एजेन्सी– स्पेनिस मिडफिल्डर फावियन रुइजको एक गोल सहयोगमा नेपोलीले कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानलाई पराजित गरेको छ। नेपालीले घरेलु टोलीलाई १–० ले पराजित गरेको हो।

यस जितसँगै नेपोलीले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। घरेलु मैदानमा ६ मार्चमा हुने दोस्रो लेगमा नेपोलीलाई फाइनल पुग्न बराबरी नै पर्याप्त छ। इन्टरलाई भने फाइनल पुग्न कम्तीमा पनि २–० को जित आवश्यक छ।

प्रतिस्पर्धात्मक खेलको २८औं मिनेटमा क्रिस्टियानो भिरागीका फ्रिकिक क्रसबारबाट थोरै बाहिरिदा घरेलु टोली अग्रता लिनबाट चुक्यो। पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा ड्रिएस मेर्टिन्सको टाइट एंगलबाटर गरेको प्रहारलाई इन्टरका गोलरक्षक ड्यानिले पाडेलीले मुस्किले बचाउदा नेपोली अग्रता लिनबाट चुकेको थियो।

५०औं मिनेटमा इन्टरका रोमेलु लुकाकुले गोल गर्न सकेन। ५७औं मिनेटमा फावियन रुइजले गोल गर्दै नेपोलीलाई अग्रता दिलाए। जियोभानी डि लोरेन्जोको पासमा रुइजले गोल गर्न सफल भएका थिए।

६७औं मिनेटमा फ्रिकिकमा लुकाकुको हेडर सदुपयोग हुन सकेन। ७२औं मिनेटमा त्रिस्टियन इरिक्सनको २० यार्डको प्रहार बाहिरियो। ८६औं मिनेटमा लोउटारो मार्टिनेजको प्रहार प्रहार गोलरक्षक डेभिड ओस्पिनाले बचाए। रिवाउन्डमा

इरिक्सनको प्रहार बाहिरिदा इन्टर मिलान बराबरीबाट चुक्यो। इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा ड्यानिलो डि एम्ब्रोसियाको प्रहारलाई बचाउदै सम्भावित बराबरी टारे। त्यसपछि थप गोल निस्कन नसक्दा नेपोली १–० ले विजयी हुन सफल भयो।

लोकप्रिय

कालोपत्रको काम पुनः सञ्चालन गराउने सहमति

कालोपत्रको काम पुनः सञ्चालन गराउने सहमति

२०७६, १० फाल्गुन शनिबार २०:०१

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ९ फाल्गुन शुक्रबार १९:५७

शनिबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयो कि ?

शनिबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयो कि ?

२०७६, १० फाल्गुन शनिबार १९:२५

भारतिवरूद्धकाे टेष्ट दाैरान न्युजिल्याण्डका रोस टेलरले बनाए विश्व कीर्तिमान

भारतिवरूद्धकाे टेष्ट दाैरान न्युजिल्याण्डका रोस टेलरले बनाए विश्व कीर्तिमान

२०७६, ९ फाल्गुन शुक्रबार १२:५२

श्रीमानसँग यौन सम्बन्ध राख्दा श्रीमतीको मृत्यु

श्रीमानसँग यौन सम्बन्ध राख्दा श्रीमतीको मृत्यु

२०७६, ९ फाल्गुन शुक्रबार १५:०३

टी–२० महिला विश्वकपः अस्ट्रेलियाविरुद्ध भारत विजयी

टी–२० महिला विश्वकपः अस्ट्रेलियाविरुद्ध भारत विजयी

२०७६, ९ फाल्गुन शुक्रबार १६:५८

गल्ती गर्ने छुट कसैलाई छैनः अध्यक्ष दाहाल

गल्ती गर्ने छुट कसैलाई छैनः अध्यक्ष दाहाल

२०७६, १० फाल्गुन शनिबार १६:४५

बलिउड अभिनेत्री शिल्पा शेट्टीले जन्माइन् छाेरी

बलिउड अभिनेत्री शिल्पा शेट्टीले जन्माइन् छाेरी

२०७६, ९ फाल्गुन शुक्रबार १४:५१

नैतिक शिक्षाको खाँचोः प्रदेश प्रमुख शेरचन

नैतिक शिक्षाको खाँचोः प्रदेश प्रमुख शेरचन

२०७६, ११ फाल्गुन आईतवार ०८:३९

फिल्म ‘प्रेम गीत ३’ काे शीर्ष गीत सार्वजनिक (भिडियाेसहित)

फिल्म ‘प्रेम गीत ३’ काे शीर्ष गीत सार्वजनिक (भिडियाेसहित)

२०७६, ९ फाल्गुन शुक्रबार १८:४५

राँके–रवी–भेडेटारसडक निर्माणले गति लियो

राँके–रवी–भेडेटारसडक निर्माणले गति लियो

२०७६, १० फाल्गुन शनिबार ०७:०२

गोरखपुरबाट नेपालसम्म पाइपलाइनमा ग्यास

गोरखपुरबाट नेपालसम्म पाइपलाइनमा ग्यास

२०७६, १० फाल्गुन शनिबार ०६:४६

हिलो र धुलोका समस्याले बन्द बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

हिलो र धुलोका समस्याले बन्द बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

२०७६, १० फाल्गुन शनिबार ०८:०९

विभिन्न ठाँउमा सवारी दुर्घटना हुदा पाँचजनाको मृत्यु

विभिन्न ठाँउमा सवारी दुर्घटना हुदा पाँचजनाको मृत्यु

२०७६, ९ फाल्गुन शुक्रबार १९:०९

‘‘नैतिकताको आधारमा प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ”

‘‘नैतिकताको आधारमा प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ”

२०७६, ११ फाल्गुन आईतवार ००:१३