दमौली, २६ माघ – तनहुँको देवघाट गाउँपालिका–५ स्थित महेश सन्यास आश्रममा दाताको सहयोगमा रु पाँच करोडको लागतमा गुरुकुल निर्माण गरिएको छ ।

संस्कृत शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि उक्त सुविधासम्पन्न भवन निर्माण गरिएको महेश सन्यास आश्रम तथा महेश संस्कृत गुरुकुलका पिठाधीश श्री १००८ स्वामी रमणानन्द गिरीजी महाराजले जानकारी दिनुभयो ।

संस्कृत शिक्षाप्रति युवामा आकर्षण जगाउन र शिक्षामैत्री वातावरण बनाउनका लागि उक्त सुविधासम्पन्न भवन निर्माण गरिएको उहाँले बताउनुभयो । भवन निर्माणका लागि विभिन्न सहयोगी दाताबाट रकम सङ्कलन गरिएको थियो ।

बयालीस कोठा रहेको सो भवनको ३५ कोठा सहयोगी दाताले आफ्ना पितृको सम्झनामा निर्माण गरिदिएका थिए । बाँकी रकम भने विश्वविद्यालय अनुदान आयोगले उपलब्ध गराएको आश्रमका सल्लाहकार एवं देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिनुभयो । उक्त भवनमा कक्षा ६ देखि आचार्य एमएसम्मको संस्कृत शिक्षाको पढाइ गरिने भएको छ ।

सूचना अधिकारीको नाम र नम्बर राखिने

जिल्लास्थित सबै सरकारी कार्यालयका सूचना अधिकारीको नाम र नम्बर कार्यालय परिसरमा प्रष्ट देखिने गरी राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको छलफलपछि सूचना अधिकारीले आ–आफ्नो कार्यालय परिसरमा फोटोसहितको नाम र नम्बर राख्ने प्रतिबद्धता जनाएका हुन् ।

जनतालाई सहजरूपमा सूचनामा पहुँच पु¥याउन नाम र नम्बर देखिने ठाउँमा राख्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो ।

सरकारी कार्यालयमा माग गरिने सूचना र दिइएको सूचनाको छुट्टै लगत राखी सूचना अधिकारीबाट प्रमाणित गरी त्यसको विवरण राख्ने र सूचनाको पहुँच पु¥याउन आधुनिक प्रविधिको प्रयोग गरिनेमा पनि सूचना अधिकारीले प्रतिबद्धता जनाएको उहाँले बताउनुभयो ।

सूचना माग्न एउटा मात्र निवेदन

सूचनाको हकसम्बन्धी ऐन २०६४ र नियमावली २०६५ बमोजिम सूचना माग गर्दै जिल्लामा चालू आर्थिक वर्ष २०७५÷७६ मा एउटा मात्र निवेदन दर्ता भएको छ ।

जिल्ला समन्वय समितिको कार्यालयमा चालू वर्षमा सूचनाको हक प्रयोग गरी एउटा मात्र निवेदन दर्ता भएको समन्वय समितिका सूचना अधिकारी अनिल खनालले जानकारी दिनुभयो ।

यसैगरी व्यास नगरपालिकामा गत आर्थिक वर्षमा सूचनाको हक प्रयोग गरी पाँच सूचना माग गरिएकामा यस वर्ष भने एउटा पनि निवेदन दर्ता नभएको सूचना अधिकारी गोकर्ण वाग्लेले जानकारी दिनुभयो । रासस

लोकप्रिय

‘विप्लवको नेपाल बन्द: प्रतिष्ठा जोगाउने लडाइँ, द्वन्द्वकालकै धङधङी’

‘विप्लवको नेपाल बन्द: प्रतिष्ठा जोगाउने लडाइँ, द्वन्द्वकालकै धङधङी’

२०७६, ५ बैशाख बिहीबार १५:४१

‘महालेखा परीक्षकको कार्यालयलाई विषरहित सर्पजस्तो बनाइएको छ’

‘महालेखा परीक्षकको कार्यालयलाई विषरहित सर्पजस्तो बनाइएको छ’

२०७६, ६ बैशाख शुक्रबार १८:२३

प्रदेश सरकारले प्रतिपक्षीलाई विभेद गरेको गुनासो

प्रदेश सरकारले प्रतिपक्षीलाई विभेद गरेको गुनासो

२०७६, ६ बैशाख शुक्रबार १८:४३

अप्रत्यासित

अप्रत्यासित

२०७६, ६ बैशाख शुक्रबार १६:१३

एनआईसी एशिया र क्यान्सर अस्पतालबीच सम्झौता

एनआईसी एशिया र क्यान्सर अस्पतालबीच सम्झौता

२०७६, ५ बैशाख बिहीबार १८:३८

पतकर, समय ढल्केको मेकानिक र ग्यारेज

पतकर, समय ढल्केको मेकानिक र ग्यारेज

२०७६, ६ बैशाख शुक्रबार १४:३५

काठमाडौँ-दिल्ली हवाई भाडा तीन गुणा बढ्यो

काठमाडौँ-दिल्ली हवाई भाडा तीन गुणा बढ्यो

२०७६, ६ बैशाख शुक्रबार ०७:२८

पोखरा विमानस्थलको रन वे निर्माण सम्पन्न (फोटोसहित)

पोखरा विमानस्थलको रन वे निर्माण सम्पन्न (फोटोसहित)

२०७६, ६ बैशाख शुक्रबार ०८:४४

आज देशका अधिकांश भागमा मौसम सामान्य बदली

आज देशका अधिकांश भागमा मौसम सामान्य बदली

२०७६, ६ बैशाख शुक्रबार ०६:२१

हुलाकी राजमार्गका जग्गाधनीलाई मुआब्जा वितरणा शुरू

हुलाकी राजमार्गका जग्गाधनीलाई मुआब्जा वितरणा शुरू

२०७६, ५ बैशाख बिहीबार १४:४०

गिद्धको संख्यामा वृद्धि

गिद्धको संख्यामा वृद्धि

२०७६, ५ बैशाख बिहीबार १३:१७

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२०७६, ७ बैशाख शनिबार ०६:५९

आंशिक रुपमा वृद्धभत्ता हटाउने सरकारको तयारी

आंशिक रुपमा वृद्धभत्ता हटाउने सरकारको तयारी

२०७६, ६ बैशाख शुक्रबार ०८:१९

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

२०७६, ७ बैशाख शनिबार ०७:१५

नगरपालिकाले दियो रावलको छोरालाई पाण्डेको ‘मार्कसिट’

नगरपालिकाले दियो रावलको छोरालाई पाण्डेको ‘मार्कसिट’

२०७६, ६ बैशाख शुक्रबार १३:४३