सुर्खेत, २७ माघ – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्रप्रसाद यादवले प्रदेशका अवस्था सङ्घले बुझ्न नसक्ने बताएका छन्। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित चारदिने ‘विपद् पूर्वतयारी एवं प्रतिकार्य योजना तालिम तथा कार्यशाला’ गोष्ठीको समापन कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा. यादवले प्रदेशको आवश्यकता प्रदेश स्वयंले बुझ्नसक्ने जनाए।

मानव सूचाङ्कमा २ नम्बर र कर्णाली प्रदेश पछि परेकाले त्यसमा सरकारको विशेष जोड रहनुपर्ने उनले बताए। कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेशमा समयमै संरचना र अधिकार नदिँदा प्रदेश सरकार समस्यामा परेको गुनासो गरे। सङ्घीयताको सफल कार्यान्वयनका लागि सङ्घीय सरकार उदारताका साथ अघि बढ्नुपर्ने उनको भनाइ थियो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आपत्कालीन तथा विपद् एकाइ, स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख चूडामणि भण्डारीले प्राकृतिक विपदमा उच्च जोखिममा रहेको कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेर गोष्ठी आयोजना गरिएको बताए।

उनले कार्याशाला गोष्ठीबाट निर्मित विपद् प्रतिकार्य योजनालाई सुदूरपश्चिम, कर्णाली प्रदेश र ५ नम्बर प्रदेशका सबै अस्पताल पुर्‍याउने र तिनलाई अभ्यासमा लैजाने उनको भनाइ थियो। उनका अनुसार विपद् जोखिम न्यूनीकरण ऐन, २०७५ अन्तर्गत प्रदेशमा उपसमिति गठन गरिनेछन्।

कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि दामोदर अधिकारी, कर्णाली प्रदेश अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्यामलाल कँडेलसहित कार्यक्रममा सहभागी चिकित्सकले प्रतिकार्य योजनाले प्राकृतिक तथा मानवीय विपद् न्यूनीकरणमा सहयोग पुग्ने विचार व्यक्त गरेका थिए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको संयुक्त आयोजना तथा विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा बिहीबारदेखि सो गोष्ठी सञ्चालन भएको थियो। (रासस)

लोकप्रिय

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

२०७६, ७ बैशाख शनिबार ०७:५३

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

२०७६, ७ बैशाख शनिबार २०:३२

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

२०७६, ७ बैशाख शनिबार ०७:२९

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

२०७६, ७ बैशाख शनिबार ०७:१५

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

२०७६, ७ बैशाख शनिबार १८:५७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

२०७६, ७ बैशाख शनिबार ०८:३८

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

२०७६, ७ बैशाख शनिबार ०९:२०

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

२०७६, ७ बैशाख शनिबार ०७:४९

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

२०७६, ७ बैशाख शनिबार ०७:२१

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२०७६, ७ बैशाख शनिबार ०६:५९

पृथ्वी एउटा खेतबारी भएको भए…

पृथ्वी एउटा खेतबारी भएको भए…

२०७६, ७ बैशाख शनिबार १२:०४