
समिना रञ्जितकार, २८ माघ –प्रदेश नम्बर २ मा बहुआयामिक पर्यटन विकासको प्रचुर सम्भावना भए पनि राज्यले यसको प्रवर्द्धनका लागि ठोस योजना नल्याएको पर्यटन व्यवसायीहरुले बताएका छन्। सप्तरीदेखि पर्सासम्म रहेका ऐतिहासिक, धार्मिक र सांस्कृतिक पर्यटकीय क्षेत्रहरुको बजारीकरणका लागि राज्यको ध्यान नदिएको व्यवसायीहरुको गुनासो छ।
होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश नम्बर २ का संरक्षक सल्लाहकार युवराज लामाले पर्यटन विकासको प्रशस्त बहुआयामिक सम्भावनाहरु रहेको बताए। पर्यटन पत्रकार संघ पर्साको भ्रमण टोलीसँग बाराको निजगढमा भएको छलफल र अन्तर्क्रिया बोल्दै लामाले यस्तो बताएका हुन्।
उनले भने, ‘नेपाल दुई ठूला आर्थिक रुपले सम्पन्न शक्ति राष्ट्र भारत र चीनको बीचमा रहेको छ। नेपालको यो प्रदेशका पर्यटकीय सम्भावनाहरुको उपयोगिताका लागि राज्यले ध्यान दिनै सकेन।’
सीमित व्यवसायीहरुले मात्रै अहिले प्रदेश नम्बर २ मा लगानी गरेको उनले बताए। उनले भने, ‘राज्यले कुनै ठोस नीति नल्याउँदा पर्यटन क्षेत्रमा निजीक्षेत्रको लगानी आकर्षित हुन सकेन।’
‘नेपालको हिमाली तथा पहाडी क्षेत्रका पर्यटन र संस्कृतिमा चिनियाँ पर्यटक अभ्यस्त भइसकेका छन्,’ लामाले भने, ‘अब प्रदेश नम्बर २ को धार्मिक तथा सांस्कृतिक पर्यटकीय क्षेत्रहरु चिनियाँ पर्यटकहरुको गन्तव्य बन्नसक्छ।’ लामाले नेपालमा ‘राजनीतिक बेईमानी दोहोरीरहने’ प्रवृत्ति रहेकाले पनि देशको आर्थिक विकासले गति लिन नसेको उल्लेख गरे।
पर्यटन पत्रकार संघ पर्साका अध्यक्ष शंकर आचार्यको नेतृत्वमा ‘भिजिट टु पर्सा नेशनल पार्क’ नामक अभियान लिएर पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएका स्थानहरुमा पर्यटकीय सम्भावनाको विषयमा स्थलगत भ्रमण भएको थियो। टोलीले सिमरा, निजगढ काठमाडौँ फाष्ट ट्र्याक, शहीद हिरालाल स्मृति पार्क, तपस्वी रामबहादुर बम्जनको तपोभूमि, लाल, हुँदै बाराको अमलेखगञ्ज लगायतका स्थानहरुको अवलोकन भ्रमण गरेका थिए।



लोकप्रिय

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक
६ फाल्गुन २०७५, सोमबार

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’
५ फाल्गुन २०७५, आईतवार

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु
६ फाल्गुन २०७५, सोमबार

लागूऔषधसहित २ जना पक्राउ
५ फाल्गुन २०७५, आईतवार

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक
५ फाल्गुन २०७५, आईतवार

बाख्रापालनले गाउँको मुहार नै फेरियो
५ फाल्गुन २०७५, आईतवार

२००७ साल र त्यसपछिका क्रान्ति
५ फाल्गुन २०७५, आईतवार

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह
५ फाल्गुन २०७५, आईतवार

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन
६ फाल्गुन २०७५, सोमबार

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी
६ फाल्गुन २०७५, सोमबार

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए
५ फाल्गुन २०७५, आईतवार

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै
६ फाल्गुन २०७५, सोमबार

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन
६ फाल्गुन २०७५, सोमबार

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो
५ फाल्गुन २०७५, आईतवार

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण
६ फाल्गुन २०७५, सोमबार


