पोखरा, २८ माघ – पोखरा पर्यटन परिषद्ले नेपालमा हवाई सञ्जाल विस्तार गर्न पहल गर्ने भएको छ।

पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा गरिएको उत्तरपूर्वी भारतको प्रवर्द्धनात्मक भ्रमणको आइतबार आयोजित समापन समारोहमा परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले भारतीय पर्यटन व्यवसायीले नेपालको हवाई सेवालाई प्रभावकारी बनाउन सुझाव दिएको बताए।

नेपाल–भारतको काँकडभिट्टा सीमानाका नजिकैको चन्द्रगढी विमानस्थलबाट पोखरा सीधा हवाई सम्पर्क नभएकोप्रति त्यहाँका पर्यटन व्यवसायीको गुनासो भएको बताउँदै अध्यक्ष पोखरेलले सीधा हवाई सेवाका साथै त्यहाँसम्म पुग्ने बाटो पनि स्तरोन्नति गर्न पहल गरिने धारणा राखे।

सहभागी टोलीका सदस्यलाई अध्यक्ष पोखरेल र नेपाल पर्यटन बोर्डका पूर्वसदस्य एवं वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले सहभागिताको प्रमाणपत्र प्रदान गरे।

कार्यक्रम संयोजक सञ्जयकान्त सिग्देलका अनुसार प्रवर्द्धनात्मक भ्रमण टोलीले उत्तरपूर्वी भारतका ६ राज्यमा पर्यटन व्यवसाय सञ्चालन गर्ने व्यवसायीको छाता सङ्गठन इस्टर्न हिमालय ट्राभल एन्ड टुर अपरेटर एशोसिएशनद्वारा सिलगुडीमा आयोजित बङ्गाल ट्राभल मार्टमा सहभागी भई व्यावसायिक साझेदारीका विषयमा छलफल गरेको थियो।

त्यस्तै टुर अपरेटर एशोसिएशन अफ आसामका पदाधिकारीसहित त्यहाँका पर्यटन व्यवसायीसँग गुहाटीमा पर्यटकीय साझेदारी लगायतका विषयमा छलफल भएको उनले जानकारी दिए। (रासस)

लोकप्रिय

छोराको कुटाइबाट बाबुको मृत्यु

छोराको कुटाइबाट बाबुको मृत्यु

२०७६, २६ कार्तिक मंगलवार २०:१५

भरपर्दो सुरक्षा आवश्यक : मन्त्री थापा

भरपर्दो सुरक्षा आवश्यक : मन्त्री थापा

२०७६, २७ कार्तिक बुधबार १८:०५

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

२०७६, २७ कार्तिक बुधबार ११:०८

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

२०७६, २६ कार्तिक मंगलवार १७:२५

चेपाङ बस्तीमा सुविधासम्पन्न विद्यालय भवन

चेपाङ बस्तीमा सुविधासम्पन्न विद्यालय भवन

२०७६, २७ कार्तिक बुधबार १७:२२

कलाकारलाई  झुटो प्रचार गर्ने विरुद्ध कारवाहीको माग गर्दै बिमाकुमारी दुरा मिडियामा

कलाकारलाई  झुटो प्रचार गर्ने विरुद्ध कारवाहीको माग गर्दै बिमाकुमारी दुरा…

२०७६, २७ कार्तिक बुधबार १३:२२

दिपक गुरुङको स्टाटसले शैक्षिक परामर्श क्षेत्र तरङ्गीत

दिपक गुरुङको स्टाटसले शैक्षिक परामर्श क्षेत्र तरङ्गीत

२०७६, २६ कार्तिक मंगलवार १५:३८

म्यूजिक भिडियोमा ब्यस्त नायक राजेश हमाल

म्यूजिक भिडियोमा ब्यस्त नायक राजेश हमाल

२०७६, २६ कार्तिक मंगलवार १३:३०

शिल्पाको रिट निवेदन खारेज गर्न सर्वोच्चको आदेश

शिल्पाको रिट निवेदन खारेज गर्न सर्वोच्चको आदेश

२०७६, २७ कार्तिक बुधबार ११:५५

नेपाल–बंगलादेशः यस्ता छन् द्विपक्षीय व्यापारमा नेपाल कमजोर

नेपाल–बंगलादेशः यस्ता छन् द्विपक्षीय व्यापारमा नेपाल कमजोर

२०७६, २७ कार्तिक बुधबार १०:५२

अनमोल विना असफल हेमराज

अनमोल विना असफल हेमराज

२०७६, २६ कार्तिक मंगलवार १५:३७

एकदिवसीय सिरिजमा वेष्ट इण्डिजद्वारा अफगानिस्तान क्लिन स्वीप

एकदिवसीय सिरिजमा वेष्ट इण्डिजद्वारा अफगानिस्तान क्लिन स्वीप

२०७६, २६ कार्तिक मंगलवार ०६:५७

राजेश हमाल अभिनित नयाँ गीत ‘मैले चोट खाँदा’ सार्वजानिक (भिडियो सहित)

राजेश हमाल अभिनित नयाँ गीत ‘मैले चोट खाँदा’ सार्वजानिक (भिडियो…

२०७६, २७ कार्तिक बुधबार १७:५३

के रिलिज मिति सरेकै कारण ‘घामड शेर’ नचलेको होत?

के रिलिज मिति सरेकै कारण ‘घामड शेर’ नचलेको होत?

२०७६, २६ कार्तिक मंगलवार १८:१९

आजकाे राशिफल (कात्तिक २६ गते)

आजकाे राशिफल (कात्तिक २६ गते)

२०७६, २६ कार्तिक मंगलवार ०७:०९