पोखरा, २६ माघ –पोखरा महानगरपालिकाले फेवाताल संरक्षण अभियान थालेको छ। सरकारी स्तरबाटै पहल सुरु भएपछि यसले पाखरेलीमाँझ फेवाताल संरक्षण हुनेमा आश जगाएको छ।

गत माघ १४ गते फेवाताल किनारमा रहेको माटोको ढिस्कोमा पोखरा महानगरपालिकाले डोजर चलाएर फेवाताल बङ्लादी र गाईघाट क्षेत्रको ढिस्को सम्याएको हो। ढिस्को हटेपछि तालको आकार फैलिएको छ।

ढिस्को हटाउने काम तत्काललाई रोकिएको महानगर जानकारी दिएको छ। प्रदेश सरकारसँग सहकार्य गरेर संरक्षणमा अघि बढ्ने महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले बताए। ‘प्रदेश सरकारसँग सहकार्य गरेर हर्पन खोलाको माथिल्लो तट क्षेत्र सम्याउँछौं’, उनले भने, ‘अन्य संरक्षणका काम पनि क्रमशः अगाडि बढ्छ।’ बङ्लादी र गाईघाट गरी २८ हजार वर्गमिटर माटो निकालिएको उनले जानकारी दिए। फेवातालबाट निकालिएको माटो केही मात्रामा रंगशालामा लगिएको र हिलो माटो कोमागाने पार्कमा राखिएको उनले बताए।

प्रदेश सरकारले पनि फेवाताल संरक्षणमा उत्तिकै चासो देखाएको छ। सरकारले फेवाताल संरक्षणको निम्ति पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ।

सरकारी स्तरबाटै फेवाताल संरक्षण अभियान थालनी हुनु पोखरेलीका लागि निकै खुशीको विषय भएको पोखरेली युवा सांस्कृतिक परिवारका पूर्वअध्यक्ष शिव थापा बताउँछन्। ‘यो त एकदमै राम्रो कुरा हो’, नेपाली पब्लिकसँग उनले भने, ‘यसमा हामी सबैले साथ दिनुपर्छ। महानगरले स्वागतयोग्य काम गरेको छ।’ कसैले व्यक्तिगत स्वार्थका लागि अवरोध गर्न नहुने उनको भनाई छ।

अतिक्रमित जग्गा छानबिन समितिको प्रतिवेदन अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को निर्णय अनुरुप आदेश प्राप्त भएको मितिले ६ महिनाभित्र फेवातालको ४ किल्ला र ६ मिटर मापदण्ड कायम गर्न गण्डकी प्रदेश सरकारलाई आदेश दिइएको थियो। आदेश पाएलगत्तै माघ २ गते गण्डकी प्रदेशले फेवाताल अतिक्रमण रोेकेर पुरानै संरचनामा फर्काउन मन्त्रीस्तरीय समिति गठन गरेको थियो।

सर्वोच्चको आदेशले फेवाताल संरक्षण गर्न आफूहरुलाई सजिलो भएको पोखरा महानगरपालिकाका मेयर मान बहादुर जि.सी. बताउँछन्। ‘फेवाताल संरक्षणमा हामी पहिल्यैदेखि चिन्तित थियौँ’, उनले भने, ‘अब हामी प्रदेश सरकारसँग सहकार्य गरेर संरक्षणमा जुट्छौँ।’

फेवाताल गण्डकी प्रदेशको विकास र समृद्धिको मुल आधार भएको गण्डकी प्रदेशका सांसद राजीव पहारी बताउँछन्। ‘फेवाताल नेपालकै महत्वपूर्ण सम्पत्ति हो, नीधि हो। प्रकृतिले दिएको अमूल्य वरदान हो’, नेपाली पब्लिकसँग उनले भने, ‘फेवाताल आधा भन्दा बढी भाग पुरिइसकेको छ। अझै पनि अतिक्रमण भई नै रहेको छ। प्रदुषण उस्तै छ। तसर्थ यसको संरक्षणमा कुनै हालतमा ढिलो गर्नु हुँदैन।’ फेवाताल संरक्षण गर्न सर्वोच्च अदालतबाट आदेश आईसकेको हुनाले यसको कार्यान्वयन गर्नुको कुनै विकल्प नरहेको उनको भनाई छ।

फेवाताल साँघुरिएर पोखरी हुँदै गएको उनले गुनासो गरे। ‘यसलाई पुरानै आकारमा फर्काउनुपर्छ’, उनले भने, ‘यही क्षेत्रबाट निर्वाचित जनप्रतिनिधी भएको हुनाले पनि म यसका लागि कम्मर कसेर लाग्छु।’ ६५ मिटर मापदण्ड भित्र परेका व्यक्तिलाई उचित मुअब्जा दिने काममा तीनै तहका सरकार मिलेर लाग्नुपर्ने उनको भनाई छ।

यसमा सम्पूर्ण जनताले सहयोग गर्नुहुन्छ भन्नेमा म पूर्ण विश्वस्त छुँ’, उनले भने, ‘तालै रहेन भने पर्यटक पोखरामा किन आउने? पोखराको कुनै अस्तित्व नै रहँदैन।’

फेवाताल संरक्षणमा प्रदेश सरकारले चालू आर्थिक वर्षमा १० करोड रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिए। फेवाताल संरक्षणमा स्थानीय, संघीय र प्रदेश सरकार तथा जनता सबै एकजुट भएर लाग्नुपर्ने उनको भनाई छ। महानगरको यस किसिमको पहलले फेवाताल संरक्षणमा आश जगाएको छानबिन समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेले बताए।

फोहोर पानीको ढल फेवातालमा मिसाएको पाइएको छ। सिसा र प्लास्टिकजस्ता फोहोर फ्याँकिएका कारण फेवाताल बर्षेनी कुरुप बन्दै गएको छ। कपडा धुने गरेकाले पनि ताल फोहोर बनेको हो।

यसतर्फ महानगरको ध्यान नपुगेको? भन्ने नेपाली पब्लिकको प्रश्नमा पोखरा महागरपालिकाका सूचना अधिकृत गंगालाल अधिकारीले समस्या समाधान गर्नै गाह्रो भइरहेको बताए। ‘जताततै भद्रगोल छ। तैपनि हामी सुधार गर्दैछौँ’, उनले भने।

श्याम रानामगर
रानामगर नेपाली पब्लिकका गण्डकी प्रदेश संयोजक हुन्।

लोकप्रिय

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

६ फाल्गुन २०७५, सोमबार

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

५ फाल्गुन २०७५, आईतवार

लागूऔषधसहित २ जना पक्राउ

लागूऔषधसहित २ जना पक्राउ

५ फाल्गुन २०७५, आईतवार

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

६ फाल्गुन २०७५, सोमबार

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

५ फाल्गुन २०७५, आईतवार

बाख्रापालनले गाउँको मुहार नै फेरियो

बाख्रापालनले गाउँको मुहार नै फेरियो

५ फाल्गुन २०७५, आईतवार

२००७ साल र त्यसपछिका क्रान्ति

२००७ साल र त्यसपछिका क्रान्ति

५ फाल्गुन २०७५, आईतवार

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

६ फाल्गुन २०७५, सोमबार

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

५ फाल्गुन २०७५, आईतवार

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

६ फाल्गुन २०७५, सोमबार

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

५ फाल्गुन २०७५, आईतवार

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

६ फाल्गुन २०७५, सोमबार

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

६ फाल्गुन २०७५, सोमबार

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

५ फाल्गुन २०७५, आईतवार

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

६ फाल्गुन २०७५, सोमबार