वीरेन्द्र कर्ण

वीरगञ्ज, २७ माघ – दुई दशकपछि स्थानीय तहमा आफैँले चुनेका जनप्रतिनिधिले गाउँको विकास गर्ने अपेक्षा मतदाताले लिएका थिए। तर, जनप्रतिनिधिमा देखिएको अन्योल, समस्या र बजेटमाथिको गिद्देदृष्टिका कारण प्रदेश नं. २ को पर्सा जिल्लामा रहेको स्थानीय तहमा भने जनअपेक्षाअनुसार बजेट खर्च हुनसकेको छैन।

कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साले सिंहदरबारको अधिकार स्थानीय तहमा बाँडिए पनि विकासप्रति उत्तरदायी हुन नसक्दा पर्सामा १ अर्ब ५५ लाख ८८ हजार रुपैयाँ बेरुजु भएको जनाएको छ।

स्थानीय चुनावपछि जितेर आएका जनप्रतिनिधिबीच देखिएको आपसी वैमनस्यको प्रत्यक्ष असर विकासनिर्माणमा परेको गुनासो पर्साका दुर्गम ठोरी गाउँपालिका–५ सुवर्णपुरका सामाजिक अभियानकर्मी चन्द्रबहादुर श्रेष्ठले गरे। उनले भने, “सङ्घीय सरकारले स्थानीय तहलाई भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पशुसेवा, महिला विकास, समाजिक सुरक्षा योजना अनुगमनलगायतका जिम्मेवारी प्रदान गरे पनि दरबन्दी अनुसारको दक्ष कर्मचारी अभावमा विकासे योजना कार्यान्वयन नहुँदा बेरुजु बढ्न गएको हाे।”

पर्सामा बेरुजु भएको रकममध्ये वीरगञ्ज महानगरपालिकामा ५१ करोड २२ लाख, पोखरिया नगरपालिकामा २ करोड ९१ लाख, बहुदरमाई नगरपालिकामा ५ करोड ५२ लाख, पर्सागढी नगरपालिकामा ५क रोड ८ लाख रुपैयाँ बेरुजु भएको देखिन्छ।

यसैगरी पर्साका गाउँपालिकामा भएको बेरुजुको तथ्याङ्क हेर्ने हो भने ठोरी गाउँपालिकामा ४ करोड ५० लाख, जगरनाथपुर गाउँपालिकामा ३ करोड ५८ लाख, धोबिनी गाउँपालिकामा ४ करोड ७ लाख, छिपहरमाई गाउँपालिकामा ५ करोड १३ लाख, पकहामैनपुर गाउँपालिकामा ४ करोड ४५ लाख, विन्दवासिनी गाउँपालिकामा ४ करोड ५९ लाख, सखुवाप्रसौनी गाउँपालिकामा ४ करोड ६१ लाख, पटेर्वासुगौली गाउँपालिकामा ५ करोड ९ लाख तथा वीरगञ्ज महानगरपालिकामा गाभिएको तत्कालीन वेलवामा ४ करोड ६७ लाख रुपैयाँ बेरुजु देखिएको छ।

प्रदेश नं. २ को ८ जिल्लामध्ये पर्साका अधिकांश स्थानीय तहमा दरबन्दी अनुसारको कर्मचारी अभाव देखिएका कारण जनप्रतिनिधिका लागि योजना छनोट गर्ने काम चुनौतीपूर्ण देखिएकाले यस्तो अवस्था आएको निर्मलबस्तीका लालबहादुर श्रेष्ठको भनाइ छ।

निर्वाचित जनप्रतिनिधिले बेरुजु रकम फछ्याेट गर्न नसकेको, बिलभन्दा बढी रकम भुक्तानी गरेको, भुक्तानी दिँदा बिल भर्पाइ नराखेको, गाउँसभा र नगरसभाको निर्णयबेगर योजना सञ्चालन गरेको, नक्कली उपभोक्ता समिति गठन गरी ठेकेदारमार्फत काम गराएको, अनुगमन मूल्याङ्कन कमजोर भएको, सेवाप्रवाहको प्रतिफल सन्तोषजनक नभएको, प्राथमिकता निर्धारण नगरी योजना छनोट गरेको जस्ता त्रुटिका कारण विकासे बजेट बेरुजु भएको बताइएको छ।

वीरगञ्ज महानगरपालिकामा मात्र देखिएको ५१ करोड २२ लाख रुपैयाँ बेरुजुबारे जिज्ञासा राख्दा प्रमुख प्रशासकीय अधिकृत डा. भीष्मकुमार भुसालले के के शीर्षकमा बेरुजु भएको छ, त्यसबारे हेर्न बाँकी रहेकाले अहिले बेरुजुबारे केही भन्न नसकिने बताए।

जनप्रतिनिधि नयाँ भएको र नगरसभा ढिलो भएकाले बेरुजु रकम बढ्नसक्ने पोखरिया नगरपालिकाका उपप्रमुख सलमा खातुनले बताए। उनका अनुसार बेरुजु रकम पुरानो भएकाले त्यसलाई नयाँ योजनामा खर्च गरिनेछ। जनप्रतिनिधिबीचको आन्तरिक किचलो, कर्मचारी व्यवस्थापन, नगर प्रमुख/उपप्रमुखबीचको मनमुटावका कारण पछिल्लो रकम खर्च हुन नसक्दा विकास निर्माणको काम पछि धकेलिएको पर्सावासीको आरोप छ।

पर्सा जिल्लामा १ महानगरपालिका, ३ नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तह छन्। (रासस)

लोकप्रिय

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

६ फाल्गुन २०७५, सोमबार

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

५ फाल्गुन २०७५, आईतवार

लागूऔषधसहित २ जना पक्राउ

लागूऔषधसहित २ जना पक्राउ

५ फाल्गुन २०७५, आईतवार

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

६ फाल्गुन २०७५, सोमबार

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

५ फाल्गुन २०७५, आईतवार

बाख्रापालनले गाउँको मुहार नै फेरियो

बाख्रापालनले गाउँको मुहार नै फेरियो

५ फाल्गुन २०७५, आईतवार

२००७ साल र त्यसपछिका क्रान्ति

२००७ साल र त्यसपछिका क्रान्ति

५ फाल्गुन २०७५, आईतवार

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

६ फाल्गुन २०७५, सोमबार

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

५ फाल्गुन २०७५, आईतवार

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

६ फाल्गुन २०७५, सोमबार

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

५ फाल्गुन २०७५, आईतवार

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

६ फाल्गुन २०७५, सोमबार

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

६ फाल्गुन २०७५, सोमबार

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

५ फाल्गुन २०७५, आईतवार

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

६ फाल्गुन २०७५, सोमबार