काभ्रेपलान्चोक– अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन–अनेरास्ववियुले गरेको तालाबन्दीका कारण पाँच दिनदेखि बनेपा नगरपालिकास्थित काभ्रे बहुमुखी क्याप्पसको प्रशासन र लेखा शाखा बन्द अवस्थामा रहेको छ।

क्याम्पसले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई अनिवार्य विषय अध्यापन नगराई परीक्षामा सामेल गराएकाले भविष्यमाथि खेलवाड गरेको भन्दै क्याम्पस प्रमुखको राजीनामालगायतका माग राख्दै गत माघ २६ गते तालाबन्दी गरेको हो।

प्रशासन, लेखासँगै मूलगेटमा तालाबन्दी गरेकामा क्याम्पस प्रशासनले वार्ता समिति बनाएपछि बुधबार मूलगेटको तालाबन्दी खोलिएको छ। ‘क्याम्पस प्रशासनले वार्ता समिति बनाएपछि हिजो मूलगेटको मात्रै ताला खोल्यौँ, हाम्रा माग पूरा नभएसम्म अन्य तालाबन्दी खोल्दैनौँ’, अनेरास्ववियुका केन्द्रीय सदस्य शालिकराम पराजुलीले भने।

उनका अनुसार कक्षा ११ र १२ मा कम्प्युटर इञ्जिनीयरिङ अध्ययन गर्ने विद्यार्थीको मुख्य विषय रसायन विज्ञान र भौतिक विज्ञान अनिवार्य विषयको सट्टा नेपाली र अङ्ग्रेजी अध्यापन गराएका कारण स्नातक तहमा विद्यार्थीले कम्प्युटर इञ्जिनीयरिङ अध्ययन गर्न नमिल्ने भएपछि विद्यार्थी आन्दोलित भएका हुन्।

क्याम्पस प्रशासनले सञ्चालक समितिका अध्यक्ष लम्बोदर कायस्थको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति बनाएको छ। क्याम्पसको लापरवाहीका कारण विद्यार्थीको भविष्य अन्योल भएको जनाउँदै अनरास्ववियु जिल्ला कमिटी, क्याम्पस र मावि कमिटीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी तालाबन्दी गरेको हो।

क्याम्पसलाई लापरवाहीका विषयमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेका कारण क्याम्पस प्रमुख केजी बैदारको राजीनामा मुख्य शर्तसहित विद्यार्थीको हालसम्मको शुल्क फिर्ता तथा थप क्षतिपूर्तिसहितको माग राख्दै तालाबन्दी गरिएको पराजुलीले बताएका छन्।

साथै, विज्ञप्तिमा पीडित विद्यार्थीलाई कक्षा १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था गर्नपर्ने, विद्यार्थीलाई ‘रेष्टिगेट’को डर, धम्की दिने प्राध्यापक÷शिक्षकलाई कारवाही र निष्काशन गर्नपर्ने, क्याम्पसले आप्mनो प्रचार सामग्रीमा उल्लेख गराएअनुसार विद्यार्थीले रोजेको विषयमा अध्ययन गर्न पाउने अधिकारको ग्यारेन्टी गर्न पनि माग गरिएको छ।

क्याम्पस प्रमुख बैदारले आफूलाई क्याम्पसका कुनै पनि विभागमा तालाबन्दी गरेको र मूलगेट खोलेको विषयमा जानकारी नभएको बताएका छन्। उनले केही बाहिरी तत्वले क्याप्पसको गरिमालाई घटाउन विभिन्न गतिविधि गरेको आरोप लगाउँदै विधिसम्मत ढङ्गले कक्षा ११ र १२ को अध्यापन भइरहेको दाबी गरेका छन्।

विभिन्न सङ्कायमा करीब एक हजार विद्यार्थी अध्ययनरत उक्त क्याम्पसमा कक्षा ११ र १२ अध्ययनपछि ५५ विद्यार्थी फरक विषयको परीक्षामा सामेल भएका थिए। रासस 

लोकप्रिय

कालोपत्रको काम पुनः सञ्चालन गराउने सहमति

कालोपत्रको काम पुनः सञ्चालन गराउने सहमति

२०७६, १० फाल्गुन शनिबार २०:०१

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ९ फाल्गुन शुक्रबार १९:५७

शनिबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयो कि ?

शनिबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयो कि ?

२०७६, १० फाल्गुन शनिबार १९:२५

श्रीमानसँग यौन सम्बन्ध राख्दा श्रीमतीको मृत्यु

श्रीमानसँग यौन सम्बन्ध राख्दा श्रीमतीको मृत्यु

२०७६, ९ फाल्गुन शुक्रबार १५:०३

भारतिवरूद्धकाे टेष्ट दाैरान न्युजिल्याण्डका रोस टेलरले बनाए विश्व कीर्तिमान

भारतिवरूद्धकाे टेष्ट दाैरान न्युजिल्याण्डका रोस टेलरले बनाए विश्व कीर्तिमान

२०७६, ९ फाल्गुन शुक्रबार १२:५२

टी–२० महिला विश्वकपः अस्ट्रेलियाविरुद्ध भारत विजयी

टी–२० महिला विश्वकपः अस्ट्रेलियाविरुद्ध भारत विजयी

२०७६, ९ फाल्गुन शुक्रबार १६:५८

गल्ती गर्ने छुट कसैलाई छैनः अध्यक्ष दाहाल

गल्ती गर्ने छुट कसैलाई छैनः अध्यक्ष दाहाल

२०७६, १० फाल्गुन शनिबार १६:४५

बलिउड अभिनेत्री शिल्पा शेट्टीले जन्माइन् छाेरी

बलिउड अभिनेत्री शिल्पा शेट्टीले जन्माइन् छाेरी

२०७६, ९ फाल्गुन शुक्रबार १४:५१

नैतिक शिक्षाको खाँचोः प्रदेश प्रमुख शेरचन

नैतिक शिक्षाको खाँचोः प्रदेश प्रमुख शेरचन

२०७६, ११ फाल्गुन आईतवार ०८:३९

फिल्म ‘प्रेम गीत ३’ काे शीर्ष गीत सार्वजनिक (भिडियाेसहित)

फिल्म ‘प्रेम गीत ३’ काे शीर्ष गीत सार्वजनिक (भिडियाेसहित)

२०७६, ९ फाल्गुन शुक्रबार १८:४५

राँके–रवी–भेडेटारसडक निर्माणले गति लियो

राँके–रवी–भेडेटारसडक निर्माणले गति लियो

२०७६, १० फाल्गुन शनिबार ०७:०२

गोरखपुरबाट नेपालसम्म पाइपलाइनमा ग्यास

गोरखपुरबाट नेपालसम्म पाइपलाइनमा ग्यास

२०७६, १० फाल्गुन शनिबार ०६:४६

हिलो र धुलोका समस्याले बन्द बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

हिलो र धुलोका समस्याले बन्द बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

२०७६, १० फाल्गुन शनिबार ०८:०९

विभिन्न ठाँउमा सवारी दुर्घटना हुदा पाँचजनाको मृत्यु

विभिन्न ठाँउमा सवारी दुर्घटना हुदा पाँचजनाको मृत्यु

२०७६, ९ फाल्गुन शुक्रबार १९:०९

मानवअधिकारबिना सुशासन कायम हुन्नः सभामुख श्रेष्ठ

मानवअधिकारबिना सुशासन कायम हुन्नः सभामुख श्रेष्ठ

२०७६, १० फाल्गुन शनिबार १८:३७