बुटवल, २५ माघ – प्रदेश नम्बर पाँचमा खरीद गरिएका गाडीमा अनियमितता भएको ठहर भएको छ। सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकले प्रदेश नम्बर–५ प्रदेश सचिवालय र प्रदेशसभाले खरिद गरेका सवारीसाधनमा लाखौं रुपैयाँ अनियमितता भएको ठहर गरेको हो।

लेखा समितिले शुक्रबार प्रतिवेदनलाई अन्तिम रुप दिँदै टाटा गाडी बिक्री गर्ने सिप्रदी र स्थानीय एजेण्टले अत्यधिक नाफा खाएकाले उपभोक्ता मूल्य ६८ लाख ५५ हजारभन्दा बढी मूल्य नतिर्न निर्देशन दिएको छ।

समितिले उपभोक्ता मूल्यभन्दा बढीमा गाडी खरिद गरिएकाले बढी रकम प्रदेशसभा सञ्चित कोषमा फिर्ता गर्न निर्देशन दिएको छ। समितिका सभापति डिल्लीबहादुर चौधरीले लेखा समितिले भन्सारका कागजात हेर्दा करिब २५ देखि २९ प्रतिशतसम्म टाटा स्ट्रोम विक्रेता कम्पनीले नाफा राखेको देखिएको बताए।

प्रदेशसभाले ११ वटा र मन्त्रालयले ४ वटा टाटा स्ट्रोम गाडी खरिदमा अनियमितता भएको आशंकामा सार्वजनिक लेखा समितिले दुई हप्ता अगाडिदेखि छानवीन सुरु गरेको थियो।

प्रदेशसभाले करिब ७२ लाख र मन्त्रालयहरुले करिब ७३ लाखमा गाडी खरिद गरेका थिए। गाडी खरिद विषयमा अख्तियारले समेत फाइल अध्ययन गरेको र थप छानवीन अख्तियारले गर्ने बताइएको छ।

समितिले तयार पारेको प्रतिवेदनमा गाडी खरिद सम्बन्धमा अनियमितता शब्दको प्रयोग नगरीकनै उक्त प्रक्रियामा भ्रष्टाचार भएको देखाइदिएको छ।

अनियमितता हुँदा सरकारी निकाय (गाडी खरीद) पक्षलाई कुनै कारबाहीको सिफारिस गरिएको छैन। समितिले माघ २९ गते बस्ने प्रदेशसभा बैठकमा प्रतिवेदन प्रस्तुत गर्नेछ।

लोकप्रिय

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

२०७६, ४ भाद्र बुधबार १४:२२

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

२०७६, ४ भाद्र बुधबार १६:१३

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

२०७६, ४ भाद्र बुधबार १६:२७

नापतौल यन्त्र जाँच र नवीकरण नगराउने ११ उद्योग कारवाहीमा

नापतौल यन्त्र जाँच र नवीकरण नगराउने ११ उद्योग कारवाहीमा

२०७६, ४ भाद्र बुधबार १५:४४

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

सन्नी लियोनी नेपाल आउँदै

सन्नी लियोनी नेपाल आउँदै

२०७६, ४ भाद्र बुधबार १५:५९

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

बैंकको रकम हिनामिना गर्ने पक्राउ

बैंकको रकम हिनामिना गर्ने पक्राउ

२०७६, ४ भाद्र बुधबार १७:०८