पोर्चुगल– प्रवासमा रहेर पनि बाग्लुङ समाज पोर्चुगलले आफ्नो कला संस्कृतिको जगेर्ना तथा प्रचार गर्दै आइरहेको छ। हरेक वर्ष विशेष मेलाको आयोजना गर्दै समाजले आफ्नो कला, संस्कृतिको जगेर्ना गर्दै आइरहेको हो।

यस वर्ष पनि चैतेदशैँको अवसर पारेर समाजले बागलुङको कला, संस्कृतिको प्रदर्शनका साथै भलिबल प्रतियोगिताको समेत आयोजना गरिनेको समाजका अध्यक्ष प्रेम खड्काले बताएका छन्। उनका अनुसार विदेशी र नेपाली समुदायलाई नेपाली लोकगीतमा छमछमी नचाइनेछ।

‘नेपाली कला, संस्कृति र परम्परालाई विदेशी भूमिमा उजागर गर्न लागेका छौँ’, उनले भन्, ‘यस्ता कार्यक्रमले नेपाल सरकारले आयोजना गरेको पर्यटन वर्षलाई सघाउनेछ।’ कार्यक्रमलाई सफल पार्न मूल व्यवस्थापन समितिसहित सात अन्य उपसमितिसमेत निर्माण गरिएको समाजका अध्यक्ष खड्का बताउँछन्। उनका अनुसार कार्यक्रम भव्यतापूर्वक सम्पन्न गर्न आर्थिक व्यवस्थापनको संयोजकमा समाजका उपाध्यक्ष ओमबहादुर कार्की र सहसंंयोजकमा महासचिव विक्रम गौतमलाई अघि सारिएको छ।

यस्तै सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमितिको संयोजकमा समाजका सचिव किरणदीप, खेल व्यवस्थापन उपसमितिको संयोजकमा उपाध्यक्ष हरि मगर, अतिथि सत्कार उपसमितिको संयोजकमा उपाध्यक्ष ज्ञानु गौतम, प्रचारप्रसार उपसमिति संयोजकमा फुर्वान रायमाझी, मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा विमल गौतम र स्वयंसेवक परिचालन उपसमिति संयोजकमा सुमन अखेली रहनुभएको छ।

मेलामा स्थानीय नेपाली कलाकारको पनि प्रस्तुति रहने मेलाका संयोजकसमेत रहनुभएका खड्काको भनाइ छ। उनले भलिबल खेलमा प्रथम हुनेलाई एक हजार ६०० यूरो र द्वितीय हुनेलाई एक हजार ५० यूरो पुरस्कार राशि राखिएको जानकारी दिएका छन्। यस्तै लोकगीत प्रतियोगितामा प्रथम हुने समूहलाई ५०० यूरो र द्वितीय हुने समूहलाई ३०० यूरो पुरस्कार प्रदान गर्ने समाजले घोषणा गरेको छ। मेला आगामी मार्च १५ तारिखमा आयोजना गरिने भएको छ। (रासस)

लोकप्रिय

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

२०७६, १३ फाल्गुन मंगलवार १७:४८

शैक्षिक हड्ताल नगर्न अपिल

शैक्षिक हड्ताल नगर्न अपिल

२०७६, १४ फाल्गुन बुधबार १९:५९

प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’ चोरीको !

प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’ चोरीको !

२०७६, १४ फाल्गुन बुधबार १४:१८

जितको शुभकामनासहित नेपाली क्रिकेट टोलीको विदाइ

जितको शुभकामनासहित नेपाली क्रिकेट टोलीको विदाइ

२०७६, १४ फाल्गुन बुधबार १८:३८

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

२०७६, १३ फाल्गुन मंगलवार १६:११

अनुहारमा दाग आएर हैरान हुनुहुन्छ ? यस्ता छन् प्राकृतिक उपाय

अनुहारमा दाग आएर हैरान हुनुहुन्छ ? यस्ता छन् प्राकृतिक उपाय

२०७६, १४ फाल्गुन बुधबार १३:०५

अब टेलिकमले कल समाप्त भएलगत्तै ब्यालेन्सको जानकारी दिने

अब टेलिकमले कल समाप्त भएलगत्तै ब्यालेन्सको जानकारी दिने

२०७६, १४ फाल्गुन बुधबार १३:५१

म्याच फिक्सिङकाे आराेपमा दीपेश श्रेष्ठलाई २ वर्ष प्रतिबन्ध

म्याच फिक्सिङकाे आराेपमा दीपेश श्रेष्ठलाई २ वर्ष प्रतिबन्ध

२०७६, १४ फाल्गुन बुधबार १७:०३

टेष्ट वरियतामा खस्किए कोहली, स्मिथ बने नम्बर वान

टेष्ट वरियतामा खस्किए कोहली, स्मिथ बने नम्बर वान

२०७६, १४ फाल्गुन बुधबार १६:०९

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

२०७६, १३ फाल्गुन मंगलवार १३:१०

पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन महासंघको आग्रह

पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन महासंघको आग्रह

२०७६, १४ फाल्गुन बुधबार १९:०७

ट्रष्टको जग्गा लिज सम्बन्धमा सभापति देउवाको स्पष्टोक्ति

ट्रष्टको जग्गा लिज सम्बन्धमा सभापति देउवाको स्पष्टोक्ति

२०७६, १४ फाल्गुन बुधबार १९:५१

सुनचाँदिकाे मूल्यमा गिरावट

सुनचाँदिकाे मूल्यमा गिरावट

२०७६, १४ फाल्गुन बुधबार १३:५४

अलपत्र हुलाकी सडकखण्ड अघि बढाउन माग

अलपत्र हुलाकी सडकखण्ड अघि बढाउन माग

२०७६, १४ फाल्गुन बुधबार १५:१४

‘जुरासिक वर्ल्ड डाेमिनियन’ काे सुटिङ शुरू

‘जुरासिक वर्ल्ड डाेमिनियन’ काे सुटिङ शुरू

२०७६, १४ फाल्गुन बुधबार १८:१९