सुर्खेत, २५ माघ – मुलुकका साता प्रदेशमध्ये कर्णाली प्रदेश प्राकृतिक विपद्को हिसाबले उच्च जोखिममा रहेको बताइएको छ।

यहाँ आयोजित ‘विपद पूर्वतयारी एवं प्रतिकार्य योजना तालीम तथा कार्यशाला’ गोष्ठीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आपतकालीन तथा विपद एकाइ, स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख चुडामणि भण्डारीले भूकम्पसहित अन्य प्राकृतिक विपदमा कर्णाली उच्च जोखिम रहेको बताए।

‘वैज्ञानिक खोज एवं भविष्यवाणीअनुसार कर्णालीसहित सुदूरपश्चिम प्रदेश भूकम्पको उच्च जोखिम छन्’, प्रमुख भण्डारीले भने, ‘यसलाई ध्यानमा राखेर तीनवटा प्रदेशको संयुक्त कार्याशला गोष्ठी कर्णालीमै राखेका हौँ।’

केन्द्रमार्फत चलेको ‘विपत् पूर्वतयारी एवं प्रतिकार्य योजना तालीम’ २०७० बाट शुरु भई ०७५ साउन १ गतेबाट संरचना लागू भएको जानकारी दिँदै उनले भने, ‘निजी तथा सरकारी अस्पताल, प्रतिष्ठानमा आइपर्ने विपत् प्रतिकार्यमा सहयोग पुर्याउने हेतुले कर्णालीमा कार्याशाला गोष्ठी गरेका छौँ।’

उनले दाङ, नेपालगञ्ज, डडेल्धुराका लागि सामग्री उपलब्ध गर्ने र स्वास्थ्यकर्मीलाई तालीम दिने बताए। सुर्खेतमा सञ्चालित चारदिने यो तालीमपश्चात यसलाई अभ्यासमा लैजाने उनको भनाइ थियो। तालीमबाट अस्पतालमा पूर्वतयारी र आपत्कालीन अवस्थामा कसरी सेवा दिने भन्ने कुराको यथेष्ट सिकाइ हुने अपेक्षा गरिएको छ।

गोष्ठीमा सुदुरपश्चिम, कर्णाली र प्रदेश नं ५ का ५० चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता छ। उनीहरुबीच अस्पताल क्षेत्रमा आइपर्ने विपत्बाट बच्न गर्नुपर्ने पूर्वतयारी, अपनाउनुपर्ने उपाय र प्रतिकार्य योजना निर्माणका विषयमा व्यापक छलफल भइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक धर्मराज गोसाईँले जानकारी दिए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आपत्कालीन तथा विपत् व्यवस्थापन एकाइ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको संयुक्त आयोजना तथा विश्व स्वास्थ्य संगठनको सहयोगमा बिहीबारदेखि अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तालीम कार्याशाला गोष्ठी राजधानी सुर्खेतमा सञ्चालन भइरहेको छ। (रासस)

लोकप्रिय

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

६ फाल्गुन २०७५, सोमबार

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

५ फाल्गुन २०७५, आईतवार

लागूऔषधसहित २ जना पक्राउ

लागूऔषधसहित २ जना पक्राउ

५ फाल्गुन २०७५, आईतवार

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

६ फाल्गुन २०७५, सोमबार

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

५ फाल्गुन २०७५, आईतवार

बाख्रापालनले गाउँको मुहार नै फेरियो

बाख्रापालनले गाउँको मुहार नै फेरियो

५ फाल्गुन २०७५, आईतवार

२००७ साल र त्यसपछिका क्रान्ति

२००७ साल र त्यसपछिका क्रान्ति

५ फाल्गुन २०७५, आईतवार

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

५ फाल्गुन २०७५, आईतवार

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

६ फाल्गुन २०७५, सोमबार

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

६ फाल्गुन २०७५, सोमबार

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

५ फाल्गुन २०७५, आईतवार

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

६ फाल्गुन २०७५, सोमबार

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

६ फाल्गुन २०७५, सोमबार

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

५ फाल्गुन २०७५, आईतवार

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

६ फाल्गुन २०७५, सोमबार