पोखरा, २५ माघ –पोखरामा शुक्रबारदेखि प्रदेशस्तरीय बैठक सुरु भएको छ। बैठकमा राष्ट्रिय योजना आयोग र प्रदेशले तयार पारेको प्राथमिक विकास आयोजनामाथि मन्त्री, सांसद, सचिव, प्रमुख, उपप्रमुखसहितको छलफल हुने जनाइएको छ।

नेपाल सरकारको दीर्घकालीन योजना सहितको पन्ध्रौँ पञ्चवर्षीय योजना अनुरुप आउँदो आर्थिक वर्षमा कस्तो योजनालाई प्राथमिकता दिने र पञ्चवर्षीय योजनामा के के समेट्ने भन्ने विषय माथि बैठक केन्द्रित रहने बताइएको छ।

राष्ट्रिय योजना आयोगका सहसचिव विजुकुमार श्रेष्ठले सन् २०२२ सम्म देशमा स्तरोन्नति गर्ने साथै, सन् २०३० भन्दा अगाडि नै विकास लक्ष्य हाँसिल गरेर र मध्यम आय भएको देशमा पुग्ने बताए। सन् २०४३ मा देशलाई समुन्नत स्तरमा पुर्याउने उनको भनाई छ।

हाल प्रतिव्यक्ति आय १००४ अमेरिकी डलर रहेकोमा, विसं २१०० सम्ममा प्रतिव्यक्ति आय १२ हजार ५ सय अमेरिकी डलर पुर्याउने लक्षबारे छलफल हुने श्रेष्ठको भनाई छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्रसहितको सघन अन्तर आवद्धता तथा उच्च उत्पादकत्व भएको अवसर प्राप्त स्वस्थ, शिक्षित र उच्च जीवनस्तर भएको सुखी नागरिक बसोबास गर्ने मुलुक बनाउने राष्ट्रिय सोचसहित आवधिक योजना निर्माणमा जुटेको जानकारी दिए।

पञ्चवर्षीय योजनामा प्रदेशका कस्ता योजनालाई प्राथमिकतामा राख्ने भन्ने विषयमा प्रदेश अर्थ तथा योजना आयोगले प्रस्तुति राख्ने छ। राष्ट्रिय आयोगको रणनीतिक योजना र प्रदेशको विकासका प्राथमिकता तथा लक्ष्यका योजनामाथि प्रदेशका मन्त्री तथा सांसद र स्थानीय सरकारका प्रमुख, उपप्रमुख छलफल गर्ने छन्।

यस्तै, गण्डकी प्रदेश सरकारले पाँच वर्षभित्र प्रतिव्यक्ति आय १९ सय ३५ र २०८७ सम्म पुग्दा ३ हजार ५ सय १९ अमेरिकी डलर पुर्याउने लक्ष राखेको छ। सन् २०२२ सम्म २० लाख र सन् २०३० सम्म ३४ लाख पर्यटक भित्राउने प्रदेश सरकारको लक्ष्य भेट्न कस्ता योजनालाई समेट्ने भनेर छलफल हुनेछ।

प्रदेशका ठूला आयोजनालाई दातृसंस्था र राष्ट्रिय योजना आयोगको सहयोगबिना लक्ष्य प्राप्त हुन नसक्ने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको भनाइ छ।

बैठकमा शनिबारसम्म चल्नेछ। शुक्रबार, स्थानीय र प्रदेश सरकारसँग छलफल चलाएको आयोगले शनिबार निजी क्षेत्रलगायत विभिन्न क्षेत्रका व्यक्तिसँग छलफल गर्नेछ।

श्याम रानामगर
रानामगर नेपाली पब्लिकका गण्डकी प्रदेश संयोजक हुन्।

लोकप्रिय

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

६ फाल्गुन २०७५, सोमबार

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

५ फाल्गुन २०७५, आईतवार

लागूऔषधसहित २ जना पक्राउ

लागूऔषधसहित २ जना पक्राउ

५ फाल्गुन २०७५, आईतवार

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

६ फाल्गुन २०७५, सोमबार

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

५ फाल्गुन २०७५, आईतवार

बाख्रापालनले गाउँको मुहार नै फेरियो

बाख्रापालनले गाउँको मुहार नै फेरियो

५ फाल्गुन २०७५, आईतवार

२००७ साल र त्यसपछिका क्रान्ति

२००७ साल र त्यसपछिका क्रान्ति

५ फाल्गुन २०७५, आईतवार

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

५ फाल्गुन २०७५, आईतवार

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

६ फाल्गुन २०७५, सोमबार

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

६ फाल्गुन २०७५, सोमबार

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

५ फाल्गुन २०७५, आईतवार

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

६ फाल्गुन २०७५, सोमबार

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

६ फाल्गुन २०७५, सोमबार

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

५ फाल्गुन २०७५, आईतवार

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

६ फाल्गुन २०७५, सोमबार