति लिन नसकेको स्थानीय बासिन्दा बताउँछन्।

कर्णाली राजमार्गसँगै पर्ने राकम कर्णालीमा नयाँ शहर बनाउन ४ वर्षअघि कार्यालय खोलियो। तर, आयोजनाको काम सुस्त गतिमा अगाडि बढेको जिल्ला समन्वय समिति दैलेखका सदस्य ललितजङ्ग माझीले बताए।

आयोजनाका कर्मचारीको लापरवाही र उचित ध्यान नपुग्दा योजना जिम्मा लिएका कम्पनीले समेत काममा ढिलाइ गरिरहेको माझीको भनाइ छ।

अहिलेसम्म २० प्रतिशत कामसमेत हुन सकेन। आयोजनाले स्थानीय बासिन्दासँग समन्वय नै नगरी जथाभावी ढङ्गले सडकको बाटो खोलेको स्थानीय अर्जुनबहादुर शाहीले बताए। जग्गा विवादले योजना निर्माणको कामसमेत लामो समयदेखि प्रभावित बनेको छ।

त्यस्तै अहिले आयोजना राकम कर्णालीको कार्यालय डेढ महिनादेखि प्रमुखविहीन छ। कार्यालयमा प्रमुखसहित १४ जनाको दरबन्दी रहे पनि कार्यालय सहयोगीबाहेक सबै छुट्टीमा रहने गरेको स्थानीय बासिन्दा बताउँछन्।

५ वर्षदेखि जग्गा अधिग्रहणमा कुरा नमिल्दा पनि काम सुस्त हुन पुगेको आयोजनाको भनाइ छ। शहरी विकासका लागि १ सय ३७ रोपनी जग्गा अधिग्रहण प्रक्रिया मुआब्जा विवादकै कारण रोकिएको हो।

अधिग्रहणमा शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय सुर्खेतको प्रतिवेदनका आधारमा जग्गा प्राप्ति ऐनविपरीत मुआब्जा निर्धारण गरिएको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका थिए।

उनीहरूले नियमअनुसार मुआब्जा वितरण गर्नुपर्ने भन्दै साविकको क्षेत्रीय प्रशासन कार्यालय र गृह मन्त्रालयमा उजुरीसमेत दिएका थिए।

सम्बन्धित निकायले उजुरीको सुनुवाइ नगरेको स्थानीय मिलन विकले बताए। आयोजनाले जग्गा बराबरको मुआब्जा दिन नसक्दा आफूहरूले रकम लिन नमानेको विकको भनाइ छ।

जग्गा खाली नभएकाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम रोकिएको कन्सल्टेन्सीले बताएको छ।

एसभीआरसीका सञ्चालक केशवराज पाठकले विसं २०७३ मा कामको सम्झौता गरे पनि जग्गाधनीले जग्गा दिन नमानेकाले काममा ढिलाइ भएको जनाए। उनले भने, ‘ब्लक पनि पास भएको १ वर्ष भयो, फिल्डमा आएर धेरैपटक जग्गाधनीसँग सहकार्य गर्न खोज्यौँ तर समस्या समाधान हुन सकेन।’

आयोजनाले उज्यालो शहर कार्यक्रमअन्तर्गत राकम कर्णालीमा सौर्य ऊर्जा जडान गरिसकेको छ। जडान गरिएको सौर्य ऊर्जा पहुँच भएकाको घर अगाडि रहेको स्थानीय बासिन्दा हरिदेवी माझीले बताइन्। आयोजनाले समस्या समाधान गर्ने नयाँ प्रक्रिया अपनाएको छ ।

राकम कर्णाली–५ स्थित बगरखेतमा ‘ल्यान्ड पोलिङ’को जिम्मा लिएको मैत्री कन्सल्टेन्सीले २५ दिनअघि नै काम सकिएको बताएको छ। आयोजनालाई सम्पूर्ण जग्गाको जिम्मा दिइएको छ।

