नवलपरासी– लुम्बिनी भ्रमण वर्षका अवसरमा ऐतिहासिक धार्मिक एवं पुरातात्विकस्थल ‘अनोेमाघाट’मा पूर्णिमा उत्सव मनाइयो। प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको समन्वयमा आइतबार साँझ भव्य रुपमा उत्सव मनाइएको हो। भगवान् गौतम बुद्धले बुद्धत्व प्राप्तिका लागि केश मुण्डन गरी गेरु वस्त्र धारण गरेको स्थलमा सो घाट सुपरिचित रहेको छ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा अवस्थित सो घाटलाई पर्यटकीयस्थलका रुपमा विकसित गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य प्रदेश सरकार र सुस्ता गाउँपालिकाले राखेका छन्। कार्यक्रममा प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले ऐतिहासिक स्थलको पूर्वाधार विकासमा सहयोग गर्ने जानकारी दिएका छन्। सो घाट बुद्धको अस्तु धातु रहेको ऐतिहासिक रामग्राम स्तूपबाट पूर्वतर्फ नारायणी–अनोमा नदीको किनारमा अवस्थित छ।

यही स्थललाई बुद्धको बुद्धत्व प्राप्तिको प्रस्थान विन्दु मानिन्छ। मान्छे किन बिरामी हुन्छ, किन दुःख पाउँछ, सुख पाउन के गर्नपर्छ, किन मर्नपर्छ ? भन्ने जान्न बुद्धले दरबार त्यागेर ज्ञानको खोजीमा निस्कँदा २९ वर्षको उमेरमा अनोमा नदी–त्रिवेणी नदीमा टाउको मुण्डन गरेर सन्यासी भिक्षु भएको बताइएको छ। बुद्धले अनोमा नदीमा दरबारिया लुगा खोलेर भिक्षुका पहेँला लुगा– गेरु वस्त्र लगाएको इतिहासविद् डा गितु गिरीले जानकारी दिएका छन्।

अनोमाघाटलाई व्यवस्थित गरी पौराणिक पर्यटकीयस्थलका रुपमा विकास गर्नपर्ने उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बताएका छन्। ‘अनोमाघाटको विकासका लागि प्रदेश सरकारले चासो देखाएको छ, स्थानीयस्तरबाट पनि यस क्षेत्रको प्रचारप्रसार र विकासका लागि चासो दिनपर्ने आवश्यकता छ, यस स्थलको व्यापक प्रचारप्रसार गरी पर्यटक भित्र्याउन हामीले पहल थालेका हौँ’, उनले भने।

पुरातात्विक स्थलको खोज, अनुसन्धान र विकास गर्न गाउँपालिका र प्रदेश सरकार लागिपरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिएका छन्।‘लुम्बिनी, रामग्राममा आउने पर्यटकलाई अनोमाघाटसम्म ल्याउने गरी विकास आवश्यक छ, प्रदेश सरकारले पनि दश बुद्धस्थलमध्ये एक महत्वपूर्ण स्थलका रुपमा प्राथमिकता दिएको छ’, उनले भने। रासस

लोकप्रिय

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

२०७६, १३ फाल्गुन मंगलवार १७:४८

शैक्षिक हड्ताल नगर्न अपिल

शैक्षिक हड्ताल नगर्न अपिल

२०७६, १४ फाल्गुन बुधबार १९:५९

प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’ चोरीको !

प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’ चोरीको !

२०७६, १४ फाल्गुन बुधबार १४:१८

जितको शुभकामनासहित नेपाली क्रिकेट टोलीको विदाइ

जितको शुभकामनासहित नेपाली क्रिकेट टोलीको विदाइ

२०७६, १४ फाल्गुन बुधबार १८:३८

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

२०७६, १३ फाल्गुन मंगलवार १६:११

अनुहारमा दाग आएर हैरान हुनुहुन्छ ? यस्ता छन् प्राकृतिक उपाय

अनुहारमा दाग आएर हैरान हुनुहुन्छ ? यस्ता छन् प्राकृतिक उपाय

२०७६, १४ फाल्गुन बुधबार १३:०५

अब टेलिकमले कल समाप्त भएलगत्तै ब्यालेन्सको जानकारी दिने

अब टेलिकमले कल समाप्त भएलगत्तै ब्यालेन्सको जानकारी दिने

२०७६, १४ फाल्गुन बुधबार १३:५१

म्याच फिक्सिङकाे आराेपमा दीपेश श्रेष्ठलाई २ वर्ष प्रतिबन्ध

म्याच फिक्सिङकाे आराेपमा दीपेश श्रेष्ठलाई २ वर्ष प्रतिबन्ध

२०७६, १४ फाल्गुन बुधबार १७:०३

टेष्ट वरियतामा खस्किए कोहली, स्मिथ बने नम्बर वान

टेष्ट वरियतामा खस्किए कोहली, स्मिथ बने नम्बर वान

२०७६, १४ फाल्गुन बुधबार १६:०९

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

२०७६, १३ फाल्गुन मंगलवार १३:१०

पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन महासंघको आग्रह

पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन महासंघको आग्रह

२०७६, १४ फाल्गुन बुधबार १९:०७

ट्रष्टको जग्गा लिज सम्बन्धमा सभापति देउवाको स्पष्टोक्ति

ट्रष्टको जग्गा लिज सम्बन्धमा सभापति देउवाको स्पष्टोक्ति

२०७६, १४ फाल्गुन बुधबार १९:५१

सुनचाँदिकाे मूल्यमा गिरावट

सुनचाँदिकाे मूल्यमा गिरावट

२०७६, १४ फाल्गुन बुधबार १३:५४

अलपत्र हुलाकी सडकखण्ड अघि बढाउन माग

अलपत्र हुलाकी सडकखण्ड अघि बढाउन माग

२०७६, १४ फाल्गुन बुधबार १५:१४

‘जुरासिक वर्ल्ड डाेमिनियन’ काे सुटिङ शुरू

‘जुरासिक वर्ल्ड डाेमिनियन’ काे सुटिङ शुरू

२०७६, १४ फाल्गुन बुधबार १८:१९