काठमाडौँ, २७ माघ – गैरआवासीय नेपाली संघ (एनआरएनए) नेपालमा कृषि क्रान्तिका निम्ति नयाँ प्रविधि प्रयोगमा ल्याउन प्रयत्नरत छ। त्यसका लागि संघले युवराज गुरुङको नेतृत्वमा कृषि प्रवर्द्धन समिति नै गठन गरेर विगत एक वर्षदेखि नेपालमा क्रियाशील बनाएको छ।

सोही परियोजनालाई साकार बनाउन करिव २० वर्षयता संघमा सक्रिय युवराज गुरुङ विगत एक वर्षदेखि निरन्तर नेपालमै छन्। कृषि प्रवर्द्धन समितिलाई अघि बढाउनका निम्ति उपसंयोजक कपिलदेव थापा पनि एक वर्षयता नेपाल आउने–जाने गरिरहेका छन्। जापानलाई कर्मथलो बनाएर बसेका थापा भन्छन्, ‘कृषि प्रवर्द्धन समितिकै कामका लागि म हरेक महिना नेपाल आउने गर्छु।’

बेल्जियम बस्दै आएका गुरुङको घर संखुवासभा हो। जापान बस्दै आएका थापाको काभ्रे जिल्ला हो। उनीहरु दुवै जना नेपाल आउछन्। तर, घरपरिवारसँग भेट गर्न भने होइन, न त छुट्टी मनाउन नै। उनीहरु नेपाल आउछन्, कृषि क्षेत्रको विकासका लागि।

एनआरएनएको कृषि प्रवर्द्धन समितिले एउटा योजना बनाएको छ, जुन योजना कार्यान्वयन गर्नका लागि उनीहरु निरन्तर नेपाल र विदेश आवतजावत गरिरहेका छन्। त्यसैक्रममा केन्द्र सरकारदेखि प्रदेश र स्थानीय तहसँगको समन्वयमा कृषि क्षेत्रको विकासका लागि नयाँ–नयाँ योजना निर्माण गर्दैछन्।

कृषि क्रान्तिका लागि पहल

नेपालमा सरकारी निकायसँग सहकार्य गर्दै कृषि क्षेत्रमा लगानी भित्र्याउनका लागि गैरआवासीय नेपाली संघ (एनआरएनएन) ले कृषि प्रवर्द्धन समिति गठन गरेको हो। जसले नेपालको कृषि क्षेत्रमा लगानीका साथै शीप, अनुभव, दक्षता र प्रविधि भित्र्याएर कृषि क्षेत्रमा नवीनतम् प्रयोग गर्ने लक्ष्य लिएको छ।

उक्त समितिमा कृषि क्षेत्रमा लामो समयदेखि संलग्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कृषि विज्ञ, कृषि क्षेत्रका वैज्ञानिक तथा एनआरएनएका सदस्यहरु संलग्न रहेका छन्।

कृषि मन्त्रालयसँग सहकार्य

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपालमा कृषि क्षेत्रको विकासका लागि गठन गरेको कृषि प्रवर्द्धन समितिले नेपालमा कृषि तथा पशुपक्षी मन्त्रालयसँग ‘संयुक्त सहकार्य कृषि प्रवर्द्धन समिति’ समेत गठन गरेको छ।

यो समितिको गठन गत असोज २६ गते मन्त्रिस्तरीय निर्णयबाट भएको थियो। उक्त समितिको संयोजकमा मन्त्रालयका योजना महाशाखा प्रमुख डा. योगेन्द्र कार्की छन्। मन्त्रालयका तर्फबाट समितिमा अन्य पाँच जना सदस्य राखिएको छ।

त्यस्तै, गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गठन गरेको कृषि प्रवर्द्धन समितिका अन्तर्राष्ट्रिय संयोजक युवराज गुरुङ उपसंयोजक छन्। एनआरएनएको तर्फबाट अन्य सात जना सदस्य यस समितिमा समावेश गरिएको छ।

उक्त समितिले नेपालको कृषि क्षेत्रमा लगानी भित्र्याउनका लागि पहल गर्ने र कृषि क्षेत्रमा नयाँ प्रविधिसहितको योजना तथा नीति निर्माण गर्ने गुरुङले बताए।

‘उत्पादनपछि अन्नबालीको सुरक्षा’

