खेमराज सापकोटा, धरान, २८ माघ –आइतबार बराबरीमा रोकिएको २१औँ बुढासुब्बा रेडबुल गोल्डकपको उद्घाटन खेलमा सिएमजी संकटा क्लबले ‘सडन डेथ’मार्फत जीत हात पारेको छ। शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपविजेता संकटा र मेची नेत्रालय काँकडभिट्टा फूटबल ट्रेनिङ सेन्टरबीचको खेल आइतबार ‘सडन डेथ’मा जाँदा पनि बराबरी भएपछि सोमबार बिहान पुन ट्राइब्रेकरबाट निर्णय लिइएको हो।

धरान रंगशालामा भएको खेलको निर्धारित र अतिरिक्त समयमा पनि दुवैतर्फबाट २-२ गोल भएको थियो। त्यसपछि ट्राइब्रेकरमा पनि ४-४ गोलको बराबरी भएपछि खेल ‘सडन डेथ’मा धकेलिएको थियो। ‘सडन डेथ’मा पनि १-१ को बराबरी स्थिति हुँदा अँध्यारो भएपछि खेलको निर्णय आज मात्र लिइएको हो।

खेलका ‘म्यान अफ द म्याच’ संकटाका गोलकिपर राजाबाबु थापा घोषित भए। आइतबार औसत प्रदर्शन गरेका थापा आज बिहान भएको ‘सडन डेथ’मा भने नायक साबित भए। उनले झापाको दोस्रो पेनाल्टी उत्कृष्ट बचाउ गरे। जसको फलस्वरुप संकटा सेमीफाइनलमा पुग्यो।

आइतबार निर्धारित समयको खेलमा २ पटक झापाले नै लिड गरेको थियो। तर, सम्हालिन नसक्दा संकटा बराबरीमा फर्किएको हो। संकटाले दोस्रो बराबरी ४ मिनेटको अतिरिक्त समयमा दर्शक र झापाको अपेक्षाविपरीत फर्काएको थियो।

टाइब्रेकरमा पनि २ पटक अग्रता लिएको झापा नतिजा आफ्नो पक्षमा पार्न असमर्थ रह्यो। संघर्षपूर्ण जीत निकालेको संकटाका प्रशिक्षक निराजन खड्काले आफ्ना खेलाडीहरुले अझै धेरै मेहनत गर्न बाँकी रहेको बताए। निर्धारित समयको खेलमा दुवै गोल गोलकिपरको कमजोरीले खानु परेको उनको बताए। ‘झापालाई अवसर थियो, तर हामीले जित्यौँ। फूटबल यस्तै हो, त्यसैले यसलाई निर्दयी खेल पनि भनिन्छ,’ उनले भने।

सोमबार नेपाल पुलिस क्लब र सहारा क्लब पोखराबीच प्रतिस्पर्धा हुनेछ।

 

लोकप्रिय

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

६ फाल्गुन २०७५, सोमबार

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

५ फाल्गुन २०७५, आईतवार

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

६ फाल्गुन २०७५, सोमबार

लागूऔषधसहित २ जना पक्राउ

लागूऔषधसहित २ जना पक्राउ

५ फाल्गुन २०७५, आईतवार

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

५ फाल्गुन २०७५, आईतवार

बाख्रापालनले गाउँको मुहार नै फेरियो

बाख्रापालनले गाउँको मुहार नै फेरियो

५ फाल्गुन २०७५, आईतवार

२००७ साल र त्यसपछिका क्रान्ति

२००७ साल र त्यसपछिका क्रान्ति

५ फाल्गुन २०७५, आईतवार

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

५ फाल्गुन २०७५, आईतवार

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

६ फाल्गुन २०७५, सोमबार

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

६ फाल्गुन २०७५, सोमबार

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

५ फाल्गुन २०७५, आईतवार

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

६ फाल्गुन २०७५, सोमबार

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

६ फाल्गुन २०७५, सोमबार

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

५ फाल्गुन २०७५, आईतवार

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

६ फाल्गुन २०७५, सोमबार