झीमरुक– ऐरावती गाउँपालिका–४ धुवाङ स्वास्थ्यचौकीमा टेलिमेडिसिनमार्फत दिइने सेवा प्रभावकारी बन्दै गएको छ। गत कात्तिकको पहिलो हप्ताबाट शुरु भएको यो सेवा प्रभावकारी बन्दै गएको हो। यो साता स्वास्थ्य टेलिमेडिसिन स्वास्थ्य सेवा कार्यक्रममा २५ बिरामीले स्वास्थ्य सेवा लिएका छन्।

ऐरावती गाउँपालिकाका विभिन्न वडा र छिमेकी जिल्ला अर्घाखाँचीका नागरिकलाई स्वास्थ्य सेवा दिइएको हो। मानसिक रोगका २५ बिरामीलाई प्रत्यक्ष भिडियोमार्फत परामर्श दिनुका साथै रोगको पहिचान गरेर औषधिसमेत प्रदान गरिएको स्वास्थ्यचौकीका इन्चार्ज बालगोपाल श्रेष्ठले बताएका छन्।

हाल माल्दिभ्सको मानसिक अस्पतालमा कार्यरत डा कञ्चन दाहालले बिरामीको भिडियोमार्फत स्वास्थ्य सेवा प्रदान गरेकोे इन्चार्ज श्रेष्ठले बताए। चिकित्सकसँग यसरी प्रत्यक्ष सम्पर्क गरेर आफ्नो समस्या राख्न पाउँदा बिरामी निकै हर्षित भएको उनले बताएका छन्। करीब छ वर्षपछि मानसिक रोग विशेषज्ञसँग प्रत्यक्ष स्वास्थ्य जाँच गराउनु ठूलो उपलब्धि रहेको उनले बताएका छन्।

जिल्लाका सात स्वास्थ्य संस्थामा यो कार्यक्रम सञ्चालनमा छ। बरौला स्वास्थ्य संस्थाले हाल (धुवाङ)बाट सञ्चालन गरिएको स्वास्थ्य सेवा नियमित र प्रभावकारी बन्दै गएको श्रेष्ठले बताएका छन्। उनका अनुसार बिरामी पूर्णरूपमा निको भएको र यस्तो सेवा आफ्नै घरदैलोमा पाउँदा बिरामी पनि खुशी भएका छन्।

स्वास्थ्यका विभिन्न समस्या भएका र आर्थिक अवस्था कमजोर भएका बिरामीलाई यो सेवाले समेट्दै गएको स्वास्थ्यचौकीका इन्चार्ज श्रेष्ठले बताएका छन्। यो सेवाले उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुँदै गएको उनले बताए। प्रविधिको प्रयोगले विशेषज्ञ सेवा दूरदराजका बस्तीमा पुग्नुले प्रविधिको सही प्रयोग भएको आभास भएको इन्चार्ज श्रेष्ठले बताएका छन्।

फागुनको पहिलो हप्ताबाट स्वास्थ्यचौकीमा आफ्नै पहलमा ल्याव सेवासमेत प्रदान गरिने उनको भनाइ छ। एएसके फाउण्डेशनले नेपालका विभिन्न क्षेत्रमा यो सेवा सञ्चालन गरेको फाउण्डेशनका मेडिकल कोडिनेटर डा सरोज केसीले बताएका छन्। आर्थिक स्थिति कमजोर भएर चिकित्सकको सेवाबाट वञ्चित भएकालाई चिकित्सकीय सेवा प्रदान गर्ने, सिफारिस गर्नुपर्ने भए पनि ठिक ठाउँमा सिफारिस गरेर बिरामीहरु अन्यत्र भौतारिने र धेरै पैसा खर्च हुनेबाट पनि राहत मिल्ने डा केसीको भनाइ रहेको छ।

फाउण्डेशनले कालिकोटबाट शुरु गरेको यो सेवा हाल नेपालका सात स्थानमा सञ्चालन गरेको छ। विगत १० वर्षदेखि यस्तो सेवा प्रदान गरेकोसमेत डा केसीले बताएका छन्। नियमित चिकित्सक, इन्टरनेटको सही उपयोग र औषधिले यो कार्यक्रम प्रभावकारी हुँदै गएको उनको भनाइ छ। यसैगरी ऐरावती गाउँपालिकाले पनि आम नागरिक स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भनेर नियमितरूपमा औषधि उपलब्ध गराउँदै आएको छ। (रासस)

लोकप्रिय

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

२०७६, १३ फाल्गुन मंगलवार १७:४८

शैक्षिक हड्ताल नगर्न अपिल

शैक्षिक हड्ताल नगर्न अपिल

२०७६, १४ फाल्गुन बुधबार १९:५९

प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’ चोरीको !

प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’ चोरीको !

२०७६, १४ फाल्गुन बुधबार १४:१८

जितको शुभकामनासहित नेपाली क्रिकेट टोलीको विदाइ

जितको शुभकामनासहित नेपाली क्रिकेट टोलीको विदाइ

२०७६, १४ फाल्गुन बुधबार १८:३८

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

२०७६, १३ फाल्गुन मंगलवार १६:११

अनुहारमा दाग आएर हैरान हुनुहुन्छ ? यस्ता छन् प्राकृतिक उपाय

अनुहारमा दाग आएर हैरान हुनुहुन्छ ? यस्ता छन् प्राकृतिक उपाय

२०७६, १४ फाल्गुन बुधबार १३:०५

अब टेलिकमले कल समाप्त भएलगत्तै ब्यालेन्सको जानकारी दिने

अब टेलिकमले कल समाप्त भएलगत्तै ब्यालेन्सको जानकारी दिने

२०७६, १४ फाल्गुन बुधबार १३:५१

म्याच फिक्सिङकाे आराेपमा दीपेश श्रेष्ठलाई २ वर्ष प्रतिबन्ध

म्याच फिक्सिङकाे आराेपमा दीपेश श्रेष्ठलाई २ वर्ष प्रतिबन्ध

२०७६, १४ फाल्गुन बुधबार १७:०३

टेष्ट वरियतामा खस्किए कोहली, स्मिथ बने नम्बर वान

टेष्ट वरियतामा खस्किए कोहली, स्मिथ बने नम्बर वान

२०७६, १४ फाल्गुन बुधबार १६:०९

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

२०७६, १३ फाल्गुन मंगलवार १३:१०

पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन महासंघको आग्रह

पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन महासंघको आग्रह

२०७६, १४ फाल्गुन बुधबार १९:०७

ट्रष्टको जग्गा लिज सम्बन्धमा सभापति देउवाको स्पष्टोक्ति

ट्रष्टको जग्गा लिज सम्बन्धमा सभापति देउवाको स्पष्टोक्ति

२०७६, १४ फाल्गुन बुधबार १९:५१

सुनचाँदिकाे मूल्यमा गिरावट

सुनचाँदिकाे मूल्यमा गिरावट

२०७६, १४ फाल्गुन बुधबार १३:५४

अलपत्र हुलाकी सडकखण्ड अघि बढाउन माग

अलपत्र हुलाकी सडकखण्ड अघि बढाउन माग

२०७६, १४ फाल्गुन बुधबार १५:१४

‘जुरासिक वर्ल्ड डाेमिनियन’ काे सुटिङ शुरू

‘जुरासिक वर्ल्ड डाेमिनियन’ काे सुटिङ शुरू

२०७६, १४ फाल्गुन बुधबार १८:१९