भद्रपुर – आन्तरिक राजश्व कार्यालय भद्रपुर झापाले चालू आर्थिक वर्षको सात महिनामा रु एक अर्ब ८७ करोड राजश्व सङ्कलन गरेको छ। कार्यालयले चालू आव २०७६–७७ को माघ महिनासम्ममा रु एक अर्ब ८६ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो।

कार्यालयले पुराना कर नबुझाएका करदाताबाट सो अवधिमा रु ४४ करोड उठाउन सफल भएको आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले जानकारी दिएका छन्। चालू आवको असार मसान्तसम्ममा रु तीन अर्ब ६६ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको कार्यालयले सात महिनाको अवधिमा आयकरतर्फ रु ७७ करोड, मूल्य अभिवृद्धि करतर्फ रु ८७ करोड र अन्तशुल्कतर्फबाट रु २४ करोड राजश्व सङ्कलन गरेको उनको भनाइ थियो।

झापा, इलाम, पाँचथर र ताप्लेजुङमा ८० हजार बढी व्यावसायिक करदाता छन्। समयमै मूल्य अभिवृद्धि र आम्दानी कर नबुझाएका निर्माण कम्पनी, उद्योगी व्यवसायीलाई पत्राचार गरेर कर बुझाउन अनुरोध गरिरहेको उनले बताए। ‘हामीले पटक–पटक पत्राचार गरेका छाैँ’, उनले भने, ‘अब अटेर गरेमा पत्रपत्रिकामा सूचना जारी गरेर उनीहरुको बैंक खाता रोक्ने र घरजग्गा लिलामी गरी असुल्ने तयारीमा छौँ।’

गत आव २०७५–७६ मा कार्यालयले रु दुई अर्ब ६१ करोड ५६ लाख ५२ हजार राजश्व सङ्कलन गर्ने लक्ष्यमा लिए पनि रु दुई अर्ब ६२ करोड २५ लाख २६ हजार राजश्व सङ्कलन गरेको थियो। कार्यालयले ई–हाजिरी सेवा शुरु गर्नुका साथै ‘आइपी’ क्यामेरा जडान गरी मोबाइलबाट र सिसीटिभीबाट अनुगमन गर्ने गरेको प्रमुख कर अधिकृत श्रेष्ठले बताएका छन्।

सेवाग्राहीलाई प्रभावकारी र सरलीकरण सेवा प्रवाह गर्न कार्यालयमा सहयोग कक्ष राखिएको छ। कार्यालयले जिल्लाका विभिन्न स्थानबाट विभिन्न समयमा अवैधरूपमा भेटिएको एक हजार ७०० लिटर मदिरा र ६० बोरा सुर्ती नष्ट गरेको छ। लामो समयदेखि बरामद गरिएका उक्त सामग्री कार्यालयको कोठामा भण्डारण गरिएको थियो। भद्रपुर नगरपालिकाको सहकार्यमा उक्त सामग्री नष्ट गरिएको हो। (रासस)

लोकप्रिय

कालोपत्रको काम पुनः सञ्चालन गराउने सहमति

कालोपत्रको काम पुनः सञ्चालन गराउने सहमति

२०७६, १० फाल्गुन शनिबार २०:०१

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ९ फाल्गुन शुक्रबार १९:५७

शनिबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयो कि ?

शनिबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयो कि ?

२०७६, १० फाल्गुन शनिबार १९:२५

श्रीमानसँग यौन सम्बन्ध राख्दा श्रीमतीको मृत्यु

श्रीमानसँग यौन सम्बन्ध राख्दा श्रीमतीको मृत्यु

२०७६, ९ फाल्गुन शुक्रबार १५:०३

भारतिवरूद्धकाे टेष्ट दाैरान न्युजिल्याण्डका रोस टेलरले बनाए विश्व कीर्तिमान

भारतिवरूद्धकाे टेष्ट दाैरान न्युजिल्याण्डका रोस टेलरले बनाए विश्व कीर्तिमान

२०७६, ९ फाल्गुन शुक्रबार १२:५२

टी–२० महिला विश्वकपः अस्ट्रेलियाविरुद्ध भारत विजयी

टी–२० महिला विश्वकपः अस्ट्रेलियाविरुद्ध भारत विजयी

२०७६, ९ फाल्गुन शुक्रबार १६:५८

गल्ती गर्ने छुट कसैलाई छैनः अध्यक्ष दाहाल

गल्ती गर्ने छुट कसैलाई छैनः अध्यक्ष दाहाल

२०७६, १० फाल्गुन शनिबार १६:४५

बलिउड अभिनेत्री शिल्पा शेट्टीले जन्माइन् छाेरी

बलिउड अभिनेत्री शिल्पा शेट्टीले जन्माइन् छाेरी

२०७६, ९ फाल्गुन शुक्रबार १४:५१

नैतिक शिक्षाको खाँचोः प्रदेश प्रमुख शेरचन

नैतिक शिक्षाको खाँचोः प्रदेश प्रमुख शेरचन

२०७६, ११ फाल्गुन आईतवार ०८:३९

फिल्म ‘प्रेम गीत ३’ काे शीर्ष गीत सार्वजनिक (भिडियाेसहित)

फिल्म ‘प्रेम गीत ३’ काे शीर्ष गीत सार्वजनिक (भिडियाेसहित)

२०७६, ९ फाल्गुन शुक्रबार १८:४५

राँके–रवी–भेडेटारसडक निर्माणले गति लियो

राँके–रवी–भेडेटारसडक निर्माणले गति लियो

२०७६, १० फाल्गुन शनिबार ०७:०२

गोरखपुरबाट नेपालसम्म पाइपलाइनमा ग्यास

गोरखपुरबाट नेपालसम्म पाइपलाइनमा ग्यास

२०७६, १० फाल्गुन शनिबार ०६:४६

हिलो र धुलोका समस्याले बन्द बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

हिलो र धुलोका समस्याले बन्द बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

२०७६, १० फाल्गुन शनिबार ०८:०९

विभिन्न ठाँउमा सवारी दुर्घटना हुदा पाँचजनाको मृत्यु

विभिन्न ठाँउमा सवारी दुर्घटना हुदा पाँचजनाको मृत्यु

२०७६, ९ फाल्गुन शुक्रबार १९:०९

मानवअधिकारबिना सुशासन कायम हुन्नः सभामुख श्रेष्ठ

मानवअधिकारबिना सुशासन कायम हुन्नः सभामुख श्रेष्ठ

२०७६, १० फाल्गुन शनिबार १८:३७