एनआरएनएले कृषि तथा पशुपक्षी मन्त्रालयसँगको सहकार्यमा गठन गरेको संयुक्त सहकार्य कृषि प्रवर्द्धन समिति अन्तर्गत पनि चारवटा उपसमिति गठन गरिएको गुरुङले बताए।

गुरुङले भने, ‘सरकार र एनआरएनएको संयुक्त समिति अन्तर्गत प्राकृतिक रबर खेती प्रवर्द्धन उपसमिति, खाद्य पोषण सुरक्षण तथा भण्डारण उपसमिति, अर्गानिक (प्रांगरिक) खेती उपसमिति र जडिबुटी तथा आयुर्वेद उपसमिति गठन गरिएको छ।’

‘त्यसका लागि नीति बनाउने तरखरमा छौँ, हाल प्रस्तावना निर्माणको चरणमा छौँ। त्यसका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरुसँगको छलफल, परामर्शलाई तीव्रता दिइएको छ।’

हाल कृषकले उत्पादन गरेपछि २५ प्रतिशतभन्दा बढी अन्नबाली राम्ररी भण्डारण गर्न नसक्दा विभिन्न रुपमा खेर जाने गरेको पाइएको छ। खेर जाने अन्नबालीलाई सुरक्षा र सदुपयोग गर्नका लागि बिउबिजन विज्ञ प्रा.डा. पिताम्बर दाहालको संयोजकत्वमा खाद्यपोषण सुरक्षण तथा भण्डारण उपसमिति गठन गरिएको गुरुङ बताउँछन्।

‘त्यसका लागि नीति बनाउने तरखरमा छौँ, हाल प्रस्तावना निर्माणको चरणमा छौँ,’ संयोजक गुरुङले नेपाली पब्लिकसँग भने, ‘त्यसका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरुसँगको छलफल, परामर्शलाई तीव्रता दिइएको छ।’

संयुक्त सहकार्य कृषि प्रवर्द्धन समितिका संयोजक गुरुङले खाद्यपोषण सुरक्षण तथा भण्डारण उपसमितिले काम थालेपछि खेर गइरहेको नेपालको २५ प्रतिशतदेखि ३० प्रतिशतसम्म अन्नबाली जोगिने बताए। ‘उनले भने, ‘त्यसले अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउछ।’

प्रांगरिक कृषि उपजमा जोड

कृषिमा जथाभावी विषादी हाल्ने प्रवृतिका कारण हाल उत्पादन हुने कतियप अन्नबाली तथा तरकारी स्वाथ्यका लागि हानिकारक हुन्छन्।

कृषि प्रणालीलाई जैविकीकरण बनाउनका लागि अर्गानिक (प्रांगरिक) उपसमिति नै गठन गरिएको गुरुङले बताए। ‘जुन समितिले अन्नबाली तथा तरकारीमा विषादी प्रयोगमा बन्देज लगाउने नीति कार्यान्वयन गराउने छ,’ संयोजक गुरुङले भने।

त्यसका लागि कृषिमन्त्री संयोजक रहेको उच्चस्तरीय प्रांगरिक अध्ययन कार्यदल बनाइएको छ। कार्यदलको सल्लाहकारमा राजेन्द्र देवकोटा छन्।

जडीबुटी तथा आयुर्वेदको बजारीकरण

नेपालका उच्च हिमाली र पहाडी क्षेत्रमा पाइने विभिन्न स्थानमा रहेको जडीबुटी तथा आयुर्वेद औषधिको बजारीकरणका लागि पहल थालिने संयोजक गुरुङले बताए। त्यसका लागि यूकेमा रहेका प्रकाश शर्मा संयोजक रहेको जडिबुटी तथा आयुर्वेद उपसमिति गठन गरिएको छ।

उक्त समितिले जडीबुटी तथा आयुर्वेदको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बजारीकरणका लागि पहल थाल्ने कृषि प्रवर्द्धन समितिका उपसंयोजक कपिलदेव थापाले बताए।

रबर र मुना ‘मेघा प्रोजेक्ट’

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपालमा कृषि क्षेत्रको विकासका लागि गठन गरेको कृषि प्रवर्द्धन समितिले नेपालमा कृषि तथा पशुपक्षी मन्त्रालयसँगको सहकार्यमा संयुक्त सहकार्य कृषि प्रवर्द्धन समिति गठन गरेको छ। उक्त समितिले दुई योजनालाई ‘मेघा प्रोजेक्ट’का रुपमा अगाडि बढाएको छ।

