पोखरा, २५ माघ – पोखरामा शुक्रबारदेखि प्रदेशस्तरीय बैठक सुरु भएको छ। बैठकमा राष्ट्रिय योजना आयोग र प्रदेशले तयार पारेको प्राथमिक विकास आयोजनामाथि मन्त्री, सांसद, सचिव, प्रमुख, उपप्रमुखसहितको छलफल हुने जनाइएको छ।

नेपाल सरकारको दीर्घकालीन सोचसहितको १५औं पञ्चवर्षीय योजना अनुरुप आउँदो आर्थिक वर्षमा कस्तो योजनालाई प्राथमिकता दिने र पञ्चवर्षीय योजनामा के–के समेट्ने भन्ने विषयमा बैठक केन्द्रित रहने छ।

राष्ट्रिय योजना आयोगका सहसचिव विजुकुमार श्रेष्ठले सन् २०२२ सम्म देशमा स्तरोन्नति गर्ने साथै, सन् २०३० भन्दा अगाडि नै विकास लक्ष्य हासिल गरेर र मध्यम् आय भएको देशमा पुग्ने बताए। सन् २०४३ मा देशलाई समुन्नतस्तरमा पुर्‍याउने उनको भनाई छ।

हाल प्रतिव्यक्ति आय १००४ अमेरिकी डलर रहेकोमा, वि.सं. २१०० सम्ममा प्रतिव्यक्ति आय १२ हजार ५ सय अमेरिकी डलर पुर्याउने लक्ष्यबारे छलफल हुने श्रेष्ठको भनाई छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्रसहितको सघन अन्तर आवद्धता तथा उच्च उत्पादकत्व भएको अवसर प्राप्त स्वस्थ, शिक्षित र उच्च जीवनस्तर भएको सुखी नागरिक बसोबास गर्ने मुलुक बनाउने राष्ट्रिय सोचसहित आवधिक योजना निर्माणमा जुटेको जानकारी दिए।

पञ्चवर्षीय योजनामा प्रदेशका कस्ता योजनालाई प्राथमिकतामा राख्ने भन्ने विषयमा प्रदेश अर्थ तथा योजना आयोगले प्रस्तुति राख्ने छ। राष्ट्रिय आयोगको रणनीतिक योजना र प्रदेशको विकासका प्राथमिकता तथा लक्ष्यका योजनामाथि प्रदेशका मन्त्री तथा सांसद र स्थानीय सरकारका प्रमुख, उपप्रमुख छलफल गर्ने छन्।

यस्तै, गण्डकी प्रदेश सरकारले पाँच वर्षभित्र प्रतिव्यक्ति आय १९ सय ३५ र २०८७ सम्म पुग्दा ३ हजार ५ सय १९ अमेरिकी डलर पुर्याउने लक्ष राखेको छ। सन् २०२२ सम्म २० लाख र सन् २०३० सम्म ३४ लाख पर्यटक भित्राउने प्रदेश सरकारको लक्ष्य भेट्न कस्ता योजनालाई समेट्ने भनेर छलफल हुने छ।

प्रदेशका ठूला आयोजनालाई दातृ संस्था र राष्ट्रिय योजना आयोगको सहयोग बिना लक्ष्य प्राप्त हुन नसक्ने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको भनाइ छ।

बैठक शनिबारसम्म चल्ने छ। शुक्रबार स्थानीय र प्रदेश सरकारसँग छलफल चलाएको आयोगले शनिबार निजी क्षेत्रलगायत विभिन्न क्षेत्रका व्यक्तिसँग छलफल गर्ने छ।

श्याम रानामगर
रानामगर नेपाली पब्लिकका गण्डकी प्रदेश संयोजक हुन्।

लोकप्रिय

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

२०७६, ७ बैशाख शनिबार ०७:५३

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

२०७६, ७ बैशाख शनिबार २०:३२

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

२०७६, ७ बैशाख शनिबार ०७:२९

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

२०७६, ७ बैशाख शनिबार ०७:१५

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

२०७६, ७ बैशाख शनिबार १८:५७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

२०७६, ७ बैशाख शनिबार ०८:३८

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

२०७६, ७ बैशाख शनिबार ०९:२०

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

२०७६, ७ बैशाख शनिबार ०७:४९

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

२०७६, ७ बैशाख शनिबार ०७:२१

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२०७६, ७ बैशाख शनिबार ०६:५९

पृथ्वी एउटा खेतबारी भएको भए…

पृथ्वी एउटा खेतबारी भएको भए…

२०७६, ७ बैशाख शनिबार १२:०४