मार्तडी, २६ माघ –सरकारले अरुको हलो जोतेर घरपरिवार पाल्दै आएका मुक्त हलियालाई पुनःस्थापना गर्नका लागि विसं २०६५ भदौ २१ गते मुक्त हलिया घोषणासहित पाँच बुँदे सम्झौतामा हस्ताक्षर गर्‍याे।

वर्षेनी जग्गाधनीको हलो जोतेर घरपरिवार पाल्दै आएका हलियालाई पुनःस्थापना गर्नका लागि सरकारले कार्यक्रम ल्याएको हो। तर पनि जिल्लाका मुक्त हलियाको भने साहुको हलो जोत्ने काम छुटेको छैन। सरकारले हलियालाई मुक्त घोषणाका विभिन्न बुँदामा सहमति भई सम्झौता गरेअनुसारको काम गर्दै आएको भए पनि हलिया भने हलो जोतेर गुजारा चलाउँदै आएका छन्।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जिल्ला हलिया पुनःस्थापना कार्यदलको सिफारिशका आधारमा कदेखि ‘घ’ वर्गको परिचयपत्र दिएको छ। उनीहरुलाई परिचयपत्र दिएको भए पनि साहुको हलो भने जोत्न नछाडेको मुक्त हलिया पुनःस्थापना जिल्ला कार्यदल बाजुराका सदस्यसचिव तथा मालपोत कार्यालय बाजुराका प्रमुख लक्ष्मणदेव पाण्डेले बताए।

मुक्त हलियालाई जग्गा खरीद, घर निर्माण र मर्मतकार्य गरी उनीहरुलाई पुनःस्थापना गर्दै वर्षैनी करोडाैँ रकम दिने गरेको भए पनि उनीहरुले हलो जोत्न नछाडेको बताइएको छ। उनीहरु भन्छन्- ‘सरकारले जति पैसा दिए पनि साहुको हलो नजोते भोकभोकै बस्नुपर्छ। घर निर्माण र मर्मत गरेर भोकै बस्न नसकिने भएकाले हलो जोत्ने गरेका हौँ।’

जिल्लामा हलियाको मुक्तिका लागि आन्दोलन गर्ने गैरसरकारी संस्थाको लगानीसमेत खेर जान थालेको हलिया मुक्ति आन्दोलनका अगुवा गोरखबहादुर सार्कीले बताए। साहुको रु. १० ऋण लिएर पुस्तौपुस्तासम्म हलो जोत्ने प्रथाको भने न्यूनीकरण हुँदै गएको जिल्ला दलित नेटवर्कका वीरबहादुर विश्वकर्माले बताए। परापूर्वकालदेखि साहुको ऋण लिएवापत सयौँ पुस्ता हलो जोत्नुपर्ने बाध्यता हटेको विश्वकर्माको भनाइ छ।

१६ करोड वितरण
बाजुरा जिल्लाका नौ स्थानीय तहमा रहेका एक हजार ६३३ हलियालाई मुक्त हलिया पुनःस्थापना कार्यक्रममा आएको रकम वितरण गरिएको हलिया पुनःस्थापना तथा जिल्ला मालपोत कार्यालय बाजुराले जनाएको छ।

मुक्त हलियामा परेका विभिन्न वर्गकालाई रु. एक लाख २५ हजारदेखि रु पाँच लाखसम्म रकम दिएको कार्यालय प्रमुख पाण्डे बताउँछन्। आव २०७५/७६ मा मुक्त हलिया पुनःस्थापनाका लागि रु. १६ करोड ७८ लाख ८७ हजार रकम मुक्त हलियाको बैंक खातामा जम्मा गरेको कार्यालय प्रमुख पाण्डेको भनाइ छ।

मुक्त हलिया पुनःस्थापनाका लागि घर निर्माणका लागि ३६, जग्गा खरीदका लागि ४७ र घर मर्मतका लागि ६७४ ले रकम लिएका छन्। जग्गा खरीदमा रु. दुई लाख, घर निर्माणका लागि रु. तीन लाख २५ हजार र घर मर्मतका लागि रु. एक लाख २५ हजारका दरले रकम वितरण गरिएको छ।(रासस)

लोकप्रिय

पर्वतमा बम विष्फोट, दुईकाे अवस्था गम्भीर

पर्वतमा बम विष्फोट, दुईकाे अवस्था गम्भीर

२०७६, ६ जेष्ठ सोमबार १०:४२

कर्मचारी-भूमाफियाको मिलेमतोमा मैतीदेवी मन्दिर बेचियो

कर्मचारी-भूमाफियाको मिलेमतोमा मैतीदेवी मन्दिर बेचियो

२०७६, ६ जेष्ठ सोमबार ०६:३०

पर्साको उत्तरी भेग झब्रहामा प्रहरीको छापा

पर्साको उत्तरी भेग झब्रहामा प्रहरीको छापा

२०७६, ६ जेष्ठ सोमबार २०:०९

कञ्चनपुरमा पहिलो पटक अन्तर्राष्ट्रिय शैक्षिक मेला हुँदै

कञ्चनपुरमा पहिलो पटक अन्तर्राष्ट्रिय शैक्षिक मेला हुँदै

२०७६, ५ जेष्ठ आईतवार १९:१८

छेला औद्योगीक क्षेत्रको काम तत्काल सुरु हुने

छेला औद्योगीक क्षेत्रको काम तत्काल सुरु हुने

२०७६, ६ जेष्ठ सोमबार २०:२०

राजनीतिमा मौलाउँदो अमर्यादित चरित्र

राजनीतिमा मौलाउँदो अमर्यादित चरित्र

२०७६, ६ जेष्ठ सोमबार २०:००

कृष्ण र सिर्जुको स्वरमा ‘रेलिमै’ (भिडियोसहित)

कृष्ण र सिर्जुको स्वरमा ‘रेलिमै’ (भिडियोसहित)

२०७६, ५ जेष्ठ आईतवार ०६:५४

‘नेपाल–भारतका सुरक्षा निकायबीच राम्रो समन्वय छ’

‘नेपाल–भारतका सुरक्षा निकायबीच राम्रो समन्वय छ’

२०७६, ६ जेष्ठ सोमबार ०९:५९

जनता माविलाई रुंगटाको ५ लाख सहयोग

जनता माविलाई रुंगटाको ५ लाख सहयोग

२०७६, ६ जेष्ठ सोमबार १९:४८

‘अपहरणमा परेँ’ भन्दै आफ्नै बाबुसँग पैसा माग्ने पक्राउ

‘अपहरणमा परेँ’ भन्दै आफ्नै बाबुसँग पैसा माग्ने पक्राउ

२०७६, ५ जेष्ठ आईतवार १७:३२

गण्डकीका १ सय १० पर्यटकीय गन्तव्य सार्वजनिक

गण्डकीका १ सय १० पर्यटकीय गन्तव्य सार्वजनिक

२०७६, ५ जेष्ठ आईतवार १४:४३

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

२०७६, ७ जेष्ठ मंगलवार ०८:३६

कप्तानबिना प्रदेश २ को क्रिकेट टोली घोषणा

कप्तानबिना प्रदेश २ को क्रिकेट टोली घोषणा

२०७६, ६ जेष्ठ सोमबार २०:०१

तिलोत्तमामा पुनः नापी शुरू

तिलोत्तमामा पुनः नापी शुरू

२०७६, ६ जेष्ठ सोमबार १८:५६

आर्थिक कूटनीतिको मस्यौदा तयार

आर्थिक कूटनीतिको मस्यौदा तयार

२०७६, ७ जेष्ठ मंगलवार ०७:५४