काठमाडौँ, २८ माघ –चलचित्र ‘फिङ्गर प्रिन्ट’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। नविन निरौला निर्देशित चलचित्रमा उनकैै लेखन र सम्पादन रहेको छ। चलचित्र फागुन १० गतेबाट प्रदर्शनमा आउँदैछ।

मेडिकल साइन्सको बिषयमा निर्माण गरिएको चलचित्रमा दयाराम पाण्डेको गीत, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी छ। सुमन तण्डुकार र राहुल राईले चलचित्रलाई खिचेका छन्। फिङ्गर प्रिन्टको दुरुपयोगले विश्वमा हुनसक्ने अपराधलगायतका बिषय चलचित्रमा प्रस्तुत गरिएको छ। चलचित्रको ‘चाहिँदैन भो’ गीत यसअघि नै सार्वजनिक भइसकेको छ।

कामना फिल्मसको ब्यानरमा अनिल श्रेष्ठ (रोमन) ले यसको निर्माण गरेका हुन्। चलचित्रमा दीपक त्रिपाठी, सरिता लामिछाने, राज क्षितिज, रमेश बुढाथोकी,आयुष्मा कार्की, आनन्द पुन, शंकर आचार्य, अनुरुप पोखरेल, सुवास कार्की, जेसिका भुसाललगायतका कलाकारको अभिनय छ। शंकर आचार्य र अनिल श्रेष्ठ यस चलचित्रका सहनिर्माता रहेका छन्।

लोकप्रिय

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

२०७६, ४ भाद्र बुधबार १४:२२

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

२०७६, ४ भाद्र बुधबार १६:१३

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

२०७६, ४ भाद्र बुधबार १६:२७

नापतौल यन्त्र जाँच र नवीकरण नगराउने ११ उद्योग कारवाहीमा

नापतौल यन्त्र जाँच र नवीकरण नगराउने ११ उद्योग कारवाहीमा

२०७६, ४ भाद्र बुधबार १५:४४

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

सन्नी लियोनी नेपाल आउँदै

सन्नी लियोनी नेपाल आउँदै

२०७६, ४ भाद्र बुधबार १५:५९

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

बैंकको रकम हिनामिना गर्ने पक्राउ

बैंकको रकम हिनामिना गर्ने पक्राउ

२०७६, ४ भाद्र बुधबार १७:०८