पछिल्लो समय आयोजनाभित्रका सम्पूर्ण जग्गाको २४ प्रतिशत मुआब्जा कटौती गर्दै ७६ प्रतिशत जग्गाधनीलाई उपलब्ध गराउने प्रतिबद्धतासाथ काम गरिरहेको खरिदार दीपक दसौदीले जानकारी दिए।

यता आठबीस नगरपालिकाका उपप्रमुख दीपा बोहोराले आयोजनाको कामकारवाहीबारे आफूहरूले निगरानी गरिरहेको बताइन्। उनले केन्द्र सरकारले नै पर्याप्त कर्मचारी नपठाउँदा समस्या भएको जनाइन्।

शहरको आर्थिक, भौतिक तथा सामाजिक पूर्वाधार निर्माणको काम शुरु नहुँदा स्थानीय बासिन्दामा अन्योल छाएको छ। लोकमार्ग आसपासको बस्ती समेटेर विसं २०९० सालसम्म राकम कर्णालीसहित देशका अन्य १० स्थानमा सुविधासम्पन्न शहर निर्माण गरिने सरकारी योजना छ।

सेवासुविधा र अवसरको खोजीमा हिमाल र पहाडबाट कोही पनि शहर वा तराई पस्न नपरोस् भन्ने उद्देश्यसाथ सरकारले आर्थिक वर्ष २०६७/६८ को नीति तथा कार्यक्रममा मध्यपहाडी लोकमार्गको निर्माण तथा सो लोकमार्गको छेउछाउमा दशवटा नयाँ शहर विकास गर्ने घोषणा गरेको थियो।

प्रस्तावित शहरको निर्माणपछि हिमाल र पहाडबाट तराई झर्नेहरूको संख्यामा कमी आउने र राजधानीलगायत ठूला शहरमा हुने बसाइँसराइ न्यून हुने विश्वास लिइएको छ।

लोकप्रिय

सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तकोशीमा पानीको बहाव उतारचढाव

२०७६, ३० असार सोमबार १८:३९

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

२०७६, ३१ असार मंगलवार १९:२२

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

२०७६, ३० असार सोमबार १३:२५

चिकित्सक सुरक्षा माग्दै धनगढीमा

चिकित्सक सुरक्षा माग्दै धनगढीमा

२०७६, ३० असार सोमबार १६:३३

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा नपाइने

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा…

२०७६, ३१ असार मंगलवार १९:३८

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

२०७६, ३१ असार मंगलवार १४:२७

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

२०७६, ३० असार सोमबार १९:४२

१३औँ इक्यान मेला: वर्षाका कारण न्यून सहभागिता

१३औँ इक्यान मेला: वर्षाका कारण न्यून सहभागिता

२०७६, ३० असार सोमबार १४:११

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

२०७६, १ श्रावण बुधबार १६:५७

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

२०७६, १ श्रावण बुधबार ०९:२६

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

२०७६, ३१ असार मंगलवार १९:३०

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

२०७६, १ श्रावण बुधबार ०८:३९

पशुपति विकास कोषका निम्ति बोझ बनेको सञ्चालक परिषद् र कर्मचारी

पशुपति विकास कोषका निम्ति बोझ बनेको सञ्चालक परिषद् र कर्मचारी

२०७६, ३० असार सोमबार १८:०९

भारतको चन्द्रयान–२ उड्नु एक घण्टाअघि स्थगन

भारतको चन्द्रयान–२ उड्नु एक घण्टाअघि स्थगन

२०७६, ३० असार सोमबार १३:४४

प्रतिबन्धपछि पहिलोपटक सरकार र नेकपा विप्लवबीच वार्ता

प्रतिबन्धपछि पहिलोपटक सरकार र नेकपा विप्लवबीच वार्ता

२०७६, ३१ असार मंगलवार ०६:२५