भक्तपुर– विश्व सम्पदा सूचीमा सूचीकृत विश्व प्रसिद्ध ङातापोल्हँ अर्थात् पाँचतले मन्दिर जीर्णोद्धारका क्रममा मौलिक शैलीलाई मास्न नहुने विज्ञहरुले सुझाव दिएका छन्। भक्तपुर नगरपालिकाले उक्त मन्दिरको जीर्णोद्धार गरिरहेको छ।

राजा भूपतिन्द्र मल्लले १७०२ सालमा निर्माण गरेको ङातापोल्हँ अर्थात् पाँचतले मन्दिर जीर्णोद्धारका क्रममा मन्दिरको सम्पूर्ण भागको राम्रोसँग प्राविधिक अध्ययन गरेर मौलिक रूप दिनपर्ने सुझाव विज्ञहरूले दिएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिएका छन्।

नेपाल मजदूर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले नेपाल भूकम्पीय जोखिमको हिसाबले ११औँ स्थानमा रहेको हुनाले ङातापोल्हँ मन्दिरका लागि मौलिक प्रविधिका साथै स्थानीय गुणस्तरीय सामग्री प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्। उनले सम्पदा पुनःनिर्माण र जीर्णोद्धार गर्दा कामको गुणस्तर र आर्थिक अनुशासनलाई ध्यान दिँदै उपभोक्ता समितिअन्तर्गत काम गर्ने र मुख्यमुख्य सम्पदाको भूकम्पअघि र पछिको विस्तृत अध्ययन गरेर मात्र अगाडि बढ्नुपर्ने सुझाव दिएका छन्।

वाग्मती प्रदेशका प्रदेश सदस्य सुरेन्द्रराज गोसाइँले यसरी नै हरेक ऐतिहासिक र पुरातात्विक सम्पदाको पुनःनिर्माण वा जीर्णोद्धार गर्दा सांस्कृतिक सम्पदाहरुको मौलिक नाम संरक्षण गर्नपर्ने धारणा राखेका छन्।

जीर्णोद्धारका क्रममा नगरपालिकाले सम्बन्धित विज्ञहरुसँग सुझाव सङ्कलन गर्ने क्रममा ङातापोल्हँ अर्थात् पाँचतले मन्दिरको परम्परागत मौलिकतालाई जोगाउन ध्यान दिनपर्ने सुझाव आएको नगरपालिकाका प्रमुख प्रजापतिले जानकारी दिएका छन्।

उनले ङातापोल्हँ ३१७ वर्षसम्म पनि जस्ताको तस्तै ठडिएर रहनु उत्कृष्ट प्रविधिको प्रमाण भएको बताउँदै भूकम्पपछिको भक्तपुरका सम्पदाको पुनःनिर्माणमा नगरपालिकाले मौलिक शैली र प्रविधिलाई जोड दिँदै पुरानै मौलिक स्वरूपमा जीर्णोद्धार गर्दै आएको बताएका छन्।

विज्ञहरुको सुझावलाई ध्यान दिँदै मन्दिरमा अवस्थित हरेक वस्तुको क्षतिबारे अध्ययन र अनुसन्धान गर्दै अभिलेखीकरण गरेर अघि बढ्ने जानकारी दिँदै उनले पुनःनिर्माणका लागि काठको अभाव रहेकाले सरकारले सहजरूपमा राम्रो काठ समयमा उपलब्ध गराउनपर्ने माग गरेका छन्। रासस

लोकप्रिय

कालोपत्रको काम पुनः सञ्चालन गराउने सहमति

कालोपत्रको काम पुनः सञ्चालन गराउने सहमति

२०७६, १० फाल्गुन शनिबार २०:०१

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ९ फाल्गुन शुक्रबार १९:५७

शनिबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयो कि ?

शनिबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयो कि ?

२०७६, १० फाल्गुन शनिबार १९:२५

श्रीमानसँग यौन सम्बन्ध राख्दा श्रीमतीको मृत्यु

श्रीमानसँग यौन सम्बन्ध राख्दा श्रीमतीको मृत्यु

२०७६, ९ फाल्गुन शुक्रबार १५:०३

भारतिवरूद्धकाे टेष्ट दाैरान न्युजिल्याण्डका रोस टेलरले बनाए विश्व कीर्तिमान

भारतिवरूद्धकाे टेष्ट दाैरान न्युजिल्याण्डका रोस टेलरले बनाए विश्व कीर्तिमान

२०७६, ९ फाल्गुन शुक्रबार १२:५२

टी–२० महिला विश्वकपः अस्ट्रेलियाविरुद्ध भारत विजयी

टी–२० महिला विश्वकपः अस्ट्रेलियाविरुद्ध भारत विजयी

२०७६, ९ फाल्गुन शुक्रबार १६:५८

गल्ती गर्ने छुट कसैलाई छैनः अध्यक्ष दाहाल

गल्ती गर्ने छुट कसैलाई छैनः अध्यक्ष दाहाल

२०७६, १० फाल्गुन शनिबार १६:४५

बलिउड अभिनेत्री शिल्पा शेट्टीले जन्माइन् छाेरी

बलिउड अभिनेत्री शिल्पा शेट्टीले जन्माइन् छाेरी

२०७६, ९ फाल्गुन शुक्रबार १४:५१

नैतिक शिक्षाको खाँचोः प्रदेश प्रमुख शेरचन

नैतिक शिक्षाको खाँचोः प्रदेश प्रमुख शेरचन

२०७६, ११ फाल्गुन आईतवार ०८:३९

फिल्म ‘प्रेम गीत ३’ काे शीर्ष गीत सार्वजनिक (भिडियाेसहित)

फिल्म ‘प्रेम गीत ३’ काे शीर्ष गीत सार्वजनिक (भिडियाेसहित)

२०७६, ९ फाल्गुन शुक्रबार १८:४५

राँके–रवी–भेडेटारसडक निर्माणले गति लियो

राँके–रवी–भेडेटारसडक निर्माणले गति लियो

२०७६, १० फाल्गुन शनिबार ०७:०२

गोरखपुरबाट नेपालसम्म पाइपलाइनमा ग्यास

गोरखपुरबाट नेपालसम्म पाइपलाइनमा ग्यास

२०७६, १० फाल्गुन शनिबार ०६:४६

हिलो र धुलोका समस्याले बन्द बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

हिलो र धुलोका समस्याले बन्द बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

२०७६, १० फाल्गुन शनिबार ०८:०९

विभिन्न ठाँउमा सवारी दुर्घटना हुदा पाँचजनाको मृत्यु

विभिन्न ठाँउमा सवारी दुर्घटना हुदा पाँचजनाको मृत्यु

२०७६, ९ फाल्गुन शुक्रबार १९:०९

”नैतिकताको आधारमा प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ”

”नैतिकताको आधारमा प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ”

२०७६, ११ फाल्गुन आईतवार ००:१३