सप्तरी– जिल्ला खेलकूद विकास समितिका पदाधिकारीबीचको असमझदारीले कार्यालयमा लागेको ताला नौ महिनापछि खुलेको छ। समितिका उपाध्यक्ष धीरेन्द्र बर्मा र कोषाध्यक्ष राजेशकुमार चौधरीले कार्यालय प्रमुख दिनेश भुजेलसहित कर्मचारी, विभिन्न खेलकूद सङ्घका पदाधिकारी र खेलाडीको उपस्थितिमा हिजो साँझ ताला खोलेको हो।

ताला खुलेपछि आजबाट कार्यालय सञ्चालनमा आएको कार्यालय प्रमुख भुजेलले बताएका छन्। अध्यक्षमा अमर खवासको मनोनयनसँगै अध्यक्ष वा कोषाध्यक्षमध्ये कसको नाममा खाता सञ्चालन गर्ने विषयमा समितिमा विवाद भएपछि उपाध्यक्ष बर्माको नेतृत्वमा कोषाध्यक्ष चौधरीसहित सदस्यले गत जेठ ७ गते कार्यालय प्रमुख भुजेलको कार्यकक्षमा तालाबन्दी गरेको थियो।

अध्यक्ष खवास र कार्यालय प्रमुख भुजेलबाहेक अन्य सबै पदाधिकारी, सदस्य, कोषाध्यक्ष चौधरीको नाममा खाता खोल्नुपर्ने पक्षमा छन्। ताला खोलेलगत्तै कोषाध्यक्ष चौधरीले एक विज्ञप्ति जारी गरी आफूहरुले राख्दै आएको तीन बुँदे माग सात दिनभित्र सम्बोधन नभए थप सशक्त कार्यक्रम गर्ने चेतावनी दिएको छ।

अध्यक्ष खवासबाहेक समितिका अन्य पदाधिकारीले आर्थिक वर्ष २०७२\७३ देखिको आयव्ययको हिसाब, कोषाध्यक्षको नाममा खाता सञ्चालन र कार्यालय प्रमुखको सरुवाको माग राख्दै आएका छन्। अध्यक्ष खवासले आफ्नो नाममा खाता सञ्चालन नभए आर्थिक कारोवारको जिम्मेवारी लिन नसक्ने र कार्यादेश दिन नसक्ने बताउँदै आएको छ।

समितिमा सचिवसमेत रहने कार्यालय प्रमुख भुजेलले अध्यक्षको कार्यादेशबिना आर्थिक कारोवार गर्न नसकिने भन्दै कोषाध्यक्षको नाममा खाता खोल्न असमर्थता जनाउँदै आएको छ। खेलकूद नियमावलीमा कार्यालय प्रमुख र अध्यक्ष वा कोषाध्यक्षको हस्ताक्षरमा खाता सञ्चालन हुने प्रावधान छ।

कार्यालय प्रमुख भुजेलले आफू दुई वर्षअघि प्रमुख भएर आएकाले त्यसअघिको लेखा परीक्षण भइसकेको हिसाबबारे चार वर्षदेखि समितिमा रहनुभएका पदाधिकारी नै जिम्मेवार हुनुपर्ने बताएका छन्। समितिका पदाधिकारीले कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको केही दिनपछि कर्मचारीले समेत समितिको कोठामा ताला लगाएका थिए। तालाबन्दीका कारण विगत नौ महिनादेखि खेलकूद गतिविधि पूर्ण प्रभावित बनेको छ। रासस

लोकप्रिय

कालोपत्रको काम पुनः सञ्चालन गराउने सहमति

कालोपत्रको काम पुनः सञ्चालन गराउने सहमति

२०७६, १० फाल्गुन शनिबार २०:०१

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ९ फाल्गुन शुक्रबार १९:५७

शनिबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयो कि ?

शनिबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयो कि ?

२०७६, १० फाल्गुन शनिबार १९:२५

भारतिवरूद्धकाे टेष्ट दाैरान न्युजिल्याण्डका रोस टेलरले बनाए विश्व कीर्तिमान

भारतिवरूद्धकाे टेष्ट दाैरान न्युजिल्याण्डका रोस टेलरले बनाए विश्व कीर्तिमान

२०७६, ९ फाल्गुन शुक्रबार १२:५२

श्रीमानसँग यौन सम्बन्ध राख्दा श्रीमतीको मृत्यु

श्रीमानसँग यौन सम्बन्ध राख्दा श्रीमतीको मृत्यु

२०७६, ९ फाल्गुन शुक्रबार १५:०३

टी–२० महिला विश्वकपः अस्ट्रेलियाविरुद्ध भारत विजयी

टी–२० महिला विश्वकपः अस्ट्रेलियाविरुद्ध भारत विजयी

२०७६, ९ फाल्गुन शुक्रबार १६:५८

गल्ती गर्ने छुट कसैलाई छैनः अध्यक्ष दाहाल

गल्ती गर्ने छुट कसैलाई छैनः अध्यक्ष दाहाल

२०७६, १० फाल्गुन शनिबार १६:४५

बलिउड अभिनेत्री शिल्पा शेट्टीले जन्माइन् छाेरी

बलिउड अभिनेत्री शिल्पा शेट्टीले जन्माइन् छाेरी

२०७६, ९ फाल्गुन शुक्रबार १४:५१

नैतिक शिक्षाको खाँचोः प्रदेश प्रमुख शेरचन

नैतिक शिक्षाको खाँचोः प्रदेश प्रमुख शेरचन

२०७६, ११ फाल्गुन आईतवार ०८:३९

फिल्म ‘प्रेम गीत ३’ काे शीर्ष गीत सार्वजनिक (भिडियाेसहित)

फिल्म ‘प्रेम गीत ३’ काे शीर्ष गीत सार्वजनिक (भिडियाेसहित)

२०७६, ९ फाल्गुन शुक्रबार १८:४५

राँके–रवी–भेडेटारसडक निर्माणले गति लियो

राँके–रवी–भेडेटारसडक निर्माणले गति लियो

२०७६, १० फाल्गुन शनिबार ०७:०२

गोरखपुरबाट नेपालसम्म पाइपलाइनमा ग्यास

गोरखपुरबाट नेपालसम्म पाइपलाइनमा ग्यास

२०७६, १० फाल्गुन शनिबार ०६:४६

हिलो र धुलोका समस्याले बन्द बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

हिलो र धुलोका समस्याले बन्द बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

२०७६, १० फाल्गुन शनिबार ०८:०९

विभिन्न ठाँउमा सवारी दुर्घटना हुदा पाँचजनाको मृत्यु

विभिन्न ठाँउमा सवारी दुर्घटना हुदा पाँचजनाको मृत्यु

२०७६, ९ फाल्गुन शुक्रबार १९:०९

मानवअधिकारबिना सुशासन कायम हुन्नः सभामुख श्रेष्ठ

मानवअधिकारबिना सुशासन कायम हुन्नः सभामुख श्रेष्ठ

२०७६, १० फाल्गुन शनिबार १८:३७