मेघा प्रोजेक्टका रुपमा अघि बढाउनका लागि गठन गरिएको प्राकृतिक रबर खेती प्रवर्द्धन उपसमितिले रबर खेती एक हजारबाट १५ हजार हेक्टर (२२ हजार विगाह) जमीनमा विस्तार गर्ने लक्ष्य लिइएको संयोजक युवराज गुरुङले बताए।

‘हाल रबर खेती नेपालका पूर्वी तराईका जिल्लामा एक हजार हेक्टर जमीनमा गरिँदै आएको छ,’ गुरुङले भने, ‘अब त्यसलाई सबैसँग सहकार्य गरेर १५ हजार हेक्टरमा विस्तार गर्ने हाम्रो लक्ष्य हो।’

नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा प्राकृतिक रबर खेती प्रवर्द्धन उपसमितिले रबर खेतीलाई विस्तार गर्ने एनआरएनएले गठन गरेको हो: कपिलदेव थापा

त्यसका लागि मन्त्रिस्तरीय निर्णयबाट उच्चस्तरीय रबरखेतीको अध्ययनका लागि कार्यदल बनाइएको छ। जसको संयोजक रबर सम्बन्धी नेपालकै पहिलो वैज्ञानिक (हाल अमेरिका) तिलक भण्डारीलाई बनाइएको छ।

नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा प्राकृतिक रबर खेती प्रवर्द्धन उपसमितिले रबर खेतीलाई विस्तार गर्ने एनआरएनएले गठन गरेको कृषि प्रवर्द्धन समितिका उपयंयोजक कपिलदेव थापा बताउँछन्। ‘त्यसका लागि केन्द्र सरकार र प्रदेश नम्बर–१ को सरकारलाई प्रस्ताव समेत गरिसकिएको छ,’ उनले भने।

मेघा प्रोजेक्टमा कृषि आधुनिक बजार (मुना)

‘मेघा प्रोजेक्ट’को रुपमा अगाडि सारिएको कृषि आधुनिक बजार (मुना) उत्पादन गरेको कृषि उपज तथा तरकारीलाई उपभोक्तामाझ पुर्‍याउने प्रणाली हो।

त्यस्तै किसानलाई गुणस्तरीय कृषि उपज उत्पादन, प्रशोधन, ग्रेडिङ, लेवलिङ, प्याकेजिङ, ब्राण्डिङसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्रीवितरणका लागि लैजाने योजना रहेको संयोजक गुरुङले बताए।

‘कृषकले उत्पादन गरेको कृषि उपजमा विचौलियाले प्रवेश पाउँदैनन्। उत्पादित वस्तु सहजै बिक्री हुन्छ,’ मेघा प्रोजेक्टबारे सुनाउँदै सरकारले गठन गरेको संयुक्त सहकार्य कृषि प्रवर्द्धन समितिका उपसंयोजक रहेको गुरुङले भने।

आधुनिक कृषि बजार (मुना) मेगा योजनाको मस्यौदाकार राजेन्द्र देवकोटा र एकनाथ खतिवडा (म्यान्मार)लाई तोकिएको छ। त्यसअन्तर्गत काठमाडौं र आसपासका जिल्ला हुँदै प्रदेशमा संकलन केन्द्र तथा सहायक संकलन केन्द्र स्थापना गरिने छ। केन्द्र, प्रदेश र स्थानीय तहसँग समन्वय गरेर बजार संयन्त्र तयार गरिने गुरुङले बताए।

त्यसका लागि विभिन्न प्रदेशमा कृषिमन्त्रीको उपस्थितिमा सुझाव संकलन गर्ने कार्य भइरहेको छ। सुझाव संकलनपछि कृषि उपजको आँकडासहित मेघा आयोजनालाई अन्तिम रुप दिन विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरिने योजना रहेको गुरुङको भनाई छ।

कृषि आधुनिक बजार (मुना)का लागि संकलन केन्द्र स्थापनाका लागि प्रयोगमा नआएका सरकारी जग्गा लिजमा लिइने छ।

लगानी कसरी जुटछ?

