सप्तरी– नेत्रविक्रम चन्द विप्लव समूहका प्रदेश कमिटी ब्यूरो सदस्य धनुषाधामका साहस भनिने इन्दल साहलाई सप्तरी प्रहरीले आज सुरुङ्गा नगरपालिका–६ बाट पक्राउ गरेको छ।

हत्या, ज्यान मार्ने उद्योग, बम विष्फोट, सङ्गठित अपराधलगायतका घटनामा प्रहरीको मोस्टवाण्टेड सूचीमा रहेका साहलाई चन्दा सङ्कलनका लागि सप्तरीको सुरुङ्गा आएको बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित राजेश साहको घरमा मङ्सिर २७ गते राति १२ः१० बजे भएको बम बिष्फोटलगायतको घटनाका मुख्य योजनाकारका रुपमा साह प्रहरीको मोस्टवान्टेड सूचीमा थिए। उक्त बम विस्फोटमा परी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत प्रहरी निरीक्षक अमिरकुमार दाहाल, घरधनी राजेश साह र निजका छोरा आनन्दकुमार साहको मृत्यु भएको थियो।

बम विस्फोटमै परेर राजेशका बुबा भिखारी साह, राजेशका अर्का छोरा प्रकाश साह, राजेशकी छोरी अञ्जली साह, छिमेकी अकवर मन्सुर, सकिला खातुन, निक्की साह र प्रहरी जवान रिजनाथ महतो घाइते भएका थिए।

घटनापछि मुख्य योजनाकार मानिएका साह धनुषा प्रहरीबाट जोगिन सप्तरी खटिएका थिए। सप्तरीमा चन्दा सङ्कलनमा खटिएको जानकारी पाएको सप्तरी प्रहरीले साहलाई सुक्ष्म निगरानीमा राखेको थियो।

इलाका प्रहरी कार्यालय कडरबोनाले साहलाई पक्राउ आज जिल्ला प्रहरी कार्यालय धनुषा बुझाएको प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिएका छन्। रासस

लोकप्रिय

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

२०७६, १३ फाल्गुन मंगलवार १७:४८

शैक्षिक हड्ताल नगर्न अपिल

शैक्षिक हड्ताल नगर्न अपिल

२०७६, १४ फाल्गुन बुधबार १९:५९

प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’ चोरीको !

प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’ चोरीको !

२०७६, १४ फाल्गुन बुधबार १४:१८

जितको शुभकामनासहित नेपाली क्रिकेट टोलीको विदाइ

जितको शुभकामनासहित नेपाली क्रिकेट टोलीको विदाइ

२०७६, १४ फाल्गुन बुधबार १८:३८

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

२०७६, १३ फाल्गुन मंगलवार १६:११

अनुहारमा दाग आएर हैरान हुनुहुन्छ ? यस्ता छन् प्राकृतिक उपाय

अनुहारमा दाग आएर हैरान हुनुहुन्छ ? यस्ता छन् प्राकृतिक उपाय

२०७६, १४ फाल्गुन बुधबार १३:०५

अब टेलिकमले कल समाप्त भएलगत्तै ब्यालेन्सको जानकारी दिने

अब टेलिकमले कल समाप्त भएलगत्तै ब्यालेन्सको जानकारी दिने

२०७६, १४ फाल्गुन बुधबार १३:५१

म्याच फिक्सिङकाे आराेपमा दीपेश श्रेष्ठलाई २ वर्ष प्रतिबन्ध

म्याच फिक्सिङकाे आराेपमा दीपेश श्रेष्ठलाई २ वर्ष प्रतिबन्ध

२०७६, १४ फाल्गुन बुधबार १७:०३

टेष्ट वरियतामा खस्किए कोहली, स्मिथ बने नम्बर वान

टेष्ट वरियतामा खस्किए कोहली, स्मिथ बने नम्बर वान

२०७६, १४ फाल्गुन बुधबार १६:०९

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

२०७६, १३ फाल्गुन मंगलवार १३:१०

पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन महासंघको आग्रह

पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन महासंघको आग्रह

२०७६, १४ फाल्गुन बुधबार १९:०७

ट्रष्टको जग्गा लिज सम्बन्धमा सभापति देउवाको स्पष्टोक्ति

ट्रष्टको जग्गा लिज सम्बन्धमा सभापति देउवाको स्पष्टोक्ति

२०७६, १४ फाल्गुन बुधबार १९:५१

सुनचाँदिकाे मूल्यमा गिरावट

सुनचाँदिकाे मूल्यमा गिरावट

२०७६, १४ फाल्गुन बुधबार १३:५४

टेलिकमपछि महिन्द्राको ब्रान्ड एम्बेसडर बने पूर्व कप्तान पारस

टेलिकमपछि महिन्द्राको ब्रान्ड एम्बेसडर बने पूर्व कप्तान पारस

२०७६, १४ फाल्गुन बुधबार १५:३८

अलपत्र हुलाकी सडकखण्ड अघि बढाउन माग

अलपत्र हुलाकी सडकखण्ड अघि बढाउन माग

२०७६, १४ फाल्गुन बुधबार १५:१४