
बनेपा, २७ माघ – काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७ सरस्वती बजारस्थित घर बनाउने क्रममा माथिल्लो तलाबाट फलामको पाइप खसेर पैदलयात्रीको मुत्यु भएपछि प्रहरीले ठेकेदार र कामदारलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ।
सरस्वती बजारस्थित सुवर्ण श्रेष्ठको घर बनाउने क्रममा गत सोमबार माथिल्लो तलाबाट फलामको पाइप खसेर पैदलयात्री महाभारत गाउँपालिका–३ का ५५ वर्षीय देवीबहादुर ठाडा मगर घाइते भएका र उनको उपचारका क्रममा मुत्यु भएपछि प्रहरीले ठेकेदार र कामदारलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार भक्तपुर नगरपालिका–२ घर भएका ठेकेदार कृष्णराम अवालसहित दुई कामदारलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ।
“ठेकेदारसहित ३ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ,” प्रहरी नायब उपरीक्षक गिरीले भने, “उहाँहरूले लापरवाही ढङ्गले काम गरेर निर्माण सामग्री खसी पैदलयात्रीको मुत्यु भएको छ, थप अनुसन्धान भइरहेकाले ज्यान मुद्दासम्बन्धीको कारवाही हुनसक्छ।”
घरधनी श्रेष्ठले भने यसअघि नै मृतक परिवारलाई ६ लाख क्षतिपूर्ति उपलब्ध गराइसकेको मृतकका आफन्त उपेन्द्र ठाडा मगरले बताए। ठेकेदारले भने क्षतिपूर्ति दिन इन्कार गरेको र कानूनबमोजिम नै हुने बताएपछि त्यहीअनुसार प्रक्रिया अगाडि बढाइएको छ। मृतक मगर महाभारत गाउँपालिका–३ का वडा सदस्यसमेत थिए। (रासस)



लोकप्रिय

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक
६ फाल्गुन २०७५, सोमबार

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’
५ फाल्गुन २०७५, आईतवार

लागूऔषधसहित २ जना पक्राउ
५ फाल्गुन २०७५, आईतवार

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु
६ फाल्गुन २०७५, सोमबार

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक
५ फाल्गुन २०७५, आईतवार

बाख्रापालनले गाउँको मुहार नै फेरियो
५ फाल्गुन २०७५, आईतवार

२००७ साल र त्यसपछिका क्रान्ति
५ फाल्गुन २०७५, आईतवार

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन
६ फाल्गुन २०७५, सोमबार

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह
५ फाल्गुन २०७५, आईतवार

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी
६ फाल्गुन २०७५, सोमबार

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए
५ फाल्गुन २०७५, आईतवार

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै
६ फाल्गुन २०७५, सोमबार

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन
६ फाल्गुन २०७५, सोमबार

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो
५ फाल्गुन २०७५, आईतवार

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण
६ फाल्गुन २०७५, सोमबार


