सुर्खेत, २८ माघ –पूर्वराजा वीरेन्द्रको शालिक भत्काइएपछि बाँकी रहेको भग्नावशेषमा पानीको फोहरासहितको चोक निर्माण गर्न वीरेन्द्रनगर नगरपालिकाले काम शुरु गरेको छ। गत जेठ १३ गते राती डोजर लगाएर भग्नावशेषको बाँकी संरचना पनि भत्काइयो।

तर आठ महिना बितिसक्दासम्म पनि वीरेन्द्रचौकको पुनर्निर्माण कार्य भने शुरु हुन सकेको छैन। वीरेन्द्र शाहको शालिक राख्नेबारे विवाद हुँदा पुनर्निर्माण अलपत्र परेको हो। शालिक हटाएर पानीको फोहरासहितको पोखरी निर्माण गर्ने योजनामा नगरपालिकाले भग्नावशेष भत्काएको थियो।

तर, आठ महिना बितिसक्दासमेत पुनर्निर्माण शुरु हुन सकेको छैन। उक्त योजना नै अलपत्र अवस्थामा छ। स्थानीयबाट विरोध भएपछि वीरेन्द्रनगरले नयाँ संरचना बनाउन नसकिएको जनाएको छ। नगरपालिकाले उक्त योजना निर्माणका लागि पाँच लाख रुपैयाँ विनियोजन गरेको थिया।

‘पानीको फोहरासहितको पोखरी निर्माण गर्ने उद्देश्यले शालिक राखिएको चोक भत्काइएको हो,’ वीरेन्द्रनगर–६ का वडाध्यक्ष मोतीप्रसाद कँडेलले भने, ‘नगरपालिकाको योजनाविरुद्ध स्थानीय जनमत खडा भएपछि निर्माण हुन सकेन।’ चोक भत्काएलगत्तै पोखरी निर्माणका लागि बालुवा, ढुङ्गा लगायतका निर्माण आवश्यक सामग्रीसमेत ल्याइएको थियो। तर, हाल उक्त सामग्रीसमेत निर्माणस्थलमा छैन।

वडा कार्यालयले आधा चोक भत्काएर छोड्दा झनै कुरुप बनेको छ। ‘संविधानतः राजाको शालिक बनाउनुभन्दा फोहरासहितको पोखरी बनाउनु उपयुक्त ठानिएको हो,’ अध्यक्ष कँडेलले भने, ‘एकथरिबाट राजाकै शालिक राख्नुपर्ने दबाब आयो। विरोधकाबीच काम गर्नसक्ने वातावरण बनेन।’

कार्यपालिकाबाट चोक कस्तो र कसरी निर्माण गर्ने भन्नेबारेमा निर्णय नभएसम्म काम अगाडि बढाउन नसकिने उनले बताए। ‘कर्णालीबासीको पहिचानका लागि वीरेन्द्रनगर बजारलाई सुन्दर बनाउनुपर्छ भन्ने योजनाले फोहरासहितको पोखरी निर्माण गर्ने योजना हो। तर, अब कार्यपालिकाको बैठकबाट निर्णय नभएसम्म काम गर्न सक्ने अवस्था छैन,’ वडा अध्यक्ष कँडेलले भने।

उनले वीरेन्द्रनगर नगर कार्यपालिकाको निर्णय पर्खिएको बताए। यता, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले वीरेन्द्रको शालिक राख्ने बारेमा नीतिगत निर्णय गर्न नसकिने बताए। ‘जनता र कार्यपालिकाले निर्णय गर्‍यो भने फरक कुरा हो’ उनले भने, ‘चोक भत्काउँदा विरोध भएपछि काम रोकिएको छ। आगामी नगर सभामा यो एजेण्डामा छलफल हुन्छ।’ वीरेन्द्रनगरको हिउँदे अधिवेशन माघको अन्तिम साताबाट शुरु हुँदैछ।

वीरेन्द्रचोकको इतिहास

तत्कालीन राजा वीरेन्द्र वि.सं. २०२३ सालमा सुर्खेत आएका थिए। उक्त समयमा नै राजाले उपत्यका मन पराएकाले २०२९ सालमा शहरी योजनाविद् माधवभक्त माथेमाले नगरको गुरुयोजना बनाएका थिए। आफूले अति रुचाएको ठाउँ भएकाले वीरेन्द्रले गुरुयोजना कार्यान्वयन गर्न लगाएका थिए। ‘तत्कालीन समयमा चौहानचौर भनिन्थ्यो, कटकुवा नगर पञ्चायतमा गाभियो,’ राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य मकुन्दश्याम गिरीले भने, ‘राजाले रुचाएको ठाउँ भएकाले सबै राजनीतिक दलको समर्थनमा वीरेन्द्रनगर नगर पञ्चायत नामाकरण गरियो।’ राजाको शालिकसहित बीचबजारको चोकलाई त्यही बेला वीरेन्द्रचोक नामाकरण गरिएको थियो।

त्यतिबेला गिरी पञ्चायत प्रमुख थिए। भारतको जयपुरबाट बनाएर ल्याइएको वीरेन्द्रको शालिक वि.सं. २०४३ सालमा राखिएको थियो। वीरेन्द्रसँगै आएकी रानी ऐश्वर्याले शालिकको अनावरण गरेकी थिइन्। ‘मुलुकमा गणतन्त्र आयो, संविधान बन्यो। संघीयता कार्यान्वयन भएको छ,’ उनले भने, ‘राजतन्त्र समाप्त भएपछि थुप्रै परिवर्तन भए, परिवर्तन गर्ने नै हो भने नगरपालिकाकै नाम परिवर्तन हुनुपर्ने हो। जुन राजाले बनाएको नगर हो त्यसमा शालिक राख्न के भयो र?’ गिरीले भने।

वीरेन्द्रचोकमा राजाको शालिक अनिवार्य रुपमा राख्नुपर्ने उनले बताए। वीरेन्द्रनगर पुग्ने पर्यटकहरुले राजाप्रतिको आस्थासँगै इतिहासको संरक्षण हुने भएकाले वीरेन्द्रकै शालिक बनाउनुपर्ने उनी बताउँछन्। उनले भने, ‘बढ्दो सवारी चापलाई असर नगर्ने संरचना बनाउन सकिन्छ, ट्राफिक पोष्ट राख्न मिल्छ। वीरेन्द्रको शालिक भत्काएर अन्य संरचना बनाउँदा इतिहास ध्वस्त हुँदै जाने खतरा देखिन्छ।’

लोकप्रिय

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

२०७६, ३१ श्रावण शुक्रबार ०७:३३

विविध घटनामा चारको मृत्यु

विविध घटनामा चारको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार १७:५५

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

समतल रात

समतल रात

२०७६, ३१ श्रावण शुक्रबार १७:२२

नेपाल-भारत एजेन्डा पुरानै

नेपाल-भारत एजेन्डा पुरानै

२०७६, ३१ श्रावण शुक्रबार ०८:१६

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

२०७६, ३१ श्रावण शुक्रबार १७:३५

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

२०७६, ३१ श्रावण शुक्रबार ११:०५

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

२०७६, ३१ श्रावण शुक्रबार १३:५७

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

२०७६, ३२ श्रावण शनिबार १४:१९

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

२०७६, ३२ श्रावण शनिबार ०७:१९

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार ०६:४३