बागलुङ – शिवरात्रि पर्वका अवसरमा यही फागुन ९ गते यहाँका पर्यटन सम्बद्ध सङ्घसंस्थाले ‘राइड टु डोहेरी, हाइक टु दारेगौँडा’ प्रवर्द्धनात्मक कार्यक्रमको आयोजना गरेका छन्।

मोटरसाइकल र पदयात्रामार्फत बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका पर्यटकीय गन्तव्यको प्रचार एवं प्रवर्द्धनकाे प्रयास गरिएको हो। बागलुङ पर्यटन विकास केन्द्र, कालिका भगवती गुठी व्यवस्थापन समिति, काठेखोलाको वडा नं २ र पुष्पाञ्जली ग्रामीण विकास केन्द्र मिलेर कार्यक्रम आयोजना गरेका हुन्।

सो दिन बिहान कालिका भगवती मन्दिरको प्रवेशद्वारदेखि शुरु हुने मोटरसाइकल यात्रा सर्वसिद्धिधाम पञ्चकोट, भीमादरबार हुँदै काठेखोला–२ डोहेरीमा पुगेर टुङ्गिनेछ। डोहेरीबाट ४५ मिनेट पदयात्रा गरेर दारेगौँडा पुग्ने कार्यक्रम रहेको आयोजक पुष्पाञ्जली ग्रामीण विकास केन्द्रका अध्यक्ष विक्रम शर्माले बताए। ‘पर्यटन प्रवर्द्धनकाे उद्देश्यले मोटरसाइकल यात्रा आयोजना गरिएको हो, कम्तीमा पनि ५० जना मोटरसाइकल चालक सहभागी हुने अपेक्षा लिइएको छ’, उनले भने।

उक्त कार्यक्रमबाट नेपाल भ्रमण वर्षलाई समेत टेवा पुग्ने अपेक्षा लिइएको छ। लुकेर रहेका पर्यटकीयस्थलको पहिचान र प्रचारप्रसार हुने बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताए। वडा नं २ का अध्यक्ष विद्यापति शर्माले भिमापोखराका धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक क्षेत्र पर्यटकको पर्खाईमा रहेको उल्लेख गर्नुभयो। ‘हामीसँग थुप्रै सम्भावना बोकेका ठाउँ भए पनि तिनको उचित प्रवर्द्धन हुन सकेको छैन’, उनले भने।

उक्त वडामा बाइसेचौबिसे राज्यका बेला भीमा दरबार, महारानी थान, डोहेरी, गुनगुनेको धुरी, दारेगौँडालगायत पर्यटकीय महत्व बोकेका ठाउँ छन्। भीमापोखराकै सिममा वर्षौंदेखि लाग्दै आएको शिवरात्रि मेला अहिले पनि यथावत छ। यो वर्ष पनि विविध खेलकूद, सांस्कृतिक कार्यक्रमसहित मेला हुँदैछ। सोही मेलाको अवसर छोपेर पर्यटन प्रवद्र्धनको कार्यक्रम आयोजना गरिएको हो। मोटरसाइकल यात्राका सहभागीले शिवरात्रि मेलामा पनि रमाउने अवसर पाउनेछन्। रासस

लोकप्रिय

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

२०७६, १३ फाल्गुन मंगलवार १७:४८

शैक्षिक हड्ताल नगर्न अपिल

शैक्षिक हड्ताल नगर्न अपिल

२०७६, १४ फाल्गुन बुधबार १९:५९

प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’ चोरीको !

प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’ चोरीको !

२०७६, १४ फाल्गुन बुधबार १४:१८

जितको शुभकामनासहित नेपाली क्रिकेट टोलीको विदाइ

जितको शुभकामनासहित नेपाली क्रिकेट टोलीको विदाइ

२०७६, १४ फाल्गुन बुधबार १८:३८

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

२०७६, १३ फाल्गुन मंगलवार १६:११

अनुहारमा दाग आएर हैरान हुनुहुन्छ ? यस्ता छन् प्राकृतिक उपाय

अनुहारमा दाग आएर हैरान हुनुहुन्छ ? यस्ता छन् प्राकृतिक उपाय

२०७६, १४ फाल्गुन बुधबार १३:०५

अब टेलिकमले कल समाप्त भएलगत्तै ब्यालेन्सको जानकारी दिने

अब टेलिकमले कल समाप्त भएलगत्तै ब्यालेन्सको जानकारी दिने

२०७६, १४ फाल्गुन बुधबार १३:५१

म्याच फिक्सिङकाे आराेपमा दीपेश श्रेष्ठलाई २ वर्ष प्रतिबन्ध

म्याच फिक्सिङकाे आराेपमा दीपेश श्रेष्ठलाई २ वर्ष प्रतिबन्ध

२०७६, १४ फाल्गुन बुधबार १७:०३

टेष्ट वरियतामा खस्किए कोहली, स्मिथ बने नम्बर वान

टेष्ट वरियतामा खस्किए कोहली, स्मिथ बने नम्बर वान

२०७६, १४ फाल्गुन बुधबार १६:०९

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

२०७६, १३ फाल्गुन मंगलवार १३:१०

पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन महासंघको आग्रह

पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन महासंघको आग्रह

२०७६, १४ फाल्गुन बुधबार १९:०७

ट्रष्टको जग्गा लिज सम्बन्धमा सभापति देउवाको स्पष्टोक्ति

ट्रष्टको जग्गा लिज सम्बन्धमा सभापति देउवाको स्पष्टोक्ति

२०७६, १४ फाल्गुन बुधबार १९:५१

सुनचाँदिकाे मूल्यमा गिरावट

सुनचाँदिकाे मूल्यमा गिरावट

२०७६, १४ फाल्गुन बुधबार १३:५४

टेलिकमपछि महिन्द्राको ब्रान्ड एम्बेसडर बने पूर्व कप्तान पारस

टेलिकमपछि महिन्द्राको ब्रान्ड एम्बेसडर बने पूर्व कप्तान पारस

२०७६, १४ फाल्गुन बुधबार १५:३८

अलपत्र हुलाकी सडकखण्ड अघि बढाउन माग

अलपत्र हुलाकी सडकखण्ड अघि बढाउन माग

२०७६, १४ फाल्गुन बुधबार १५:१४