काठमाडौं– अभद्र व्यवहारको आरोप लागेका मेडिकल व्यवसायी दूर्गा प्रसाईं साधारण तारेखमा रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबार प्रसाईंलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो।

झापाको बी एण्ड सी अस्पताल तथा मेडिकल कलेजका सञ्चालक रहेका प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले दिएको उजुरीका आधारमा अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको थियो।

डा. गिरीले महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले माघ २ गते (बिहीबार) पक्राउ पूर्जी जारी गरेको थियो। तर, प्रसाईं भने पक्राउ परेनन्।

प्रसाईंलाई पक्राउ नै नगरी भक्तपुर प्रहरीले करिब ४ दिन अगाडि मात्रै अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरमा बुझाएको थियो। जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरले बुधबार जिल्ला प्रशासन कार्यालयमा अनुसन्धान प्रतिवेदनसहितको मुद्दा दर्ता गरेको थियो।

मुद्दा दर्ता गरेको दोस्रो दिन बिहीबार प्रसाईं जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएका थिए। बिहीबार नै थुनछेक बहसपछि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको इजलाशले थुनछेक आदेश जारी गर्दै प्रसाईंँलाई साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न भनेको हो।

लोकप्रिय

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

२०७६, १३ फाल्गुन मंगलवार १७:४८

शैक्षिक हड्ताल नगर्न अपिल

शैक्षिक हड्ताल नगर्न अपिल

२०७६, १४ फाल्गुन बुधबार १९:५९

प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’ चोरीको !

प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’ चोरीको !

२०७६, १४ फाल्गुन बुधबार १४:१८

जितको शुभकामनासहित नेपाली क्रिकेट टोलीको विदाइ

जितको शुभकामनासहित नेपाली क्रिकेट टोलीको विदाइ

२०७६, १४ फाल्गुन बुधबार १८:३८

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

२०७६, १३ फाल्गुन मंगलवार १६:११

अनुहारमा दाग आएर हैरान हुनुहुन्छ ? यस्ता छन् प्राकृतिक उपाय

अनुहारमा दाग आएर हैरान हुनुहुन्छ ? यस्ता छन् प्राकृतिक उपाय

२०७६, १४ फाल्गुन बुधबार १३:०५

अब टेलिकमले कल समाप्त भएलगत्तै ब्यालेन्सको जानकारी दिने

अब टेलिकमले कल समाप्त भएलगत्तै ब्यालेन्सको जानकारी दिने

२०७६, १४ फाल्गुन बुधबार १३:५१

म्याच फिक्सिङकाे आराेपमा दीपेश श्रेष्ठलाई २ वर्ष प्रतिबन्ध

म्याच फिक्सिङकाे आराेपमा दीपेश श्रेष्ठलाई २ वर्ष प्रतिबन्ध

२०७६, १४ फाल्गुन बुधबार १७:०३

टेष्ट वरियतामा खस्किए कोहली, स्मिथ बने नम्बर वान

टेष्ट वरियतामा खस्किए कोहली, स्मिथ बने नम्बर वान

२०७६, १४ फाल्गुन बुधबार १६:०९

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

२०७६, १३ फाल्गुन मंगलवार १३:१०

पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन महासंघको आग्रह

पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन महासंघको आग्रह

२०७६, १४ फाल्गुन बुधबार १९:०७

ट्रष्टको जग्गा लिज सम्बन्धमा सभापति देउवाको स्पष्टोक्ति

ट्रष्टको जग्गा लिज सम्बन्धमा सभापति देउवाको स्पष्टोक्ति

२०७६, १४ फाल्गुन बुधबार १९:५१

सुनचाँदिकाे मूल्यमा गिरावट

सुनचाँदिकाे मूल्यमा गिरावट

२०७६, १४ फाल्गुन बुधबार १३:५४

टेलिकमपछि महिन्द्राको ब्रान्ड एम्बेसडर बने पूर्व कप्तान पारस

टेलिकमपछि महिन्द्राको ब्रान्ड एम्बेसडर बने पूर्व कप्तान पारस

२०७६, १४ फाल्गुन बुधबार १५:३८

अलपत्र हुलाकी सडकखण्ड अघि बढाउन माग

अलपत्र हुलाकी सडकखण्ड अघि बढाउन माग

२०७६, १४ फाल्गुन बुधबार १५:१४