साँखु, २८ माघ – महानगरीय प्रहरी वृत्त बौद्धले मोटरसाइकल चोरी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरी मुद्दा चलाएको छ।

माघ २४ गते काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा पार्किङ गरी राखेको प्रदेश नं. ३, ०२–००३ प ६२०२ नं.को पल्सर, गोकर्णेश्वर नगरपालिका बेँसीगाउँबाट प्रदेश नं. ३, ०२—००२ प ८९८७ नं.को २०० सीसीको मोटरसाइकल हराएको थियो।

त्यस्तै सोही मितिमा गोकर्णेश्वर नगरपालिका माकलबारीबाट बा.७०प ७२५४ नं.को एनएसपल्सर र बा.२९प ५१२१ नं.को मोटरसाइकल चोरी भएको थियो।

प्रहरीले गोप्य सूचनाका आधारमा गोकर्णेश्वर नगरपालिका–९ भगवतीचोकनजिक रहेको छोरोल्पा गलैँचा कारखानाको परिसरभित्र लुकाएर राखेको उक्त चारैवटा मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरी मुद्दा दर्ता गरेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।

चोरीमा संलग्न सर्लाही हरिवन नगरपालिका–१ घर भई जोरपाटी अत्तरखेल बस्ने २८ वर्षीय भोजबहादुर योञ्जन, सोही ठेगाना भएका १८ वर्षीय रामबहादुर योञ्जन र हरिवन नगरपालिका–६ स्थायी घर भई काठमाडौँ बस्ने मदन लामालाई प्रहरीले पक्राउ गरी आइतबार चोरी शीर्षकमा मुद्दा दर्ता गरेको छ।

त्यस्तै माघ १३ गते गोकर्णेश्वर नगरपालिका–६ बेँसीगाउँबाट हराएको बा.५३प ४०७४ नं.को पल्सर मोटरसाइकलसहित चुच्चेपाटीबाट प्रहरीले दुई जनालाई पक्राउ गरी मुद्दा चलाएको छ।

मोटरसाइकल चोरी गरेर फरार रहेका दोलखा घर भई गोकर्णेश्वर–८ बस्ने १९ वर्षीय निमासाङ्गे शेर्पा र ललितपुर महाँकाल गाउँपालिका घर भई गोकर्णेश्वर बस्ने १६ वर्षीय सुजन तामाङविरुद्ध मुद्दा दर्ता गरेको प्रहरी नायब उपरीक्षक चन्दले बताए।

पार्किङ गरिराखेको मोटरसाइकल चोरी गरेको भन्दै रामेश्वर महतो, मिङ्मार शेर्पालगायत अन्य सवारीधनीले निज अभियुक्तविरुद्ध महानगरीय प्रहरी वृत्त बौद्धमा जाहेरी दिएका थिए। (रासस)

लोकप्रिय

‘विप्लवको नेपाल बन्द: प्रतिष्ठा जोगाउने लडाइँ, द्वन्द्वकालकै धङधङी’

‘विप्लवको नेपाल बन्द: प्रतिष्ठा जोगाउने लडाइँ, द्वन्द्वकालकै धङधङी’

२०७६, ५ बैशाख बिहीबार १५:४१

‘महालेखा परीक्षकको कार्यालयलाई विषरहित सर्पजस्तो बनाइएको छ’

‘महालेखा परीक्षकको कार्यालयलाई विषरहित सर्पजस्तो बनाइएको छ’

२०७६, ६ बैशाख शुक्रबार १८:२३

प्रदेश सरकारले प्रतिपक्षीलाई विभेद गरेको गुनासो

प्रदेश सरकारले प्रतिपक्षीलाई विभेद गरेको गुनासो

२०७६, ६ बैशाख शुक्रबार १८:४३

अप्रत्यासित

अप्रत्यासित

२०७६, ६ बैशाख शुक्रबार १६:१३

एनआईसी एशिया र क्यान्सर अस्पतालबीच सम्झौता

एनआईसी एशिया र क्यान्सर अस्पतालबीच सम्झौता

२०७६, ५ बैशाख बिहीबार १८:३८

पतकर, समय ढल्केको मेकानिक र ग्यारेज

पतकर, समय ढल्केको मेकानिक र ग्यारेज

२०७६, ६ बैशाख शुक्रबार १४:३५

काठमाडौँ-दिल्ली हवाई भाडा तीन गुणा बढ्यो

काठमाडौँ-दिल्ली हवाई भाडा तीन गुणा बढ्यो

२०७६, ६ बैशाख शुक्रबार ०७:२८

पोखरा विमानस्थलको रन वे निर्माण सम्पन्न (फोटोसहित)

पोखरा विमानस्थलको रन वे निर्माण सम्पन्न (फोटोसहित)

२०७६, ६ बैशाख शुक्रबार ०८:४४

आज देशका अधिकांश भागमा मौसम सामान्य बदली

आज देशका अधिकांश भागमा मौसम सामान्य बदली

२०७६, ६ बैशाख शुक्रबार ०६:२१

हुलाकी राजमार्गका जग्गाधनीलाई मुआब्जा वितरणा शुरू

हुलाकी राजमार्गका जग्गाधनीलाई मुआब्जा वितरणा शुरू

२०७६, ५ बैशाख बिहीबार १४:४०

गिद्धको संख्यामा वृद्धि

गिद्धको संख्यामा वृद्धि

२०७६, ५ बैशाख बिहीबार १३:१७

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२०७६, ७ बैशाख शनिबार ०६:५९

आंशिक रुपमा वृद्धभत्ता हटाउने सरकारको तयारी

आंशिक रुपमा वृद्धभत्ता हटाउने सरकारको तयारी

२०७६, ६ बैशाख शुक्रबार ०८:१९

नगरपालिकाले दियो रावलको छोरालाई पाण्डेको ‘मार्कसिट’

नगरपालिकाले दियो रावलको छोरालाई पाण्डेको ‘मार्कसिट’

२०७६, ६ बैशाख शुक्रबार १३:४३

साञ्जेन र रसुवागढीको आईपीओ आजदेखि

साञ्जेन र रसुवागढीको आईपीओ आजदेखि

२०७६, ६ बैशाख शुक्रबार १३:०२