बैतडी– जिल्लाको प्रसिद्ध वनारसी मन्दिर (विश्वनाथ धाम)मा हरेक वर्ष माघ शुक्ल दशमीका दिन जात्रा हुने गर्छ। अन्य मन्दिरमा ब्राम्हण समुदायका मानिस पूजारी हुने भएपनि यो मन्दिरमा भने दलित समुदायका पूजारी छन्। दलित समुदायका पूजारीले पूजा गरिसकेपछि सबै समुदायका दर्शनार्थीले प्रसाद र टीका ग्रहण गर्दछन्।

मंगलबार गाउँगाउँबाट बाजागाजासहित जात्रा आएपछि पूजारी झुले लुहारले वनारसी देवताको पूजाआजा गर्दै सबैलाई टीका प्रसाद लगाइ दिएपछि जात्राको समापन भएको छ। वनारसी मन्दिरमा परापूर्वकालदेखि दलित समुदायका मानिसले पूजारीको काम गर्दै आएका छन्। यसले जातीय भेदभाव गर्नुहुँदैन भन्ने कुरा सिकाएको छ।

पाटन नगरपालिका ३ का स्थानीय हरिदत्त पन्तले कतिपय ठाउँमा दलित समुदायका मानिसलाई मन्दिर प्रवेश गर्न दिँइदैन।तर, यो मन्दिरका दलित नै पूजारी छन्। वनारसी जात्रा सामुदायिक सद्भाव कायम गर्ने र जातीय भेदभाव न्यूनीकरणका लागि राम्रो उदाहरण भएको दलित अधिकारकर्मी रमेश कोलीले बताए। उनले भने, ’धार्मिक हिसाबमा जातीय छुवाछुत हुँदैन। यो पछि चलाएको चलन हो भन्ने कुरा वनारसी जात्राले पुष्टी गर्दछ।’

वनारसी जात्रामा बैतडीसहित अन्य जिल्लाका दर्शनार्थी आउने गर्दछन्। वनारसी मन्दिरको जात्राबाट धार्मिक लाभ मात्र नभइ सामाजिक लाभ समेत हुने गरेको पाटनका स्थानीयबासी वसन्त बिष्टले बताए।

जात्रामा हजारौं दर्शनार्थीको सहभागीता रहेको पाटन ३ का गणेशदत्त पन्तले बताए । वनारसी मन्दिरमा १२ औं शताब्दीबाटै जात्रा हुने गरेको स्थानीयबासी बताउँछन् । सोही बेलादेखि सो मन्दिरमा सबै समुदायका मानिस एकै ठाउँमा बसेर पूजाआजा गर्ने गरेको किम्बदन्ती रहेको छ। देवता र राक्षस बीच लडाईँ हुँदा खोपरे दैत्य नामक राक्षसलाई वनारसी देवताले मारेको भनाइ छ।

वनारसी धाम नै विश्वनाथ ज्योर्ति्लिङ्ग भएको जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले बताए। उनले भने, ’शास्त्रमा उल्लेख भएअनुसार पौराणिक सरयु नदी अर्थात् सुर्नयाको किनारमा विश्वनाथ धाम अवस्थित छ। त्यसैले वनारसी धाम नै विश्वनाथ ज्योतिर्लिङ्ग हो।’

लोकप्रिय

कालोपत्रको काम पुनः सञ्चालन गराउने सहमति

कालोपत्रको काम पुनः सञ्चालन गराउने सहमति

२०७६, १० फाल्गुन शनिबार २०:०१

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ९ फाल्गुन शुक्रबार १९:५७

शनिबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयो कि ?

शनिबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयो कि ?

२०७६, १० फाल्गुन शनिबार १९:२५

श्रीमानसँग यौन सम्बन्ध राख्दा श्रीमतीको मृत्यु

श्रीमानसँग यौन सम्बन्ध राख्दा श्रीमतीको मृत्यु

२०७६, ९ फाल्गुन शुक्रबार १५:०३

भारतिवरूद्धकाे टेष्ट दाैरान न्युजिल्याण्डका रोस टेलरले बनाए विश्व कीर्तिमान

भारतिवरूद्धकाे टेष्ट दाैरान न्युजिल्याण्डका रोस टेलरले बनाए विश्व कीर्तिमान

२०७६, ९ फाल्गुन शुक्रबार १२:५२

टी–२० महिला विश्वकपः अस्ट्रेलियाविरुद्ध भारत विजयी

टी–२० महिला विश्वकपः अस्ट्रेलियाविरुद्ध भारत विजयी

२०७६, ९ फाल्गुन शुक्रबार १६:५८

गल्ती गर्ने छुट कसैलाई छैनः अध्यक्ष दाहाल

गल्ती गर्ने छुट कसैलाई छैनः अध्यक्ष दाहाल

२०७६, १० फाल्गुन शनिबार १६:४५

बलिउड अभिनेत्री शिल्पा शेट्टीले जन्माइन् छाेरी

बलिउड अभिनेत्री शिल्पा शेट्टीले जन्माइन् छाेरी

२०७६, ९ फाल्गुन शुक्रबार १४:५१

नैतिक शिक्षाको खाँचोः प्रदेश प्रमुख शेरचन

नैतिक शिक्षाको खाँचोः प्रदेश प्रमुख शेरचन

२०७६, ११ फाल्गुन आईतवार ०८:३९

फिल्म ‘प्रेम गीत ३’ काे शीर्ष गीत सार्वजनिक (भिडियाेसहित)

फिल्म ‘प्रेम गीत ३’ काे शीर्ष गीत सार्वजनिक (भिडियाेसहित)

२०७६, ९ फाल्गुन शुक्रबार १८:४५

राँके–रवी–भेडेटारसडक निर्माणले गति लियो

राँके–रवी–भेडेटारसडक निर्माणले गति लियो

२०७६, १० फाल्गुन शनिबार ०७:०२

गोरखपुरबाट नेपालसम्म पाइपलाइनमा ग्यास

गोरखपुरबाट नेपालसम्म पाइपलाइनमा ग्यास

२०७६, १० फाल्गुन शनिबार ०६:४६

हिलो र धुलोका समस्याले बन्द बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

हिलो र धुलोका समस्याले बन्द बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

२०७६, १० फाल्गुन शनिबार ०८:०९

विभिन्न ठाँउमा सवारी दुर्घटना हुदा पाँचजनाको मृत्यु

विभिन्न ठाँउमा सवारी दुर्घटना हुदा पाँचजनाको मृत्यु

२०७६, ९ फाल्गुन शुक्रबार १९:०९

”नैतिकताको आधारमा प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ”

”नैतिकताको आधारमा प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ”

२०७६, ११ फाल्गुन आईतवार ००:१३