दिनेश बिष्ट धनगढी, २५ माघ – मोहनापुल अत्तरीया ६ लेन सडकको सम्झौता अवधि सकिन ५ महिना बाँकी रहँदा २५ प्रतिशत मात्रै काम भएको छ।

निर्माण शुरु भएयता देखिएका विभिन्न अवरोध र निर्माण कम्पनीको निश्क्रियताले सडक निर्माण कार्यमा ढिलाई भइरहेको आयोजनाको दावी छ।

वैकल्पिक सडकको अभावमा आवतवजावतसँगै निर्माण कार्य पनि हुन थालेपछि यस क्षेत्रका स्थानीय विगत लामो समयदेखि धुलोधुँवा र सडक दुर्घटनाको जोखिममा परेका छन्।

निर्माणधीन मोहनापुल अत्तरीया ६ लेन सडकमा भएको ढिलाईले आवतजावत गर्ने यात्रु, स्थानीय बासिन्दा र व्यवसायीहरु मारमा छन्।

अझ त्यसैमा पनि तोकिएको सम्झौता अवधिभित्र काम नसकिने भएपछि आसपासका व्यापारीहरु समस्यामा परेका छन्। विगतमा अदालतीय प्रक्रिया, संरचनाहरुको स्थानान्तरण लगायतका कारणले समस्यामा परेका व्यापारीहरुले अहिले आयोजनाको ढिलाईले मारमा परेको गुनासो गरेका छन्।

धनगढी र अत्तरीयाका लागि वैकल्पिक बाटोविहीनको एक मात्रै उक्त सडक खण्डमा निर्माण कार्य थालिएपछि अहिले स्थानीयलाई वर्षामा हिलो र हिँउदमा धुलो खपिनस्कनु भएको छ।

त्यसैमा पनि आयोजनाले एकैपटक ११ वटा कल्भर्ट खनेर अलपत्र छोडेपछि दुर्घटनाको जोखिम अझ थपिएको स्थानीय बासिन्दाहरुको दुखेसो छ।

वि.सं. २०७४ सालमा दुई वर्षभित्रै निर्माण कार्य सम्पन्न गर्नेगरी मोहना पुलदेखि अत्तरीयासम्मको १४ किलोमिटर सडक ६ लेनमा विस्तारको कार्य थालनी गरिएको थियो। तर, सम्झौता भएको १९ महिना बितिसक्दा पनि सडक विस्तार कार्यमा भौतिक प्रगति अत्यन्त न्यून देखिएको छ।

मोहना अत्तरिया ६ लेन सडक आयोजनाका निमित्त प्रमुख खगेन्द्रबहादुर शाहीले विविध वाधा अड्चनले सडक निर्माण कार्यमा ढिलाई भएपनि अब तीव्र गतिमा काम अगाडि बढाइने बताए।

आयोजनाले दशैँ अगावै स्थानान्तरण गरिसक्ने भनेका विद्युतका पोलहरु पनि हालसम्म सारिएका छैनन्। सो विषयमा पनि सम्बन्धित निकायसँग पहल भइरहेको निमित्त आयोजना प्रमुख शाहीको भनाइ छ।

लोकप्रिय

इलेक्ट्रिक कार चार्ज गर्न सकिने पावर बैंककाे विकास

इलेक्ट्रिक कार चार्ज गर्न सकिने पावर बैंककाे विकास

२०७६, ६ फाल्गुन मंगलवार २०:३४

बुधबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

बुधबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ७ फाल्गुन बुधबार १९:५८

विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन मोदी र ट्रम्पले संयुक्त रुपमा गर्ने

विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन मोदी र ट्रम्पले संयुक्त…

२०७६, ७ फाल्गुन बुधबार १६:१५

होसीयारः यौनजीवनसँग आबद्ध महिलामा हुनसक्छ, पाठेघरको मुखको क्यान्सर

होसीयारः यौनजीवनसँग आबद्ध महिलामा हुनसक्छ, पाठेघरको मुखको क्यान्सर

२०७६, ६ फाल्गुन मंगलवार १०:१३

रंगशाला निर्माण सहयाेगार्थ निर्मित फिल्म ‘सेन्टी भाइरस’ को गीत ‘ए नि लै’ सार्वजनिक

रंगशाला निर्माण सहयाेगार्थ निर्मित फिल्म ‘सेन्टी भाइरस’ को गीत ‘ए…

२०७६, ७ फाल्गुन बुधबार १८:११

तेन्दुलकरलाई ‘लउरेस स्पोर्टिङ मोमेन्ट’ अवार्डबाट सम्मानित

तेन्दुलकरलाई ‘लउरेस स्पोर्टिङ मोमेन्ट’ अवार्डबाट सम्मानित

२०७६, ६ फाल्गुन मंगलवार १७:५६

दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु

२०७६, ६ फाल्गुन मंगलवार १७:५४

‘‘ईन्तु, परन्तु, किन्तुको अर्थ छैन्, सिधा बर्खास्त गर्नुहोस।’’

‘‘ईन्तु, परन्तु, किन्तुको अर्थ छैन्, सिधा बर्खास्त गर्नुहोस।’’

२०७६, ८ फाल्गुन बिहीबार १०:२०

‘मिर्मिर कपालैमा’ लिएर आए  घोरासैनी

‘मिर्मिर कपालैमा’ लिएर आए  घोरासैनी

२०७६, ६ फाल्गुन मंगलवार ०८:५१

पर्यटक बढाउन ‘चितुवा’

पर्यटक बढाउन ‘चितुवा’

२०७६, ६ फाल्गुन मंगलवार १५:२६

अब टेलिकमले पनि इन्टरनेटमा आधारित टेलिभिजन सेवा दिने

अब टेलिकमले पनि इन्टरनेटमा आधारित टेलिभिजन सेवा दिने

२०७६, ६ फाल्गुन मंगलवार १४:५८

पर्साका ५ प्रतिशत नागरिक भारतीय ढिकेनुनमाथि निर्भर

पर्साका ५ प्रतिशत नागरिक भारतीय ढिकेनुनमाथि निर्भर

२०७६, ६ फाल्गुन मंगलवार १७:५२

एफआई इन्जिन र एबीएससहित ‘पल्सर २२०’ सार्वजनिक

एफआई इन्जिन र एबीएससहित ‘पल्सर २२०’ सार्वजनिक

२०७६, ६ फाल्गुन मंगलवार १७:३६

हिरोकाे १ सय ६० सीसीको नयाँ मोटरसाइकल सार्वजनिक

हिरोकाे १ सय ६० सीसीको नयाँ मोटरसाइकल सार्वजनिक

२०७६, ६ फाल्गुन मंगलवार १६:०१

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ८ फाल्गुन बिहीबार २०:०१