बुटवल, २८ माघ – रूपन्देहीको तिलोत्तमा नगरपालिकाले असारमा विकास निर्माणको भुक्तानी नदिने भएको छ। ‘असारे विकास’ रोक्ने उद्देश्यले नगरपालिकाले असारमा विकास निर्माणको भुक्तानी नदिने निर्णय गरेको हो।

आर्थिक वर्षको अन्त्यमा हतार-हतार गरिने विकास निर्माणका काम गुणस्तरीय नहुने ठहरसहित यस्तो निर्णय गरिएको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिए। कार्यपालिका बैठकले यससम्बन्धी निर्णय गत साउनमै गरेको हो।

साउन २० गतेको ३८औँ नगर कार्यपालिकाको निर्णयमा भनिएको छ, ‘चालू आवको बजेट अनुसारका योजना २०७६ जेठ मसान्तभित्र सम्पन्न गरी योजनाको भुक्तानीसमेत सोही मितिभित्र लिने व्यवस्था मिलाउनका लागि सम्बन्धित वडामा रहेका योजनाहरू यथासमयमा नै सम्झौता गरी कार्यान्वयनको शुरुआत गर्ने निर्णय गरियो। यो व्यवस्थाबाट २०७६ आषाढ १ गतेदेखि कुनै पनि योजनाको भुक्तानी सो आर्थिक वर्षमा नदिने निर्णय गरियो।’

‘विकासनिर्माण कार्यको चेक जेठ मसान्तसम्म मात्र काट्ने निर्णय भएको छ। निर्णयअनुसार असार १ पछि विकास बजेटको चेक काटिँदैन,’ घिमिरेले भने। नगरपालिकामा हालसम्म २ सय ७० वटा विकास योजनाको सम्झौता भइसकेको छ। त्यसमध्ये ५२ वटा योजनाको काम सम्पन्न भएर भुक्तानीसमेत भइसकेको योजना शाखाले जनाएको छ।

सम्झौता भएका योजनाहरूको बजेट १४ करोड ७० लाख ६१ हजार रुपैयाँ छ। नगरपालिकाले ठूला योजनाको कार्यान्वयन ठेक्का प्रक्रियाबाट गराएको छ। यो वर्ष क्रमागत योजनाका रूपमा रहेका भ्यूटावर, प्रमुख प्रशासनिक भवन, अतिथि गृह, सभाहल निर्माणका क्रममा छन्।

यस्तै पाँचवटा वडा कार्यालय भवन, वडा नं. ७ मा शहरी स्वास्थ्य केन्द्र भवन, वडा नं. १० कान्छीबजारमा खेलकुद मैदान, ड्राइभरटोल-डिङ्गरनगर कालोपत्रे, विभिन्न वडामा सडक मर्मत, ट्रान्सफर्मर खरिद लगायतका योजनाहरू चालू आर्थिक वर्षमा कार्यान्वयनको चरणमा रहेका छन्।

लोकप्रिय

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

२०७६, ३१ श्रावण शुक्रबार ०७:३३

विविध घटनामा चारको मृत्यु

विविध घटनामा चारको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार १७:५५

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

समतल रात

समतल रात

२०७६, ३१ श्रावण शुक्रबार १७:२२

नेपाल-भारत एजेन्डा पुरानै

नेपाल-भारत एजेन्डा पुरानै

२०७६, ३१ श्रावण शुक्रबार ०८:१६

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

२०७६, ३१ श्रावण शुक्रबार १७:३५

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

२०७६, ३१ श्रावण शुक्रबार ११:०५

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

२०७६, ३१ श्रावण शुक्रबार १३:५७

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

२०७६, ३२ श्रावण शनिबार १४:१९

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

२०७६, ३२ श्रावण शनिबार ०७:१९

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार ०६:४३