बुटवल, २८ माघ – बुटवल-पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग बनाउनका लागि भौगर्भिक सर्भे शुरू भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङ मार्ग बनाउनुपूर्व ‘जियोलोजिकल’ सर्भे थालेको हो।

केही दिनयता प्लानेट नेपालले चट्टानको परीक्षण गरिरहेको छ। सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने तल्लो सिद्धबाबादेखि दोभानसम्म झन्डै ३ किलोमिटर सडक अति जोमिखपूर्ण छ। सिद्धबाबा क्षेत्रमा सरकारले सुरुङ मार्ग बनाउने बताउँदै आएको थियो। सोही कामको पहिलो चरणमा यहाँको चट्टान र भौगोलिक अवस्थाको अध्ययन गर्न थालिएको हो।

प्लानेट नेपाल टेस्ट प्रालिका जियोटेक्निकल इञ्जिनीयर दिवाकर ढकालले ६ ठाउँमा ड्रिल गरेर चट्टान निकालिएको र त्यसको अवस्था परीक्षण गरिने बताए। अध्ययनका लागि १५ जना टोलीले काम गरिरहेको छ। यहाँको नमुना स्वीट्जरल्याण्ड लगिने र त्यहाँबाट रिपोर्ट आएपछि मात्र सुरुङ मार्गका लागि भौगोलिक अवस्था उपयुक्त छ या छैन जानकारी हुने उनले जनाए।

हालसम्मको करिब ८५ प्रतिशत अध्ययनबाट उक्त क्षेत्रको जमिनमा डेढ मिटर गहिराइसम्म माटो तथा त्यसभन्दा तल स्यान्ड स्टोन र मड स्टोनको मिश्रण भेटिएको इञ्जिनीयर ढकालले बताए।

अहिले भइरहेको काम पनि स्वीस सरकार विकास सहयोगमार्फत गरिएको हो। यो सडकको व्यवस्थापनका लागि प्रदेश सरकारले पनि यस वर्ष १० करोड रुपैयाँ छुट्ट्याएको छ। त्यस्तै संघीय सरकारले सिद्धबाबाको सडक व्यवस्थित गर्न ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

प्रारम्भिक नतिजामा चट्टान कडा खालको भेटिएकाले सुरुङ मार्ग सम्भव हुने बताइएको छ। यसअघि भएको प्रारम्भिक अध्ययनमा सुरुङसहित रकनेट, रकसेट, हाफ टनेल सहितका छवटा विकल्प दिइएको थियो। संघीय सरकारले सुरुङ मार्गलाई पहिलो प्राथमिकतामा राखेर गुरुयोजना बनाउन थालेको हो। स्वीस सरकारले गुरुयोजना निर्माणमा पनि सहयोग गरेको छ।

प्लानेटका प्रबन्ध निर्देशक दिवाकर खड्काले सुरुङ मार्ग पाल्पाको सिद्धबाबा मन्दिरको उत्तरतर्फको चिडियाखोलाको छेउबाट शुरु हुनेछ। चिडियाखोलाको सुरुङ प्रवेशद्वारमा करिब २० मिटर सीधा प्वाल पारेर चट्टान निकालिएको छ। दोभाननजिकै रामापिथेक पार्कको उत्तरतर्फ ९० मिटरको ६० डिग्री कोणमा प्वाल पारिएको छ। चट्टानको चुचुरो र सडकको बीच भागमा समेत प्वाल पारेर चट्टान निकालिएको छ।

पाल्पाको सिद्धबाबा सडक खण्डमा पछिल्लो ५ वर्षमा भएको दुर्घटनामा करिब ६० जनाको मृत्यु भएको छ। जुनसुकै समयमा पनि चट्टान खस्ने समस्याले सिद्धबाबा सडक असुरक्षित छ।

पाल्पाबाट निर्वाचित प्रदेशसभा सदस्य तुलबहादुर घर्तीले सुरुङ मार्ग निर्माणको विकल्प नभएको बताए। सिद्धबाबाको सडकको विकल्प सडक बनाउने योजनासमेत आएका छन् तर ठोस काम भइसकेको छैन।

लोकप्रिय

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

६ फाल्गुन २०७५, सोमबार

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

५ फाल्गुन २०७५, आईतवार

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

६ फाल्गुन २०७५, सोमबार

लागूऔषधसहित २ जना पक्राउ

लागूऔषधसहित २ जना पक्राउ

५ फाल्गुन २०७५, आईतवार

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

५ फाल्गुन २०७५, आईतवार

बाख्रापालनले गाउँको मुहार नै फेरियो

बाख्रापालनले गाउँको मुहार नै फेरियो

५ फाल्गुन २०७५, आईतवार

२००७ साल र त्यसपछिका क्रान्ति

२००७ साल र त्यसपछिका क्रान्ति

५ फाल्गुन २०७५, आईतवार

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

५ फाल्गुन २०७५, आईतवार

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

६ फाल्गुन २०७५, सोमबार

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

६ फाल्गुन २०७५, सोमबार

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

५ फाल्गुन २०७५, आईतवार

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

६ फाल्गुन २०७५, सोमबार

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

६ फाल्गुन २०७५, सोमबार

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

५ फाल्गुन २०७५, आईतवार

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

६ फाल्गुन २०७५, सोमबार