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपालमा कृषि क्षेत्रको विकासका लागि गठन गरेको समितिले लगानी भित्र्याउने मात्रै होइन, त्यसको कार्यान्वयका लागि पनि भूमिका खेल्ने छ।

उक्त समितिका अन्तर्राष्ट्रिय संयोजक युवराज गुरुङका अनुसार सञ्चालन हुने प्रत्येक योजना, आयोजना तथा कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एकचौँथाई अर्थात कुल लागतको २५ प्रतिशत लगानी गर्ने छ।

बाँकी रकम निजी क्षेत्र, वित्तीय संघसंस्था, किसान लगायतबाट जुटाइने छ। ‘पूर्वाधार भने सरकारले तयार गरिदिने समझदारी भएको छ,’ उनले भने।

योजना कार्यान्वयनपछि…

योजना कार्यान्वयमा आएपछि कृषि क्षेत्रमा के परिवर्तन हुन्छ? भन्ने प्रश्नमा समितिका अन्तर्राष्ट्रिय संयोजक गुरुङले यसरी सुनाएः

–किसानले उत्पादन गरेको कृषि उपजको बजार सुनिश्चित हुन्छ।

–विचौलियाको अन्त्य हुन्छ।

–स्वास्थ्य र गुणस्तरीय कृषि उपजको उत्पादन हुन्छ।

–मागभन्दा बढी उत्पादन भएमा उक्त वस्तुलाई वैकल्पिक प्रयोजनमा प्रयोग गरिन्छ।

–उत्पादनलाई ब्राण्डसहित राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा बेच्ने छौँ।

–स्वस्थ उत्पादन भएन भने स्वस्थ बनाएर मात्रै बजारमा पुर्याइने छ।

–आयात भइरहेका वस्तु प्रतिस्थापन निम्ति उत्पादनमा बृद्धि गरी आत्मनिर्भर बन्नेतर्फ उन्मुख हुनेछौँ।

–राज्यको कुल गार्हस्थ उत्पादन (जीपीए)मा बृद्धि हुन्छ।

–युवालाई कृषिमा उत्प्रेरित गर्न मद्दत पुग्छ।

–जीविकोपार्जन होइन, व्यावसायिक कृषकको संख्यामा बृद्वि हुन्छ।

कार्यान्वयन कहिले?

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा कृषि क्षेत्रको विकासका लागि गठन गरेको कृषि प्रवर्द्धन समिति जतिसक्दो चाँडो आफ्ना कार्यक्रम कार्यान्वयनमा लैजाने तयारीमा छ।

‘हामी युद्धस्तरमा काम गरिरहेका छौँ, केन्द्र, प्रदेश र स्थानीय तहबाट नीति निर्माणदेखि पूर्वाधारका क्षेत्रमा जतिछिटो सहयोग प्राप्त हुन्छ, त्यतिछिटो हामी कृषिको विकासका लागि हाम्रा योजनालाई कार्यान्वयनमा लानेछौँ,’ कृषि प्रवर्द्धन समितिका संयोजक गुरुङ र उपसंयोजक थापाले एकैस्वरमा भने।

लोकप्रिय

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

६ फाल्गुन २०७५, सोमबार

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

५ फाल्गुन २०७५, आईतवार

लागूऔषधसहित २ जना पक्राउ

लागूऔषधसहित २ जना पक्राउ

५ फाल्गुन २०७५, आईतवार

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

६ फाल्गुन २०७५, सोमबार

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

५ फाल्गुन २०७५, आईतवार

बाख्रापालनले गाउँको मुहार नै फेरियो

बाख्रापालनले गाउँको मुहार नै फेरियो

५ फाल्गुन २०७५, आईतवार

२००७ साल र त्यसपछिका क्रान्ति

२००७ साल र त्यसपछिका क्रान्ति

५ फाल्गुन २०७५, आईतवार

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

६ फाल्गुन २०७५, सोमबार

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

५ फाल्गुन २०७५, आईतवार

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

६ फाल्गुन २०७५, सोमबार

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

५ फाल्गुन २०७५, आईतवार

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

६ फाल्गुन २०७५, सोमबार

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

६ फाल्गुन २०७५, सोमबार

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

५ फाल्गुन २०७५, आईतवार

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

६ फाल्गुन २०७५, सोमबार